रास्वपाबाट गुल्मी-१ मा सागर ढकाल र २ मा गाेविन्द पन्थी उठ्ने

गत निर्वाचनमा डडेल्धुरामा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासित स्वतन्त्र उम्मेदवार बनेर चर्चा कमाएका ढकाल यसपटक गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

माघ ५, २०८२

सन्तोष महतारा

Sagar Dhakal and Govinda Panthi will contest from Gulmi-1 and 2 respectively from the Rashtriya Swayamsevak Sangh (RSS).

गुल्मी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी-१ र २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लागाएको छ।

दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागेको र मनाेनयनका लागि गुल्मीतर्फ अगाडि बढेको रास्वपा गुल्मीका सहसचिव तथा प्रवक्ता देवराज पाण्डेले बताए।

उनका अनुसार गुल्मी-१ मा सागर ढकालले रास्वपाबाट उम्मेदवारी दिनेछन् । गत निर्वाचनमा डडेल्धुरामा  कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासित स्वतन्त्र उम्मेदवार बनेर चर्चा कमाएका ढकाल यसपटक गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।

गुल्मी-२ मा गाेविन्द पन्थीले उम्मेदवारी दिने भएका छन् । पन्थी भने नयाँ अनुहार हुन् । नेपाल प्रहरीका अवकाश प्राप्त डीएसपी उनी अधिवक्तासमेत हुन् ।

गुल्मी-१ मा एमालेबाट प्रदीप ज्ञवालीले मनाेनयन गर्दैछन् । कांग्रेस नेता डा.चन्द्र भण्डारीकाे पनि यही क्षेत्र हो । कांग्रेस उम्मेदवारको टुंगो लाग्न अझै बाँकी छ ।  

गुल्मी-२ मा एमालेबाट गाेकर्ण विष्टले मनाेनयन गर्दैछन् । कांग्रेसबाट अझै टुंगो लागेको छैन । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत चुनावी मैदानमा उत्रिने भएका छन् । कांग्रेसबाट लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठसहितका नेता सिफारिस भए पनि टुंगो लागेको छैन।  

गुल्मी-१ मा १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् । गुल्मी-२ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् । यसअघि गुल्मी-१ बाट कांग्रेसका भण्डारी र २ बाट एमालेका विष्टले जित हासिल गरेका थिए ।

सन्तोष

Link copied successfully