केही समयअघि मात्रै कांग्रेसका पूर्वसांसद सुनिल शर्मा पनि बालेनसँग भेट गरी फर्किएका छन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।
बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरुबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
यसअघि ज्वागलमै बालेन र भौतिक, ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङबीच पनि छलफल भएको थियो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल भएको बताए ।
केही समयअघि मात्रै कांग्रेसका पूर्वसांसद डा सुनिल शर्माले पनि बालेनसँग भेट गरेका छन् ।
