ओखलढुंगामा पूर्वडीआईजी पोखरेलले ५ भोटको अन्तरले जिते

पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Former DIG Pokharel wins by a margin of 5 votes in Okhaldhunga

काठमाडौँ — ओखलढुंगामा पूर्वडीआईजी विश्वराज पोखरेलले ५ भोटको अन्तरले जितेका छन् । रास्वपाका उम्मेदवार पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई हराएका हुन् । 

पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपाका अम्विरबाबु गुरुङले ११ हजार २ सय ९६ मत ल्याए । त्यस्तै एमालेकी अस्मिता थापाले १० हजार ७ सय २० मत ल्याउँदा श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८ सय ५८ मत ल्याए । उनेपाकी किशोरी कार्कीले ९६५ मत ल्याइन् । 

कान्तिपुर

Link copied successfully