रास्वपाबाट ललितपुर-३ मा तोसिमा कार्की उम्मेदवार

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाटै निर्वाचित भएकी थिइन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Tosima Karki is a candidate from the Rashtriya Swayamsevak Sangh (RSS) in Lalitpur-3.

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर-३ बाट डा. तोसिमा कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ ।

फागुन २१ मा हुन लागेको निर्वाचनका लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदै छ । 

रास्वपाको टिकट वितरणमा संलग्न नेताहरूका अनुसार २०७९ को निर्वाचनमा विजयी बनेकाहरूलाई सोही क्षेत्रमा नै उम्मेदवार बनाउने भएकाले ललितपुर ३ मा कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।  

कार्की २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाटै निर्वाचित भएकी थिइन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री समेत बनेकी थिइन् ।

उनले नेकपा एमालेका अमृत भट्टराईलाई पराजित गरेकी थिइन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully