मतान्तर बढाउँदै बालेन्द्र, ४८ हजार मतले अघि

मतगणना अन्तिमतिर पुग्दै गर्दा बालेन्द्रले मतान्तर झन् बढाउँदै लगेका छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Balendra widens the margin, leading by 48,000 votes

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ६६ हजार २ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने १८ हजार ९५ मत ल्याएका छन् । केहीबेरअघिसम्म मात्रै बालेन्द्र ४३ हजार मतान्तरले अघि थिए ।

मतगणना अन्तिमतिर पुग्दै गर्दा बालेन्द्रले मतान्तर झन् बढाउँदै लगेका छन् । निर्वाचन कार्यालय झापाका अनुसार अब करिब ३ हजार मत गन्न बाँकी रहेको छ ।

कान्तिपुर

Link copied successfully