एमालेबाट दोलखामा तेस्रो पटक गुरूङ उम्मेदवार

२०७० काे संविधानसभा र २०७४ काे प्रतिनिधिसभामा गुरूङ यहाँबाट विजयी भएका थिए।

माघ ४, २०८२

केदार शिवाकोटी

Gurung candidate from UML for the third time in Dolakha

दाेलखा — नेकपा एमालेले दाेलखाबाट केन्द्रीय सदस्य पार्वत गुरूङलाई उमेदवार बनाएकाे छ।

गुरूङ तेस्रो पटक एमालेबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

२०७० काे संविधानसभा निर्वाचन र २०७४ काे प्रतिनिधिसभामा गुरूङ विजयी भएका थिए। एक निर्वाचन क्षेत्र रहेकाे दाेलखामा उनलाई केन्द्रले उमेदवारका लगि टिकट दिएकाे हाे। जिल्लाबाट एकल सिफारिस भएपछि उनको उम्मेदवारीबारे विवाद पनि भएकाे थियाे।

बागमती प्रदेश कमिटिले जिल्लामा विवाद भएपछि गुरूङसहित अन्य आकांक्षी बालकृष्ण शिवाकोटी, रचना खड्का, श्याम बस्नेत र  डबल पाण्डेकाे नाम सिफारिस गरेकाे थियाे।

यसअघि गुरूङ महिला बालबालिका तथा जेष्ठ नागरिक र सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेर सरकारको प्रवक्तासमेत भएका थिए।

केदार

Link copied successfully