विदेशी खेलाडीको समय मिलाएर मात्रै ईपीएल खेल तालिका सार्वजनिक हुने

फाल्गुन २२, २०७६

नमिता दाहाल

काठमाडौँ — कोरोना प्रकोपका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा अनुबन्धित विदेशी खेलाडीको समय मिलाएर मात्रै सार्वजनिक हुने बताइएको छ ।

कोरोना भाइरस (कोभिड –१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गराइएको हो । बिहीबार ईपीएलले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । 


ईपीएलका लागि भनेर अनुबन्धित गराइएका विदेशी खेलाडीको समय मिलाएर मात्रै उक्त खेलको तालिका बनाइने उच्च स्रोतले बताएको छ । 


कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित


कोरोनाको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले भीडभाडयुक्त ठाउँमा नजान र सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिए अनुरुप यो प्रतियोगिता पनि रोकिएको हो । 


नयाँ खेल तालिका भने कोरोना संक्रमणको अवस्था हेरेर पछि मात्रै सार्वजनिक गरिने ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।

कोरोना भाइरस

नमिता दाहाल ईकान्तिपुरमा प्रशिक्षार्थीका रुपमा कार्यरत छिन् ।

Link copied successfully