अर्घाखाँची कांग्रेसका २५ मध्ये २० प्रतिनिधि विशेष महाधिवेशनमा हिँडे

अर्घाखाँचीका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जना विशेष महाधिवेशनको पक्षमा खुलेको कांग्रेस जिल्ला सचिव अच्युत गौतमले दाबी गरे।

पुस २५, २०८२

वीरेन्द्र केसी

20 out of 25 Arghakhanchi Congress representatives attend special general convention

अर्घाखाँची — जिल्लाबाट बहुमत महाधिवेशन प्रतिनिधिसहित १ सय भन्दा बढी कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं हिँडेका छन्।

अर्घाखाँचीका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जना विशेष महाधिवेशनको पक्षमा खुलेको कांग्रेस जिल्ला सचिव अच्युत गौतमले दाबी गरे। 

संस्थापन इतर रहेका सबै प्रतिनिधिहरु अहिले महामन्त्री थापाको पक्षमा खुलेका छन् । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको आव्हानमा कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, सचिवद्वय कृष्णप्रसाद खनाल र अच्युत गौतमले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति निकालेर सहभागी हुन अनुरोध गरेका थिए।

यसअघि विशेष महाधिवेशन पक्षधरले पुस १३ गते जिल्ला युथ भेला पनि गरेका थिए। ‘पाटीका केन्द्रीय सदस्यद्धय पुष्पा भुसाल गौतम, मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल लगायत नेताहरुसँग पनि काठमाडौ‌ं पुगेपछि युथ भेला गर्ने तयारी गरेका छौं,’ प्रदेशसभा २ का उपसभापति अर्जुन पोखरेलले भने । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully