एक अध्यक्षका लागि दुई, पाँच उपाध्यक्षका लागि ११, महासचिवका लागि दुई, तीन उपहासचिवका लागि सात, ९ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।
काठमाडौँ — एमाले नेतृत्वमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ ।
महाधिवेशन निर्वाचन आयोगले प्रकाशित गरेको सूची अनुसार एक अध्यक्षका लागि दुई, पाँच उपाध्यक्षका लागि ११, महासचिवका लागि दुई, तीन उपहासचिवका लागि सात, ९ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।
केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र लेखा आयोग गरी ६४४ जनाको उम्मेदवारी परेको हो ।
आयोगका सदस्य सानुराज पोखरेलले अन्तिम नामावली प्रकाशित भएको बताए । ‘उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ,’ उनले भने, ‘मंगलबार निर्वाचन हुनेछ ।’
यस्तो छ सूची :
![644 candidates for UML Central Committee, Disciplinary and Accounts Commission [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/umladhibeshanelectionregistrationbhrikutimandap12152025dsc7954-15122025054511-1000x0.jpg&w=1001&h=0)