२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तामाङ सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्।
धरान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी क्षेत्र नम्बर–१ बाट कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन) लाई दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तामाङ सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा उनले १६ हजार ६ सय ६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन् ।
उनी एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अशोककुमार राईसँग ४ सय ५३ मतको अन्तरले पराजित भएकी थिइन् । राई १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए।
