पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १ हजार २ सयले फाराम लिएका थिए ।
काठमाडौँ — एमाले नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ । दर्ता भएका उम्मेदवारको नामावली सूची बनाउने काम भइरहेको एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जानकारी दिए ।
‘उम्मेदवारको मनोनयन दर्ता सकियो । आठ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्छौं,’ उनले भने । पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १ हजार २ सयले फाराम लिएका थिए ।
महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।
