एमाले महाधिवेशन : मतदानको समय फेरि सर्‍यो, बेलुकी ६ बजेदेखि सुरु हुने 

विद्युतीय भोटिङ मेसिनमा पुन: कोडिङ मिलाइँदै

पुस १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ६ बजेदेखि मात्र मतदान हुने भएको छ । यसअघि दिउँसो ४ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदानमा ढिला हुने भएको हो । 

एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले बेलुका ६ बजेदेखि  मतदान सुरु हुने बताए । 

एमाले नेता सुनिता बरालले पनि प्राविधिक कारणले मतदान केही ढिला हुने भएको बताइन् । उनले बिहानदेखि नै मतदानका निम्ति तयार भए पनि उम्मेदवारी दर्ता भएपछि नामहरूलाई प्राविधिक सिस्टममा राख्ने काम भइरहेको बताइन् । उनले भनिन्, 'नामहरू सिस्टममा राख्ने काम भइरहेको छ । मतदान गर्दा अर्को दिन पनि हुनसक्छ ।' 

राम-लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले पनि विद्युतीय भोटिङ मेसिनमा बिहानै कोडिङ गरिए पनि पुन: नाम तलमाथि गर्नुपरेकाले समय लाग्ने बताए  । उनले भने, 'बिहानै १० बजे कोडिङ सकिएको थियो । उम्मेदवारहरूको नामावलीको क्रमसंख्या तलमाथि गर्नुपर्ने भएकाले केही समय लाग्छ ।'

कान्तिपुर

Link copied successfully