सर्वोच्चमा देउवा पक्षको माग : उम्मेदवार मनोनयन स्थगितदेखि गगन-विश्वको पद खारेजीसम्म 

देउवा पक्षले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अर्को मिति घोषणा गर्न निर्वाचन आयोगको नाममा आदेश जारी गर्न माग गरेको छ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Deuba faction's demands in the Supreme Court: From postponing candidate nominations to revoking Gagan-Bishwa's positions

काठमाडौँ — कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

रिटमा देउवा पक्षले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न पनि अन्तरिम आदेशको माग गरेको छ । 

शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका तर्फबाट रिट दायर भएको हो । सर्वोच्च प्रशासनले पहिलो सुनुवाइ मंगलबार तोकेको छ । अन्तरिम आदेश जारी नहुने अवस्था हुँदा आफूहरुले निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्ने भन्दै मनोनयन सार्न देउवा पक्षले माग गरेको हो ।

उनीहरुले आजै सुनुवाइको माग गरेका थिए तर सर्वोच्च प्रशासनले नियमावलीका कारण नमिल्ने भनेपछि मंगलबारलाई पेसी तोकेको हो । 

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको मिति तोकिसकेको छ । देउवा पक्षले मनोनयनको अर्को मिति घोषणा गर्न निर्वाचन आयोगको नाममा आदेश जारी गर्न माग गरेको छ ।

साथै, रिटमा विशेष महाधिवशेनवाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग पनि गरिएको छ ।

उनीहरुले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति अनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन् ।

कान्तिपुर

Link copied successfully