काठमाडौं-४ का कांग्रेस उम्मेदवार सचिनको प्रतिज्ञापत्र : ५ वर्ष, १० नतिजा 

पछिल्ला तीनवटा निर्वाचनमा गगन थापा निर्वाचित हुँदै आएको यो क्षेत्रबाट यसपटक ३३ वर्षीय युवा तिमल्सेना कांग्रेस उम्मेदवार बनेका छन् ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Kathmandu-4 Congress candidate Sachin's affidavit: 5 years, 10 results

काठमाडौँ — काठमाडौं-४ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार बनेका सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेस नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ । 

उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा भूमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौँमा उद्यमशीलता र रोजगारी एवम् सूचना प्रविधि विकासको विषयलाई समेटेका छन् ।

यस्तै छैटौंमा शिक्षा क्षेत्र सुधार, सातौँमा धार्मिक तथा सांस्कृतिक सम्पदा एवम् स्वच्छ वातावरण, जलवायु न्याय र प्राकृतिक स्रोत संरक्षण, आठौँमा समावेशीता लैंगिक समानता र सामाजिक न्यायको प्रत्याभूति, नवौँमा क्षेत्रगत मुद्दा समाधान र दसौँमा काठमाडौँ उपत्यका विेशष साझा प्रतिज्ञालाई समेटिएको छ । बूढानीलकण्ठ र काठमाडौं महानगरपालिकाभित्र रहेका क्षेत्रका लागि स्थानीय मुद्दाका आधारमा दुई वटा प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ ।

सडक, ट्राफिक व्यवस्थापन, फुटपाथ र वैकल्पिक यातायातको सुधार गर्ने, भूमि सुधार अन्तर्गत, कपन क्षेत्रमा रहेको अव्यवस्थित बसोबासलाई वर्गीकरण गरी समाधान गर्ने योजना पनि समेटेका छन् ।

यसअघिका तीनवटा निर्वाचनमा गगन थापा निर्वाचित हुँदै आएको यो क्षेत्रबाट यसपटक ३३ वर्षीय युवा तिमल्सेना कांग्रेस उम्मेदवार बनेका छन् ।

प्रतिज्ञापत्रको पूर्णपाठ 

कान्तिपुर संवाददाता

Link copied successfully