कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विदेशी खेलाडीको समय मिलाएर मात्रै ईपीएल खेल तालिका सार्वजनिक हुने

नमिता दाहाल

काठमाडौँ — कोरोना प्रकोपका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा अनुबन्धित विदेशी खेलाडीको समय मिलाएर मात्रै सार्वजनिक हुने बताइएको छ ।

विदेशी खेलाडीको समय मिलाएर मात्रै ईपीएल खेल तालिका सार्वजनिक हुने

कोरोना भाइरस (कोभिड –१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गराइएको हो । बिहीबार ईपीएलले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।


ईपीएलका लागि भनेर अनुबन्धित गराइएका विदेशी खेलाडीको समय मिलाएर मात्रै उक्त खेलको तालिका बनाइने उच्च स्रोतले बताएको छ ।


कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित


कोरोनाको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले भीडभाडयुक्त ठाउँमा नजान र सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिए अनुरुप यो प्रतियोगिता पनि रोकिएको हो ।


नयाँ खेल तालिका भने कोरोना संक्रमणको अवस्था हेरेर पछि मात्रै सार्वजनिक गरिने ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २२, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?