एमाले महाधिवेशन : मतगणना सुरु, केपी नै तेहेरिएलान् कि ईश्वर आउलान् ?

अबको दुई/अढाई घण्टामा एमालेको नयाँ नेतृत्व घोषणा हुन्छ : निर्वाचन आयोग अध्यक्ष सुब्बा

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Counting of votes begins, will KP be the one to be prepared or will God come?

What you should know

काठमाडौँ — एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो ।

११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थितिमा मतगणना सुरु गरिएको जानकारी दिएका छन् । 

उनले भने, 'अबको दुई अढाई घण्टामा नतिजा तयार हुन्छ । सबै रुजु गरिसकेर सबै पक्षले ओके भनेपछि नतिजा सार्वजनिक हुन्छ । आजै एमालेको ११औं केन्द्रीय कमिटी घोषणा हुन्छ ।' आजै निर्वाचन आयोगका अध्यक्ष सुब्बाले पार्टीका नवनिर्वाचित अध्यक्ष, लेखा आयोग र अनुशासन आयोगको अध्यक्षलाई शपथ गराउनेछन् । त्यसपछि आजै पार्टीका नवनिर्वाचित अध्यक्षले केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ गराउने पनि उनने जानकारी दिए । 

२ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे ।  UML General Convention: Counting of votes begins, will KP be the one to be prepared or will God come?

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।

केपी नै तेहेरिएलान् कि ईश्वर आउलान् ?

केपी शर्मा ओली तेस्रो पटक एमाले अध्यक्ष बन्ने प्रयासमा छन् भने पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१मा  सम्पन्न  नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । 

कान्तिपुर

Link copied successfully