कांग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र थापाले आफ्नो पार्टीबाट आइतबार साँझसम्म उम्मेद्वारको नाम टुंगिन सक्ने बताए।
बर्दिया — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बर्दियाबाट एमालेले दुवै क्षेत्रबाट उम्मेद्वार तय गरेको छ। कांगेस र नेकपाले अहिलेसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन।
एमालेका जिल्ला अध्यक्ष शालिकराम अधिकारी क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री विमला विकको नाम उम्मेद्वारका रुपमा चयन गरेको पार्टी सचिव पदम ढकालले बताए। अधिकारी बासगढी नगरपालिकाका पूर्वप्रमुख हुन् । संसदीय यात्रामा उनी पहिलो उम्मेदवार भएका छन् । विक भने प्रतिनिधिसभा समानुपातिक तर्फको सदस्य भइसकेकी छिन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र थापाले आफ्नो पार्टीबाट आइतबार साँझसम्म उम्मेद्वारको नाम टुंगिन सक्ने बताए।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर १ मा वामदेव गौतम उठ्ने चर्चा भए पनि नाम टुंगो लाग्न बाँकी रहेकाे जिल्ला अध्यक्ष भवनकुमार थारुले बताए । क्षेत्र नम्बर २ को पनि उम्मेदवारको टुंगो आइतबारसम्म लाग्ने उनले बताए ।
