दाङ-३ बाट रास्वपाका कमल सुवेदी निर्वाचित भएका छन् । उनले मुख्य प्रतिस्पर्धी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पछि पार्दै जित हासिल गरेका छन् ।
दाङ — दाङ-३ बाट रास्वपाका कमल सुवेदी निर्वाचित भएका छन् । उनले मुख्य प्रतिस्पर्धी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पछि पार्दै जित हासिल गरेका छन् ।
सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गरेका छन् भने गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका घनश्याम पाण्डेले १२ हजार १ सय ९५ र नेकपाका धनबहादुर मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।
गिरी पूर्वसिँचाइमन्त्री, मास्की लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री र पाण्डे तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख हुन् । पूर्वमन्त्री र नगरप्रमुखलाई पराजित गर्दै सुवेदीले जित हात पारेका छन् । नेकपाका मास्की लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।
क्षेत्र नम्बर ३ मा ३८ हजार ६ सय ६१ पुरुष र ४९ हजार ६ सय १२ महिला गरी ८८ हजार २ सय ७३ मत खसेको थियो । यो ५८।५७ प्रतिशत मत हो । क्षेत्र नम्बर ३ मा ७४ हजार २ सय ६८ पुरुष, ७६ हजार ४ सय ५१ महिला र १ अन्य गरी १ लाख ५० हजार ७ सय २० मतदाता थिए ।
