कुलमान अब रास्वपामा उपसभापति, करिब १७ प्रतिशत हिस्सा पाउने

कुलमानले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७ प्रतिशत हिस्सा पाउनेछन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Kulman is now the vice-president of the Rashtriya Swayamsevak Sangh (RSS), will receive about 17 percent of the share.

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने भएका छन् । सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र घिसिङबीच भएको वार्तामा तीनै जना एकठाउँमा हुने सहमति भएको छ ।

घिसिङले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७ प्रतिशत हिस्सा पाउनेछन् । त्यसअनुसार कुलमान पक्षबाट कम्तीमा १८ जनाको नाम रास्वपाबाट बुझाउने समानुपातिक सूचीमा थपिनेछ ।

यसअघि उनलाई रास्वपाले १० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर, उनले ३० प्रतिशत चाहिने अडान राख्दै आएका थिए । यसअघि बालेन्द्र पक्ष र रास्वपाले आन्तरिक निर्वाचनमार्फत छानेका नाम समेटेर निर्वाचन आयोगमा सूची बुझाउने तयारी थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully