संखुवासभामा पाँच दलले टुंग्याए उम्मेदवार, सबै नयाँ अनुहार

ठूला दल कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक नगर्दा अन्य दलहरू भने आफ्नो तयारी तीव्र बनाउँदै मैदानमा उत्रिएका छन्।

माघ ४, २०८२

दीपेन्द्र शाक्य

Five parties finalize candidates for Sankhuwasabha, all new faces

संखुवासभा — कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाहेक पाँच वटा राजनीतिक दलले आगामी फागुन २१ को निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएका छन्।

उम्मेदवार घोषणा गर्ने दलहरूमा एमालेबाट डा. अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा, नेकपा माओवादीबाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमादेवी राई तथा राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राई रहेका छन्। यी उम्मेदवार सबै नयाँ अनुहारका हुन्।


ठूलादल कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक नगर्दा अन्य दलहरू भने आआफ्नो तयारी तीव्र बनाउँदै मैदानमा उत्रिएका छन्।


२२ वटा दल सक्रिय रहेको संखुवासभामा यसपटकको निर्वाचन नयाँ अनुहार र वैकल्पिक राजनीतिक धारका कारण थप चासोको विषय बनेको छ।

दीपेन्द्र शाक्य

Link copied successfully