विघटित केन्द्रीय समितिको निर्णय महाधिवेशन हलबाट खारेज

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले विघटित केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी गरिएको कारबाही अनधिकृत भएको जिकिर गरे ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

The decision of the dissolved Central Committee was overturned from the General Assembly Hall.

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले उक्त समितिले गरेका सबै निर्णय विशेष महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले विघटित केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी गरिएको कारबाही अनधिकृत भएको जिकिर गरे ।

उनले भने, 'विघटित भइसकेको केन्द्रीय समितिको नाममा गरिएको यो निर्णय विशेष महाधिवेशनको हलले खारेज गर्दछ ।'

शिवाकोटीका अनुसार केन्द्रीय समितिको नाममा अनधिकृत रूपमा गरिएको यस्तो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइराख्ने सबै प्रयासहरूमा बाधा पुगेको छ ।

उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने स्पष्ट पारे ।

कान्तिपुर संवाददाता

Link copied successfully