प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशैभरि रास्वपाको लहर देखिएको छ । बाँकी क्षेत्रमा के भइरहेको छ ? ताजा अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
सुनसरी क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साह ४२७७१ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई २६,१८४ मतान्तरले पराजित गरेका हुन् । पराजित ज्ञानेन्द्रबहादुर कार्कीले १६,५८७ मत ल्याएका छन् ।
नुवाकोट-१ मा कांग्रेस उम्मेदवार एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई हराउँदै रास्वपाका विक्रम तिमिल्सिना निर्वाचित भएका छन् ।
आइतबार राति सार्वजनिक मतपरिणामअनुसार ४ हजार १२ मतान्तरसहित तिमिल्सिना विजयी भएका हुन् । निर्वाचित तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी महतले १८ हजार ५ सय ९७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै १३ हजार ३७७ मतसहित नेकपाका हितबहादुर तामाङ तेस्रो स्थानमा रहे भने एमालेका बद्रीप्रसाद मैनालीले ८ हजार ९३२ मत मात्र पाए ।
नुवाकोट-१ मा २०७९ र २०७४ मा तत्कालीन माओवादी केन्द्रका नेता हितबहादुर तामाङले लगातार जितेका थिए ।
अछाम-२ बाट नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन् । आइतबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने कांग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।
यसैगरी रास्वपाका भूपदेव शाहले ४ हजार ५५२ मत प्राप्त गरेका छन् भने नेकपाका बलबहादुर कुँवरले ६ हजार ४९३ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये गुलाब चिह्नले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५२ र आँखा चिह्नले ११३ मत प्राप्त गरेका छन् ।
अछाम–२ मा जम्मा ३२ हजार ४०८ मत खसेको थियो ।
अछाम–२ मा बोगटी र शाहबीचको प्रतिस्पर्धा पछिल्ला निर्वाचनहरूमा लगातार दोहोरिँदै आएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बोगटीले शाहलाई पराजित गर्दै संसद् यात्रा सुरु गरेका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा भने शाहले बोगटीलाई पराजित गरेका थिए ।
यसपटकको निर्वाचनमा फेरि यी दुई नेताबीच कडा प्रतिस्पर्धा देखिएको थियो । मतगणनाको अन्तिम चरणसम्म मतान्तर धेरै फराकिलो नभए पनि अन्ततः बोगटीले अग्रता जोगाउँदै शाहलाई पराजित गरेका हुन् ।
यससँगै अछाम–२ मा बोगटीले दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा जित निकाल्दै पुनरागमन गरेका छन् ।-मेनुका ढुंगाना
अछाम-२ मा एमालेका यज्ञबहादुर बोगटीको अग्रता कायमै छ । पछिल्लो मतगणना अनुसार बोगटीले ९,४३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्प शाहले ८,९७२ मत प्राप्त गरेका छन् । बोगटीले कांग्रेसका उम्मेदवार शाहभन्दा ४५९ मतले अग्रता कायम राखेका हुन् । यस्तै, नेकपाका बलबहादुर कुँवरले ६,२३९ मत प्राप्त गरेका छन् भने रास्वपाका भूपदेव शाहले ४,५२६ मत प्राप्त गरेका छन् । अब ढकारी गाउँपालिका वडा नं. ८ को मतगणना मात्र बाँकी रहेको छ । अछाम–२ मा जम्मा ३२,४०८ मत खसेको थियो । अहिलेसम्म ३१,७०४ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल निर्वाचित भएका छन् । उनले २९ हजार ६ सय ७८ मत प्राप्त गरे । उनका निकट प्रतिस्पर्धी कांग्रेसका किशोर राठौरले २० हजार ४ सय २ मत पाए । बर्दियाका दुई क्षेत्रमै रास्वपा निर्वाचित भएको छ । क्षेत्र नम्बर १ मा ठाकुरसिंह थारु निर्वाचित भएका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी १ बाट विजयी भएका छन् । धरानका पूर्वमेयरसमेत रहेका उनी ३५ हजार ७ सय ४१ मतसहित विजयी भएका हुन् । दोस्रो स्थानमा रास्वपाकी गोमा तामाङ रहिन् । उनले २७ हजार २ सय ४९ मत ल्याइन् । त्यस्तै एमाले उम्मेदवार टीकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत प्राप्त गरे । त्यस्तै नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत ल्याए ।
मकवानपुर -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् । उनले ३६ हजार ३३ मत ल्याएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसी महालक्ष्मी उपाध्याय (डिना) ले १४ हजार ३८ मत ल्याइन् । एमालेका रामेश्वर राना मगरले १२ हजार ७ सय ८३ र नेकपाका विजय गौतमले १० हजार ७ सय ८८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत ल्याएका हुन् ।यो क्षेत्रमा २०७९ मा राप्रपाका दिपकबहादुर सिंह २७ हजार ८ सय १६ मत ल्याएर विजयी भएका थिए ।
पर्सा निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त प्रसाद चौरसीया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार चौरसीयाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी ले १६ हजार ३ सय ६६ मत प्राप्त गरे।
डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर बुढा विजयी भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तरले विजयी भएका हुन् । पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार रोकाय ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देव सिंह ऐडीले १ सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद डाँगीले ९२ , स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले ५४ मत प्राप्त गरेका छन् । त्यसैगरि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले २१, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिल बहादुर विष्टले ११ मत र मितेरी पार्टी नेपालकी उम्मेदवार जुनु भन्डारीले २ मत प्राप्त गरेकी छन् । विजयी उम्मेदवार बुढा यसपटकलाई लगातार चौथो डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यसपटक डोल्पामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सह-महामन्त्री सहोदर दाइ कर्ण बहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकालेका हुन् । धनबहादुर बुढा बिजय भइसके पनि औपचारिक रुपमा घोषणा भने गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रामचन्द्र न्यौपाने/डोल्पा
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ सय मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दा शेर्माले १४ हजार ७ सय ३४ मत ल्याएका छन् । -लक्ष्मी गौतम
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का माधव सापकोटालाई पराजित गरेका हुन् । सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरेका छन् । पराजुलीले ७ हजार ८५ मतान्तरले जित हासिल गरेका हुन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहनलाल आचार्य विजयी भएका छन् ।
आइतबार बिहान सार्वजनिक परिणाम अनुसार आचार्य ३४ हजार १४८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आशीष शर्मा १८ हजार २८८ मतान्तरले पराजित भए । पराजित शर्माले १५ हजार ८६० मत ल्याएका छन् ।
सर्लाही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार ४६,८९० मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ३३,५५२ मतान्तरले पराजित गरेका हुन् । पराजित नारायणकाजी श्रेष्ठले १३,३३८ मत ल्याएका छन् ।
झापा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल ४३,६३१ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बूलाई ३१,६४५ मतान्तरले पराजित गरेका हुन् । पराजित लालप्रसाद साँवा लिम्बूले ११,९८६ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईं २९,६१८ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई १०,४५२ मतान्तरले पराजित गरेका हुन् । पराजित गुणराज मुक्तानले १९,१६६ मत ल्याएका छन् ।
धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजकिशोर महतो ४८,२७० मत ल्याई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई ३२,४६१ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले १५,८०९ मत ल्याएका छन् ।
नवलपरासी पश्चिम क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गरेका हुन् । पराजित भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
कैलाली क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला २८,५५६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टलाई १७,२५५ मतान्तरले पराजित गरेका हुन् । पराजित गोरखबहादुर विष्टले ११,३०१ मत ल्याएका छन् ।
पाल्पा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा २६,७३६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठलाई १३,७४४ मतान्तरले पराजित गरेका हुन् । पराजित हिमालदत्त श्रेष्ठले १२,९९२ मत ल्याएका छन् । त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५ सय २ मत प्राप्त गरे ।
उदयपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूर्यबहादुर तामाङ १४,८०२ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अम्वरबहादुर रायामाझीलाई ७,१५४ मतान्तरले पराजित गरेका हुन् । पराजित अम्वरबहादुर रायामाझीले ७,६४८ मत ल्याएका छन् ।
बारा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दनकुमार सिंह ३५,५९० मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल का उम्मेदवार रामकिशोरप्रसाद यादवलाई २१,३९४ मतान्तरले पराजित गरेका हुन् । पराजित रामकिशोरप्रसाद यादवले १४,१९६ मत ल्याएका छन् ।
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा २१,६०९ मत ल्याई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४,९४८ मतान्तरले पराजित गरेका हुन् । पराजित राजु केसीले १६,६६१ मत ल्याएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले भने १४ हजार ३ सय ४६ मत ल्याए ।
झापा क्षेत्र नं २ मा पूर्व उपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्दिरा राना मगर ६०,११० मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई ४८,७४२ मतान्तरले पराजित गरेकी हुन् । पराजित देवराज घिमिरेले ११,३६८ मत ल्याएका छन् ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर २ मा शुक्रबार बिहान १० बजेदेखि मतगणना सुरु गरिएको थियो । तर, मतगणना सुरु भएको करिब ३९ घण्टा बितिसक्दा पनि करिब १५ हजार मत मात्र गणना भएको छ ।
यस क्षेत्रमा अझै करिब १५ हजार मत गणना गर्न बाँकी रहेको बताइएको छ । मतगणना न त रोकिएको छ, न कुनै विवाद नै भएको छ । तर, गणनाको गति भने निकै सुस्त देखिएको छ ।
राजनीतिक दलका प्रतिनिधिहरूले मतगणना छिटो बनाउन दुई स्थानमा गणना गर्नुपर्ने प्रस्ताव राखे पनि मुख्य निर्वाचन अधिकृतले स्थानको अभाव र सुरक्षाको कारण देखाउँदै उक्त प्रस्ताव स्वीकार नगरेको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् ।
यही गतिमा मतगणना जारी रहे अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ । - मेनुका ढुंगाना
सल्यानमा नेकपा उम्मेदवार रमेशकुमार मल्ल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार ललितकुमार चन्दलाई २ हजार २८३ मतान्तरले पछि पार्दै मल्ल विजयी भएका हुन् ।
मुख्य निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत कमल आचार्यका अनुसार मल्लले २३ हजार १८९ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार ललितकुमार चन्दले २० हजार ९०४ मत ल्याएका थिए ।
कांग्रेस उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ र एमालेका गुलाबजंग शाहले १५ हजार ३७३ मत ल्याएका थिए ।
2सय 5स्थायी र 3 अस्थायी गरी 208 मतदान केन्द्र रहेको सल्यानमा कुल मतदाता 1लाख 62 हजार 449 रहेका थिए ।जसमध्ये 51 प्रतिशत ले मतदान गरेका थिए ।
धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आसिका तामाङ ३९,१२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई २४,०९६ मतान्तरले पराजित गरेकी हुन् । पराजित भूमिप्रसाद त्रिपाठीले १५,०३२ मत ल्याएका छन् ।
प्रतिनिधीसभा सदस्य निर्वाचनमा दार्चुलाबाट नेकपा एमालेका गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनमा एक मात्र क्षेत्र रहेको दार्चुलाबाट विजयी ठगुन्नाले नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३०५५ मतान्तर पराजित गरेका छन् । उनले १५ हजार ८ सय ३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९ सय ३६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी ३ हजार ६५ मतमा सिमित रहेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा माओवादीका उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थिए । जसमध्ये २ हजार ४७ मत बदर भएका थिए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा यो निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । अन्य उम्मेदवारहरुले भने १ सय मत समेत कटाउन सकेन्न ।
प्रतिनिधीसभा सदस्य निर्वाचन ठगुन्नाको यो तेस्रो संसदीय यात्रा हो । यसअघि उनी २०७४ प्रतिनिधी सभा सदस्य र २०७० को संविधानसभा सदस्य निर्वाचित भएका थिए । - मनोज बडू
शंकर आचार्य
पर्सा । प्रतिनिधिसभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नं ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसिया अग्रस्थानमा रहेका छन् । हालसम्मको मतगणनाअनुसार चौरसियाले २० हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १३ हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका रुपेशकुमार पाण्डेयले ९ हजार ४ सय ७९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । मतगणना जारी छ ।
ज्योति कटुवाल
