नेपालमा फेरि एक जनामा कोरोना पोजिटिभ

चैत्र २०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । 

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ ।

मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो ।


अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिए ।  काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए ।


डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा ४ हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १७  रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनले जानकारी दिए ।

यो पनि 

 


कान्तिपुर

Link copied successfully