कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता सुरु 

मंगलबार बिहान लाजिम्पाटस्थित एक नेताको घरमा वार्ता सुरु भएको वार्ता समितिका एक सदस्यले जानकारी दिए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Tripartite talks begin to resolve Congress dispute

काठमाडौँ — नेपाली कांग्रेसको विवाद मिलाउन विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । 

मंगलबार बिहान लाजिम्पाटस्थित एक नेताको घरमा वार्ता सुरु भएको वार्ता समितिका एक सदस्यले जानकारी दिए । 

वार्तामा महाधिवेशन पक्षधरहरुका तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे, मधु आचार्य सहभागी छन् भने शेखर कोइरालाबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँण रहेका छन् । 

हिजो महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन पेश गरेका थिए । 

संस्थापन पक्षले महामन्त्रीहरुको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व लिने काम भएको छैन । यता महाधिवेशनमा भने बहुमत प्रतिनिधिहरु सहभागी छन् । 

सोही कारण पार्टीभित्र एकता कायम गर्नका लागि अहिले वार्ता सुरु भएको हो ।

कान्तिपुर

Link copied successfully