नेकपाको समानुपातिक सूचीमा को-को परे ?

अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङलगायत समानुपातिक उम्मेदवारको बन्दसूचीमा

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Who is on the proportional list of the NCP?

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको यसअघि मन्त्री, सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएको छ । समानुपातिक उम्मेदवार बनाउँदा विज्ञ, युवा, सहिद परिवार, अल्संख्यक र युवालाई समेटेको नेता वर्षमान पुनले बताए ।

‘हाम्रो पार्टीले यसअघि मन्त्री, संघीय र प्रदेश सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाउन प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘विभिन्न सेक्टरका उद्यमी व्यवसायी, विज्ञ, युवा, अल्पसंख्यकलाई पनि समेटेका छौँ ।’

पार्टी एकतामा आएका १७ घटकको भावना समेट्ने गरी समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ । समानुापतिक उम्मेदवारहरूमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरिया, बीबी खनाल, पूर्वविद्यार्थी अध्यक्ष पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्वलडाकु कमान्डर कमला नहर्की, नेकपाबाट आएका नेता चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्कीलगायत छन् । 

सशस्त्र युद्धका क्रममा बुवाआमा गुमाएका विनोद कटुवाल (उदयपुर), विद्या भाट (कैलाली) पनि समानुपातिक सूचीमा समेटिएका छन् । सोमबार एकतामा आएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको उम्मेदवारी भने संशोधनकै क्रममा समेटिने नेकपाले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully