बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन ।
काठमाडौँ — एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिने चरणमा पुगेको छ । अब केहीले मात्र मत हाल्न बाँकी रहेको ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।
बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको छ ।
३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् । प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न मिल्दैन ।
मतदाताहरू लाइनमा बसेको २ घण्टासम्म पनि मत हाल्न नपाएको गुनासो गरिरहेका थिए । त्यही मौकामा उम्मेदवारहरू लाइन लागेका प्रतिनिधिसँग मत मागिरहेका थिए । मतदान सकिएको करिब तीन घण्टामा नतिजा घोषणा गर्न सकिने महाधिवेशन निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
