विजेता उम्मेदवारलाई विजय जुलुस ननिकाल्न रास्वपाको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी जुलुस र अबिरजात्रा नगर्न विजेता उम्मदेवारहरुलाई अपिल गरेको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSVP appeals to the winning candidate not to hold a victory procession

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी जुलुस र अबिरजात्रा नगर्न विजेता उम्मदेवारहरुलाई अपिल गरेको छ । जेन-जी विद्रोह, मध्यपूर्वमा भएको घटना, सुशासन र भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने गर्नुपर्ने जस्ता जिम्मेवारीका कारण रास्वपा उपाध्यक्ष डीपी अर्यालले एक भिडियो सन्देशमार्फत विजय जुलुस ननिकाल्न अपिल गरेका हुन् ।

पार्टी अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको निर्देशनसमेत रहेको भन्दै अर्यालले भने,‘उत्साह बनाउने र अबिरजात्रा गर्ने मुडमा हामीहरु छैनौँ । अहिले काम धेरै गर्नुपर्नेछ ।  काम गरेपछि बल्ल अबिरजात्रा गर्ने दिन आउँछ । हाललाई सबै उम्मेदवारहरुले मत गणनास्थलमा मतदाता र  शुभेच्छुकहरुलाई धन्यवाद दिनेबाहेक कुनै र्‍याली नगराउन अपिल गर्दछु,’ उनले भनेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully