गोरखा–२ मा एमाले उम्मेदवार चक्रे मिलन

विवादित पृष्ठभूमिका चक्रे मिलनलाई उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न टीका–टिप्पणी सुरु भएका छन् ।

माघ ४, २०८२

हरिराम उप्रेती

UML candidate Chakre Milan in Gorkha-2

गोरखा — आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन)लाई नेकपा एमालेले उम्मेदवार बनाएको छ । विवादित पृष्ठभूमिका चक्रे मिलनलाई उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न टीका–टिप्पणी सुरु भएका छन् ।

२०७९ सालको निर्वाचनमा चक्रे मिलनले गोरखा–२ बाट उम्मेदवार बन्ने आकंक्षा राखेका थिए । एमालेले त्यतिबेला भने अब्दुस मियाँलाई गोरखा–२ बाट उम्म्देवार बनाएको थियो ।

गोरखा–१ मा आरसी लामिछानेलाई एमालेले उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका लामिछानेले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully