२०७९ सालको निर्वाचनमा कांग्रेस नेता डा. शशांक कोइरालासँग पराजित भएका गौतमले यसपटक भने आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
परासी — पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार राजन गौतमले जित हासिल गर्दै संसदीय यात्रा तय गरेका छन् ।
२०७९ सालको निर्वाचनमा कांग्रेस नेता डा. शशांक कोइरालासँग पराजित भएका गौतमले यसपटक भने आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत मात्र प्राप्त गरे । ३४ हजार ६ सय ५२ को यो फराकिलो मतान्तरले जित हासिल गर्दै कांग्रेसको विरासत रहेको किल्लामा जित हासिल गरेका हुन् ।
३९ वर्षीय गौतम तत्कालीन नेकपा माओवादीको राजनीति गर्दै रास्वपाको स्थापना समयदेखि नै सक्रिय छन् । रास्वपाको गण्डकी प्रदेश सभापति रहेका उनले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । देवचुली कलेजको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव छ ।
सामाजिक र युवा परिचालनमा सक्रिय गौतमलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले 'राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७८)' बाट सम्मानित भएका थिए ।
