एमाले महासचिव पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने निश्चित

शनिबार सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेपछि पोखरेलले आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

UML General Secretary Pokharel is certain to be the candidate from Dang-2.

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

शनिबार सचिवालय बैठकले दाङ-२ मा पोखरेलको उम्मेदवारीबारे निर्णय गरेको थिएन । अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेपछि पोखरेलले आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् ।

‘दाङ-२ बाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने पक्का भएको छ,’ ओली सचिवालयले भन्यो । 

दाङ-१ मा सोमबार टुंग्याइने छ । दाङ-३ मा घनश्याम पाण्डे उठ्ने निर्णय भइसकेको छ ।

गत निर्वाचनमा उनी माओवादीकी रेखा शर्माबाट पराजित भएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully