बहुमत प्रतिनिधिको मागलाई ‘अवैधानिक’ भन्ने कार्यसम्पादन समितिको निर्णय आपत्तिजनक : महेश आचार्य

उनले लेखेका छन, ‘कार्यसम्पादन समितिका पछिल्ला निर्णयहरूले विधानका मर्यादालाई मिच्न थालेका छन्।’

पुस २५, २०८२

कान्तिपुर संवाददाता

The decision of the performance committee to call the demand of the majority representative 'unconstitutional' is objectionable: Mahesh Acharya

What you should know

काठमाडौँ — कांग्रेस नेता महेश आचार्यले कार्यसम्पादन समितिका पछिल्ला निर्णयहरूले पार्टीको विधानमा भएका मर्यादालाई मिच्न थालेको टिप्पणी गरेका छन्।

उनले महाधिवेशनका बहुमत प्रतिनिधिको माग र अग्रसरतालाई ‘अवैधानिक’ भन्ने जस्ता निर्णय र प्रचार त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताएका छन्।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र चुलिँदो कलहको पृष्ठभूमिमा आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै महाधिवेशनको औचित्यबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले कांग्रेस विधानअनुसार पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नभई केन्द्रीय महाधिवेशन भएको बताउँदै कार्यसम्पादन समितिका सबै निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था रहेको र अहिले कार्यसमितिको बैठकसमेत बोलाउन छाडिएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘भदौ २३ र २४ पछि देशको गम्भीर बन्दै गएको अवस्थासँगै हाम्रो पार्टी विधानको निरन्तर बेवास्ता, नीतिगत अन्योल, सङ्गठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको छ।’

उनले विधानको व्याख्या गर्दै केन्द्रीय कार्यसमितिलाई पार्टीका नीतिगत र सङ्गठनिक मुद्दामा एकल ढङ्गले आफैँखुसी निर्णय गर्ने अधिकार नभएको भन्दै समिति महाधिवेशनप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘कार्यसम्पादन समितिका पछिल्ला निर्णयहरूले विधानका यी मर्यादालाई मिच्न थालेका छन्।’

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशनमा बहुमत पुर्‍याउन नदिन संस्थापनको कसरत

कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपिल : विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर

कांग्रेस महाधिवेशन विवादमा पार्टीकै युवा नेता र जेन-जी के भन्छन् ?

कान्तिपुर संवाददाता

Link copied successfully