कुलमान- बालेन भेटवार्ता, रविसँग पनि छलफल हुँदै*

उज्यालो नेपालमा संरक्षक घिसिङ र मेयर शाहबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Kulman-Balen meeting, discussions also underway with Ravi*

काठमाडौँ — भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा उनीहरूको भेटवार्ता भएको हो । बेन मेयर शाहका सल्लाहकार हुन् । उज्यालो नेपालमा संरक्षक घिसिङ र मेयर शाहबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

घिसिङसँगको भेटपछि मेयर शाह र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता हुने स्रोतले बतायो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल चलिरहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए । यसअघि पनि घिसिङ र मेयर बालेनबीच भेटवार्ता भएको थियो ।

१४ मंसिरमा उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिए लगत्तै कुलमान घिसिङले मेयर शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए । घिसिङले त्यतिबेला फेसबुकमा लेखेका थिए,  'देश बनाउने अभियानमा हामी सँगै छौं।'

*अन्यथा भएकाले सच्याइएको छ । 

सम्बन्धित समाचार 

रवि र बालेनबीच ६ घण्टा छलफल, के भयो सहमति ?

कान्तिपुर

Link copied successfully