एमाले दार्चुलाबाट ठगुन्ना चौथो पटक उम्मेदवार

एमाले केन्द्रीय सदस्य ठगुन्ना २०७९ मा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूसित पराजित भएका थिए।

माघ ४, २०८२

मनोज बडू

UML candidate Thagunna from Darchula for the fourth time

दार्चुला — एमालेले दार्चुलामा गणेशसिंह ठगुन्नालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तय गरेको छ।

शनिबार एमाले सचिवालय बैठकले दार्चुलाबाट ठगुन्नालाई उम्मेदवार चयन गरेको हो। यसअघि जिल्ला कमिटिले पनि ठगुन्नाको नाम एकल सिफारिस गरेको थियो।

एमाले केन्द्रीय सदस्य ठगुन्ना २०७९ मा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूसित पराजित भएका थिए। ठगुन्ना २०७४ मा प्रतिनिधिसभा र २०७० संविधानसभा सदस्यमा यहाँबाट निर्वाचित भएका थिए।  

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully