बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले भने– ‘देश बनाउने अभियानमा सँगै छौं’

उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर फेसबुकमा सेयर गरेका हुन् ।

मंसिर १४, २०८२

कान्तिपुर संवाददाता

Posting a photo with Balen, Kulman said, ”We are together in the campaign to build the country.”

काठमाडौँ — उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

घिसिङले फेसबुकमा लेखेका छन्– 'देश बनाउने अभियानमा हामी सँगै छौं।'

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully