कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान

केन्द्रीय कार्यसमितिका मुख्यसचिव कृष्ण पौडेलले पार्टीको संस्थागत निर्णय विपरीत कुनै व्यक्ति, पदाधिकारी वा सदस्यले बोलाउने विशेष महाधिवेशन वैधानिक नहुने र त्यस्तो भेलामा नआउन निर्देशनात्मक परिपत्र जारी गरेलगत्तै महामन्त्रीद्वयले विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका हुन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Congress General Secretaries Thapa and Sharma call for special general convention on Poush 10 and 11

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका छन् ।

केन्द्रीय कार्यसमितिका मुख्यसचिव कृष्ण पौडेलले पार्टीको संस्थागत निर्णय विपरीत कुनै व्यक्ति, पदाधिकारी वा सदस्यले बोलाउने विशेष महाधिवेशन वैधानिक नहुने र त्यस्तो भेलामा नआउन निर्देशनात्मक परिपत्र जारी गरेलगत्तै महामन्त्रीद्वयले विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका हुन् ।

Congress General Secretaries Thapa and Sharma call for special general convention on Poush 10 and 11महामन्त्रीद्वयद्वारा जारी विज्ञप्तीमा भनिएको छ– 'केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यो, तर केन्द्रीय कार्यसमितिबाट यो संभव हुन सकेन । विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन । विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन । यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैं क्रियाशील हुन्छ र तोकिएको समयसिमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक पटक राखेका हौं । बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ । पौष २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो । पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ ।'

Congress General Secretaries Thapa and Sharma call for special general convention on Poush 10 and 11विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानूनकोसमेत विपरित रहेको उनीहरुको दाबी छ ।

'विधान र कानून बमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो । एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो । हामीले त्यो जिम्मेवारी पुरा गर्नुपर्छ, गर्नेछौं,'विज्ञप्तिमा थप भनिएको छ– 'अतः विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आव्ह्वान गर्दछौं ।'

कान्तिपुर संवाददाता

Link copied successfully