नेकपाका नेता देवप्रसाद गुरुङकी श्रीमती उनी पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सदस्य हुन्।
लमजुङ — नेपाली कम्युनिष्ट पार्टीकी नेता यशोदा सुवेदी गुरुङ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनाङबाट उम्मेदार बन्ने भएकी छन् ।
नेकपाका नेता देवप्रसाद गुरुङकी श्रीमती उनी पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सदस्य हुन्। उनी प्रत्यक्ष रुपमा पहिलो पटक उम्मेदवार बन्न लागेका हुन् ।
यसअघि देवप्रसाद गुरुङ मनाङबाट चुनावमा उठ्ने चर्चा थियो। अन्ततः उनी मनाङबाट चुनाव नलड्ने भएका छन् । ‘मनाङबाट यशोदा सुवेदी गुरुङ चुनाव लड्ने भएकी छन्,’ उनको सचिवालय स्रोतले भन्यो।
नेकपा मनाङ संयोजक बेदबहादुर गुरुङले देवप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा नउठ्ने जानकारी आएको बताए। उनले जिल्लाबाट यशोदा सुवेदी गुरुङ नेकपाबाट उठ्ने जानकारी आएको बताए ।
‘पछिल्लो जानकारी मैले काकी (यशोदा सुवेदी गुरुङ) उठ्ने जानकारी पाएको छु,’ उनले भने । मनाङको नासों गाउँपालिका ४ ओडार घरभएका गुरुङ दम्पती सोमबार मनाङ पुग्ने भएका छन् ।
