पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीमा सहकारी एवं लघुवित्त पीडितसमेत रहेका छन् ।
काठमाडौँ — जनादेश पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा जेन–जी आन्दोलनमा सहिद भएकाका बुबादेखि जेन–जी घाइतेसम्म समेटेर निर्वाचन आयोगमा बुझाएको छ ।
सूचीमा जेन–जी सहिद श्रेयम चौंलागाईंका बुबा गणेश चौंलागाईं र जेन–जी घाइते सञ्जिव सापकोटाको नाम समेटिएको हो ।सूचीमा सहकारी पीडित एवं लघुवित्त पीडितसमेत रहेका छन् ।
बन्दसूची बुझाउन सोमबार साँझ निर्वाचन आयोगमा पार्टीका अध्यक्ष रमनकुमार कर्ण र केन्द्रीय सदस्यद्वय जस्मिन ओझा र विप्लवी न्यौपाने पुगेका थिए ।
बन्दसूचीमा लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी, वसन्त सहकारी पीडित रिता भट्टराई, लघुवित्त पीडित मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादवलगायत ११० जना रहेका छन् ।
