रवि-बालेन भित्र, बाहिर सुधन भन्छन् : जबसम्म मिल्दैनन्, तबसम्म गेट खुल्दैन

सुधन गुरुङ भन्छन् : 'जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।'

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Ravi-Balen inside, Sudhan outside says: The gate will not open until they agree.

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।

बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

भित्र छलफल चलिरहँदा घरबाहिर जेन-जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, 'जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।'

कान्तिपुर संवाददाता

Link copied successfully