एपीएफका खेलाडी पुनः ड्युटीमा

चैत्र २०, २०७६

नमिता दाहाल

काठमाडौँ — कोभिड १९ को प्रकोपले सम्पूर्ण खेलकुद कार्यक्रम बन्द भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडी आ–आफ्नो ड्युटीमा फर्किएका छन् । 

कुनै पनि खेलकुद कार्यक्रम नभएपछि गृह मन्त्रालयको आदेशअनुसार बुधबारदेखि खेलाडीलाई ड्युटीमा फर्काइएको हो ।


बुधबार सम्पूर्ण खेलाडीलाई ड्युटीमा बोलाइएको थियो भने बिहीबार सागमा समावेश भएका खेलाडीलाई ड्युटीमा नबोलाउने भनिएको उच्च स्रोतले बताएको छ ।


राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी दुवै दिन ड्युटीमा गइन् । ‘बुधबार र बिहीबार ड्युटीमा आयौं, भर्खरै मात्रै सागमा समावेश खेलाडीलाई नबोलाउने जानकारी दिइएको छ,’ उनले भनिन् ।

नमिता दाहाल ईकान्तिपुरमा प्रशिक्षार्थीका रुपमा कार्यरत छिन् ।

Link copied successfully