निर्वाचन आयोगका अनुसार शुक्रबार राति सकिएको अन्तिम मत परिणामअनुसार रास्वपाका प्रदीप विष्टले ३७ हजार ४ सय ६९ मत प्राप्त गरे ।
काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्ट निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार शुक्रबार राति सकिएको अन्तिम मत परिणामअनुसार उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत ल्याए । त्यस्तै, नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८ सय ६४ मत प्राप्त गरे । नेकपाकी उम्मेदवार रुपा महर्जन श्रेष्ठले २ हजार ६ सय ४८ मत प्राप्त गरिन् । २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा कांग्रेस राजन केसी विजयी भएका थिए ।
