अहिले नै आफू हट्नुपर्छ भन्ने विषय सान्दर्भिक छैन : देउवा

शेखर कोइराला पक्षधर जिल्ला सभापति र नेताहरुसँगको भेटमा देउवाले समाधान खोज्न आफू सकारात्मक रहेको पनि बताएका छन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

It is not relevant to say that he should step down now: Deuba

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको विषय उठेपछि शेखर कोइराला पक्षधर जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

देउवा निवास महाराजगन्ज पुगेर उनीहरुले मध्यमार्गी प्रस्ताव राखेका थिए । उक्त भेटमा सहभागी एक नेताले देउवा समाधान खोज्न सकारात्मक रहेको तर आफू अहिल्यै हट्न तयार नभएको बताएका थिए । दुई महिनापछि स्वत: हट्ने भएकाले अहिले नै हट्नुपर्छ भन्ने विषय सान्दर्भिक नभएको देउवाको भनाइ थियो ।

लाजिम्पाटमा संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच भइरहेको वार्ताको निर्णय आफूले मान्ने पनि देउवाले बताएका छन् ।

कालिकोट, दैलेख, खोटाङ, नुवाकोट, चितवन लगायत जिल्लाका सभापति र नेताहरु सहभागी थिए । धादिङका कांग्रेसका नेता रामनाथ अधिकारीका अनुसार सहमति गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू सकारात्मक रहेको देउवाको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully