रास्वपाबाट दोलखामा युवा इन्जिनियर जगदीश खरेल उम्मेदवार

पछिल्लो समयमा दोलखामा निरन्तर संगठन बनाउन खटिएका उनी संगठन विस्तारसँगै आफ्नो प्रभाव पनि बढाउँदै लगेका थिए ।

माघ ४, २०८२

केदार शिवाकोटी

Young engineer Jagdish Kharel is a candidate from the Rashtriya Swayamsevak Sangh (RSS) in Dolakha.

दोलखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता इन्जिनियर जगदीश खरेललाई दोलखाबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि  उमेदवार बनाएको छ । 

जिल्लाबाट एकल सिफारिस भएका उनलाई रास्वपाले आइतबार उमेदवार बनाउने निर्णय गरेको हो ।

पछिल्लो समयमा दोलखामा निरन्तर संगठन बनाउन खटिएका उनी संगठन विस्तारसँगै आफ्नो प्रभाव बढाउँदै लगेका थिए ।

जलविद्युत् क्षेत्रमा विज्ञता भएका उनी संगठन  नभएको समयमा  २०७९ सालमा  प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका थिए । उक्त निर्वाचनमा उनी  कांग्रेस मा‌ओवादी गठबन्धन विजयी हुँदा तेस्रो बनेका थिए ।

केदार

Link copied successfully