विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा पदयात्रा तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।
विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा पदयात्रा तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए ।
भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत् रहेको उनले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदै छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बठैकले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन (पुस २६, २७ र २८) पार्टीको झन्डा झुकाउने पनि निर्णय गरेको छ ।
