एमाले महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । 

मंसिर २९, २०८२

रासस

80 electronic voting machines to be used at UML general convention

काठमाडौँ — एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । 

सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

राम-लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए । २०७८ सालमा सौराहामा भएको दसौँ महाधिवेशनमा पनि विद्युतीय मेसिनबाट मतदानको भएको थियो । 

सोमबार राति साढे ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । एमालेको नयाँ नेतृत्वका लागि मंगलबार दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदानको समय तोकिएको छ ।

रासस

Link copied successfully