मुगुमा नेकपा एमालेका पूर्णबहादुर रोकायले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार रोकायले १ हजार ७ प्राप्त गरेका छन् । २ हजार ५४८ मतगणना हुँदा दोस्रो स्थानमा नेपाली कांग्रेसका खड्कबहादुर शाही छन् । शाहीले ८ सय ९० मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले २ सय २४ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भुवन टमटाले १२ मत मात्रै प्राप्त गरेका छन् ।
लक्ष्मी गौतम, पाँचथर
जिल्लाका ६ वटा स्थानीय तहको मतगणना सम्पन्न हुँदासम्म तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङ हिलिहाङ गाउँपालिकाको मतगणना पूरा हुँदा दोस्रो स्थानमा उक्लिएका छन् ।
पहिलो स्थानमा भने नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङको अग्रता कायमै छ । केरुङले १२ हजार २ सय ८० मत प्राप्त गर्दा नेम्वाङलाई ११ हजार १ सय ३ मत प्राप्त भएको छ । यससँगै अब कांग्रेस र एमालेको मतान्तर १ हजार १ सय ७७ भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङ ७ हजार १ सय १२ मतसहित चौथो स्थानमा छन् । आठवटा स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरमा हालसम्म मिक्लाजुङ, तुम्वेवा, फालेलुङ, फाल्गुनन्द, कुम्मायक र याङवरकसँगै हिलिहाङका १, २, ३, ४ र ५ नम्बर वडाको गणना सकिएको छ । अब हिलिहाङका ६ र ७ सँगै फिदिम नगरपालिकाका १४ वडाको मतगणना बाँकी छ ।
मनोज पौडेल, कपिलवस्तु
प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रमसिंह थापाको जित सुनिश्चित भएको छ । यशोधरा गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना हुन बाँकी हुँदा उनी ७ हजार २ सय ५८ मतले अगाडि छन् । जबकि ती वडाको खसेको मतसंख्या ७ हजारभन्दा कम छ । थापाले २६ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रराज आचार्यले १९ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।
दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठक निर्वाचित भएका छन् ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, पूर्व सहरी विकासमन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी र लुम्बिनी प्रदेशका पूर्व सांसद् रेवतीरमण शर्मा घिमिरेलाई पराजित गर्दै उनी सांसद् निर्वाचित भएका हुन् ।
पाठकले मुख्य प्रतिस्पर्धी भन्दा २७ हजार ३ सय २२ बढी मत प्राप्त गरी जित हासिल गरेका हुन् । पाठकले ४२ हजार ६ सय २ मत पाएका छन् भने मुख्य प्रतिस्पर्धी कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २ सय ८० मत पाएका छन् ।
यस्तै, एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ र नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ९ सय ६५ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३ सय ८४ मत पाएका छन् ।
क्षेत्र नं. १ मा ३७ हजार ६ सय १४ पुरुष, ४३ हजार ३ सय ५ महिला र १ अन्य गरी ८० हजार ९ सय २० मत खसेको थियो । यो ५७.८० प्रतिशत मत हो । क्षेत्र नं. १ मा ७० हजार ५ सय ५४ पुरुष, ६९ हजार ४ सय ४६ महिला र १ अन्य गरी १ लाख ४० हजार १ मतदाता थिए ।-दुर्गालाल केसी
प्रतिनिधिसभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणामअनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् । शाक्यले आफ्ना निकटतम प्रतिस्पर्धी रिजाललाई १५ हजार ४ सय ७२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेका जालिम मियाँ मंसुरीले १२ हजार १ सय ४५ मत प्राप्त गरेका छन् । यसैगरी जनता समाजवादी पार्टी, नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७ सय ५८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका जयप्रकाश थारुले ३ हजार १ सय १३ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले शाक्य निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । -शंकर आचार्य
महोत्तरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साह ३२,७२२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल का उम्मेदवार शरतसिंह भण्डारीलाई २२,५२४ मतान्तरले पराजित गरेका हुन् । पराजित शरतसिंह भण्डारीले १०,१९८ मत ल्याएका छन् ।
सिरहा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तपेश्वर यादव ३६,२१० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार अजयशंकर नायकलाई २८,२३८ मतान्तरले पराजित गरेका हुन् । पराजित अजयशंकर नायकले ७,९७२ मत ल्याएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नं ४ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर शाक्य अग्रस्थानमा रहेका छन् । हालसम्मको मतगणना अनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले १२ हजार १ सय ४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बर्दियाको दुई क्षेत्रमा फराकिलो मतले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर २ मा रास्वपाका श्रीधर पोखरेलले १७ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोरसिंह राठौरले ९ हजार ३ सय ६३ मत पाएका छन् । नेकपाका सुरेश पन्थले ९ हजार २ सय ६४ र एमालेकी विमला विकले ६ हजार ३ सय २५ मत पाएकी छन् ।
बर्दिया क्षेत्र नम्बर १ ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतले अग्रता बढाइरहेको छ । ताजा अपडेट अनुसार क्षेत्र नम्बर १ मा ठाकुरसिंह थारु ३३ हजार ८ सय १८ मत प्राप्त गरेर फराकिलो मतले अघि छन् । उनका प्रतिद्वन्द्वी एमालेका शालिकराम अधिकारीले १० हजार ७६, कांग्रेसका सञ्जय गौतम ६ हजार ९ सय ३२ र नेकपाका विष्णु चौधरीले ५ हजार १ सय ५७ मत पाएका छन् । क्षेत्र नम्बर १ मा १ लाख २ हजार ८ सय ६६ मत खसेकोमा ६४ हजार ५ सय ३४ मतको गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । -कमल पन्थी
मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८ सय ४५ मतले पछाडि पारेका हुन् । न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् ।
ओमप्रकाश ठाकुर, सर्लाही
सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अग्रता बढाएका छन् ।
निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ७ हजार ८ सय १३ मतले पछि पारेका हुन् । पछिल्लो मतपरिणाम अनुसार सिंहले २२ हजार १ सय ६६ मत प्राप्त गर्दा थापाले १५ हजार ५३ मत प्राप्त गरेका छन् ।
सिंह यस क्षेत्रमा दुईपटक नेपाली कांग्रेसबाट र अघिल्लो पटक २०७९ मा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका थिए ।
आनन्द गौतम, ताप्लेजुङ
प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पछि पार्दै थेवे विजयी भएका हुन् । थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे ।
नेकपाका खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७ सय ७५ मतसहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहे ।ताप्लेजुङमा यसअघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी भएका थिए ।
दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी निर्वाचित भएका छन् । पार्टी प्रशिक्षण विभागका केन्द्रीय सदस्य सुवेदीले प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। शुक्रबार बिहानदेखि जारी मतगणनामा सुरुदेखि नै अग्रता लिएका सुवेदीले ४४ हजार २ सय ४८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरे भने नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १ सय ९५ मत पाए ।
माधव अर्याल, पाल्पा
पाल्पा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना १८ हजार ३ सय ३६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण आचार्यलाई १ हजार ५ सय १७ मतले पछि पार्दै राना विजयी भएका हुन् । यस क्षेत्रबाट एमालेका आचार्यले १६ हजार ८ सय १९ र रास्वपाका विमल पन्तले १४ हजार ३ सय ३३ मत पाएका थिए ।
सिरहा-२ मा रास्वपाका शिव यादव निर्वाचित भएका छन् । यादव ३९ हजार ५ सय ६१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८ सय १४ मत प्राप्त गरे । एमालेका उम्मेदवार नवीनकुमार यादव ६ हजार ७ सय १३ मतसहित तेस्रो भएका छन् ।
पर्सा-३ मा मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनाअनुसार चौरसियाले १८ हजार ८ सय १० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले १० हजार ९ सय ६० मत प्राप्त गरेका छन्। एमालेका रुपेश कुमार पाण्डेय ८ हजार ६ सय १ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
पर्सा-४ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनाअनुसार शाक्यले २४ हजार २१ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १० हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। एमालेका जालिम मियाँ मन्सुरीले ९ हजार ४ सय ३२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
कैलाली-३ मा रास्वपाका जगत जोशी भारी मतान्तरले विजय भएका छन्। निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजय भएका हुन्। उनले २० हजार ३५९ मत प्राप्त गर्दा नेकपाका चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका हुन्। कांग्रेसका बलियो उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा झरेका छन्। उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन्। यस क्षेत्रमा नेकपा एमाले चौथो स्थानमा झरेको छ। एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले २०३४७ मत प्राप्त गरे।
