हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवार बन्ने 

आइतबार मेयर पदबाट राजीनामा दिएका साम्पाङ सुनसरी-१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

माघ ४, २०८२

एलिना राई

Hark Sampang to run for Sunsari-1

धरान — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार बन्ने भएका छन् । 

आइतबार मेयर पदबाट राजीनामा दिएका साम्पाङ सुनसरी-१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । मेयर साम्पाङ स्थानीय तहमा श्रमदान, भ्रष्टाचारविरुद्धको अभियान र जनमुखी कार्यशैलीका कारण चर्चामा छन् ।

धरान-१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी-१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्ने तयारीमा छन् । उनले पनि आइतबार नै पदबाट राजीनामा दिएका हुन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully