ओलीभन्दा बालेन्द्र ४३ हजार मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार ओलीभन्दा बालेन्द्र तीन गुणाभन्दा बढी मतले अघि छन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Balendra leads Oli by 43,000 votes

काठमाडौँ — सबैभन्दा चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ को चुनावी परिणाम रोचक बन्दै गएको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धामा छन् ।

पछिल्लो मतपरिणाम अनुसार ओलीभन्दा बालेन्द्र तीन गुणाभन्दा बढी मतले अघि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार बालेन्द्रले ५९ हजार ५ सय ६८ मत ल्याएका छन् भने ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । जुन ओलीको भन्दा बालेन्द्रको ४३ हजार २ सय १८ मत बढी हो ।

ओली ०७९ मा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका थिए ।

कान्तिपुर

Link copied successfully