कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एपीएफका खेलाडी पुनः ड्युटीमा

नमिता दाहाल

काठमाडौँ — कोभिड १९ को प्रकोपले सम्पूर्ण खेलकुद कार्यक्रम बन्द भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडी आ–आफ्नो ड्युटीमा फर्किएका छन् । 

एपीएफका खेलाडी पुनः ड्युटीमा

कुनै पनि खेलकुद कार्यक्रम नभएपछि गृह मन्त्रालयको आदेशअनुसार बुधबारदेखि खेलाडीलाई ड्युटीमा फर्काइएको हो ।


बुधबार सम्पूर्ण खेलाडीलाई ड्युटीमा बोलाइएको थियो भने बिहीबार सागमा समावेश भएका खेलाडीलाई ड्युटीमा नबोलाउने भनिएको उच्च स्रोतले बताएको छ ।


राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी दुवै दिन ड्युटीमा गइन् । ‘बुधबार र बिहीबार ड्युटीमा आयौं, भर्खरै मात्रै सागमा समावेश खेलाडीलाई नबोलाउने जानकारी दिइएको छ,’ उनले भनिन् ।

प्रकाशित : चैत्र २०, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?