राप्रपाले टुंग्यायो समानुपातिक उम्मेदवार, को–को परे ?

खस आर्य महिलाबाट खुश्बु ओली र स्वाती थापाको नाम परेको छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

RPP finalizes proportional representation candidates, who will win?

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीको नाम टुंगो लगाएको छ ।

जनजाति र खसआर्यको उम्मेदवारका लागि आन्तरिक चुनाव भएको थियो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार आन्तरिक निर्वाचनबाट जनजाति पुरुषबाट तोरण गुरुङ, महामन्त्री राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, खस आर्य पुरुष भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशीलाई समानुपातिक उम्मेदवार बनाएको छ । 

खस आर्य महिलाबाट खुश्बु ओली र स्वाती थापाको नाम परेको छ । त्यस्तै,अपाङ महासंघ देबु पराजुली, जनजाति महिलाबाट सरस्वती लामा, विजयकला राई, सरस्वती थिङ रहेका छन् भने मधेशबाट प्रल्हाद साह, थारुमा गिरिधारीप्रसाद चौधरी र मधेशी महिलाबाट निरुपमा यादव रहेका छन् ।

दलितबाट अमर आर्यलगायतको नाम समानुपतिक सूचीमा पठाइएको छ । ‘हामीले सबै क्लस्टरबाट ११० जना उम्मेदवार टुंग्याएका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully