उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय एकता लगत्तै सूची फिर्ता लिन आयोग पुगेका थिए।
काठमाडौँ — रास्वपासँग एकता गरेपछि उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूची फिर्ता लिएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय एकता लगत्तै सूची फिर्ता लिन आयोग पुगेका थिए।
उनले भने, 'अब आयोगमा पेस गरिएको समानुपातिक बन्द सूची फिर्ता लिन आएका छौँ। हामीले यसअघि नै समानुपातिक बन्द सूची बुझाएका थियौँ।'
रास्वपासँगको सहमतिअनुसार उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवार पाएको छ।
सम्बन्धित समाचार
बालेन्द्रलाई साक्षी राखेर कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता