गतिशील लोकतान्त्रिक पार्टीबाट को-को छन् समानुपातिक सूचीमा ? 

हवाई उद्यमी वीरेन्द्र बस्नेतसमेत रहेको यो पार्टीले ११ जनाको नाम बुझाएको हो । 

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Who is on the proportional list from the Dynamic Democratic Party?

काठमाडौँ — गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ ११ जनाको बन्दसूची बुझाएको छ । हवाई उद्यमी वीरेन्द्र बस्नेतसमेत रहेको यो पार्टीले ११ जनाको नाम बुझाएको हो । 

सूचीको १ नम्बरमा विश्वास प्रजा, दोस्रोमा करुणा डुम्जन र तेस्रोमा रेजिना गुरुङ छन् । 

त्यस्तै, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, गीता केसी दर्नाल, रुबि खातुन र निशा राजवंशी पनि सूचीमा छन् ।

कान्तिपुर

Link copied successfully