नेकपाबाट गुल्मीमा बराल र महत उम्मेदवार

क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा तत्कालीन माओवादी केन्द्रका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बराल चुनावी मैदानमा उत्रिने छन् भने क्षेत्र नम्बर २ मा युवा नेता श्रीराम महत उम्मेदवार बनेका छन् ।

माघ ४, २०८२

सन्तोष महतारा

Baral and Mahat are candidates from NCP in Gulmi.

गुल्मी — गुल्मीका दुवै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंगो लगाएको छ । गुल्मी-१ र २ मा पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएको हो ।

क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा तत्कालीन माओवादी केन्द्रका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बराल चुनावी मैदानमा उत्रिने छन् । उनी हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

क्षेत्र नम्बर २ मा युवा नेता श्रीराम महत उम्मेदवार बनेका छन् । महत तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता हुन् । उनी हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन् ।

दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसकेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य युवराज केसीले बताए ।

विभिन्न घटक मिलेर नयाँ दल बनेको र युवा उम्मेदवार हुँदा बेग्लै उत्साह रहेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बुद्धि जीसीले बताए ।

गुल्मी-१ मा १ लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । गुल्मी-२ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता छन् । गुल्मी-१ मा यसअघि नेकपा एमालेले प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउँदा गुल्मी-२ मा गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ ।

सन्तोष

Link copied successfully