उम्मेदवारका रूपमा आफ्नो नाम सार्वजनिक भएपछि स्नेहीले सामाजिक सञ्जालमार्फत ‘जिउँदा भगवान् जनता नै हुन्, सबैलाई नमन’ भन्दै प्रतिक्रिया जनाएका छन्।
डडेल्धुरा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा नेकपा (एमाले) ले राष्ट्रियसभाका पूर्व सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ । शनिबार सम्पन्न पार्टी सचिवालय बैठकले उनको नाम टुंगो लगाएको हो ।
यसअघि एमाले जिल्ला कमिटीले पनि प्रतिनिधिसभा सदस्यका रूपमा स्नेहीलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । उनीसँगै केन्द्रीय सदस्य पठानसिंह बोहरा र संविधानसभा सदस्य ज्ञानु गैरेको नाम पनि सिफारिस भएको थियो ।
एमालेले प्रतिनिधिसभा निर्वाचनमा स्नेहीलाई अघि सार्दै चुनावी तयारीलाई औपचारिक रूपमा अगाडि बढाएको छ। स्नेही यसअघि राष्ट्रियसभा सदस्यका रूपमा संसद्मा प्रतिनिधित्व गरिसकेका नेता हुन् ।
आफ्नो उम्मेदवारी सार्वजनिक भएपछि स्नेहीले सामाजिक सञ्जालमार्फत ‘जिउँदा भगवान् जनता नै हुन्, सबैलाई नमन’ भन्दै प्रतिक्रिया जनाएका छन् ।