प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर' बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
तृप्ति शाही, सुर्खेत
प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा विजयी भएका छन् । उनले ३० हजार ८ सय २६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार ३ सय ९२ मत प्राप्त गरे।
पर्सा निर्वाचन क्षेत्र नं ४ मा जारी मतगणनामा रास्वपा उम्मेदवार टेकबहादुर शाक्य अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनामा शाक्यले २० हजार ६ सय ३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले ९ हजार २ सय ३६ मत प्राप्त गरेका छन्। एमालेका जालिम मियाँ मन्सुरी ८ हजार २ सय ५२ मत सहित तेस्रो स्थानमा रहेका छन्।
मनोज पौडेल, कपिलवस्तु
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रमसिंह थापाले ठूलो अग्रता बनाएका छन् । उनी ८ हजार ५ सय २५ मतान्तरले अगाडि छन् । थापाले २४ हजार १ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रराज आचार्यले १५ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका बृजेशकुमार गुप्ताले १२ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् ।
दैलेख-२ बाट एमालेले अर्को सिट थपेको छ । लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत ल्याए । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत पाए ।
बारा-१ मा रास्वपाका गणेश धिमाल विजयी भएका छन् । धिमालले २५ हजार ७ सय ७५ मतान्तरले जितेका हुन् । उनले ३९ हजार ९ सय ९८ मत ल्याए । उनका निकटतम कांग्रेसका केन्दीय सदस्य शम्भुबहादुर बुढाथाेकीले १४ हजार २ सय २३ मत ल्याए । यस क्षेत्रबाट २०७९ मा निर्वाचित एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याई तेस्राे स्थानमा भए ।
पछिल्लो मतपरिणाम अनुसार ओलीभन्दा बालेन्द्र तीन गुणाभन्दा बढी मतले अघि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार बालेन्द्रले ५९ हजार ५ सय ६८ मत ल्याएका छन् भने ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । जुन ओलीको भन्दा बालेन्द्रको ४३ हजार २ सय १८ मत बढी हो ।
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । उनले १४ हजार ८ सय १६ मत प्राप्त गरे । उनले नेकपाका नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे । कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १ सय ४३, एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८, रास्वपाकी विनिता कठायतले ४२१,नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय, प्रगतिशील लाेकतान्त्रीक पार्टीका मनऋषि धितालले ११२ मत प्राप्त गरे । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकामा ४० हजार ८ सय ३९ मत खसेकाे थियाे । बदर मत १ हजार ७ सय रहेकाे छ ।
प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा भण्डारी कार्की निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । एमालेका मनोज कुमार देबकोटाले ६ हजार १ सय १ मत पाएका छन्।
मनोज पौडेल, कपिलवस्तु
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । उनी ४ हजार ६ सय ४५ मतान्तरले विजयी भएका हुन् । उनले २३ हजार ५ सय ३५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रकाश रजौरियाले १८ हजार ८ सय ९० मत प्राप्त गरे । शाहको यो चौथो संसदीय यात्रा हो । शाह २०६४ र २०७० मा संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७४ मा भएको प्रतिनिधिसभा सदस्य पदमा उनी कपिलवस्तु ३ बाट कांग्रेसबाट निर्वाचित भइका थिए ।
काशीराम डाँगी, रोल्पा
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा रोल्पामा नेकपाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि छन्। उनी प्रमुख प्रतिस्पर्धी कांग्रेसका डा. सुदनकुमार वलीभन्दा १२ हजार २ सय २० मतले अगाडि छन्।
पुनले २२ हजार ९६ मत पाएका छन् भने वलीले ९ हजार ८ सय ७६ मत पाएका छन् । कुल खसेको मतमध्ये १४ हजार मत अब गन्न बाँकी छ।
तेस्रो स्थानमा रास्वपाका बालाराम थापा र चौथोमा एमालेका गोकुल घर्ती छन्। थापाले ८ हजार ४ सय ५५ र घर्तीले ८ हजार ७ मत पाएका छन्। रोल्पामा १० उम्मेदवार चुनावी मैदानमा छन्।
मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशाकुमारी झा विजयी भएकी छन् । उनीले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् ।निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे । जसपाका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६२३, एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरे । राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए ।
माधव अर्याल, पाल्पा
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना चलिरहँदा पाल्पा क्षेत्र नं १ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ ।
पछिल्लो मतगणना अनुसार एमालेका नारायणप्रसाद आचार्यको अग्रता रहेको छ । आचार्यले १४ हजार १ सय ४ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका सन्दीप रानाले १३ हजार ४ सय ६४ र रास्वपाका विमल पन्तले १० हजार ८ सय ९३ मतका साथ पछ्याइरहेका छन् । अब यस क्षेत्रमा ७ वटा वडाको मात्रै मतगणना बाँकी छ ।
तृप्ति शाही, वीरेन्द्रनगर
सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्णुबहादुर खड्का जित नजिक पुगेका छन् । ६१ हजार ९ सय २७ मत गन्दा खड्काले २४ हजार ६ सय ९४ मत प्राप्त गरेका छन् । सुरुवातबाटै अग्रता कायम राखेका खड्कालाई एमालेका ध्रुवबहादुर शाहीले पछ्याइरहेका छन् । शाहीले १६ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।
खड्का निटकतम प्रतिस्पर्धीभन्दा ८ हजार १ सय ५ मतले अघि छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी तेस्रो नम्बरमा छन् । उनले १३ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।
७० हजार १ सय ६७ मत खसेको यस क्षेत्रमा १ लाख २२ हजार ९सय २ मतदाता थिए ।
अछाम-१ मा कांग्रेसका भरतकुमार स्वारले जित हासिल गरेका छन् । नेकपाका भीम रावल पराजित भए । स्वारले १० हजार ७५९ मत ल्याए भने रावलले १० हजार २३३ मत पाए । यो कम मतान्तर (५२६) हो ।यहाँ तेस्रो स्थानमा रहेका एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ मत ल्याए भने रास्वपाका ओमप्रकाश रावल १ हजार ७३९ मै सीमित रहे ।
मनोज पौडेल, कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ को मतगणनामा कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता बढाउँदै लगेका छन् । उनले २२ हजार २ सय २६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियालाई ४ हजार ५ सय ४५ मतले पछि पार्दै अग्रता बनाएका हुन् । रजौरियाले १७ हजार ६ सय ८१ मत ल्याएका छन् । शाहले सुरुदेखि अग्रता कायम गरेका छन् । यस क्षेत्रमा शिवराज नगरपालिकका वडा नं. १० र ११ को मात्र मतगणना बाँकी छ ।
डाेल्पामा साढे ९ घन्टादेखि राेकिएकाे मतगणना पुन: सुरु भएको छ । जिल्लाकाे काइके गाउँपालिका-४ काे मतगणनाका क्रममा भेटिएका अर्धकट्टीसहितका ५ वटा बदर गर्ने निर्णय भएसँगै बिहान ५ बजेर ३० मिनेटदेखि राेकिएकाे मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
आश गुरुङ, लमजुङ
लमजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी निर्वाचित भएका छन् । रास्वपाले दोस्रोपटक उम्मेदवार बनाएको उनी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कुल ७५ हजार ४ सय ६० मत खसेकामा उनले ३३ हजार ८ सय ९८ मत पाए । एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत पाए ।
जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार बुढा २ हजार ७ सय ३५ मतान्तरले विजयी भएका हुन् । बुढाले २० हजार १ सय ४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४ सय ७ मत ल्याएका छन् ।
प्रतिनिधिसभा गोरखा–१ को मतगणना सुरु भएको छ। चुमनुब्री–१ बाट मतगणना सुरु भएको हो। १९९ मत गणनाको प्रारम्भिक नतिजामा रास्वपाका सुधन गुरुङले अग्रता लिएका छन्। गुरुङले ९० मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार प्रेम खत्रीले ४७, नेकपाका हरिराज अधिकारीले ३४ र एमाले उम्मेदवार आर.सी. लामिछानेले ७ मत प्राप्त गरेका छन्।-हरिराम उप्रेती, गोरखा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिप्रसाद भुसाल विजयी भएका छन् । उनले ३५ हजार २३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पिताम्बार भुसालले २२ हजार ६ सय ४९ मत ल्याए । कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९ सय ८३ मत ल्याए । नेकपाका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत ल्याएका छन् । अर्घाखाँचीमा कुल मतदाता १ लाख ७१ हजार ६ सय ५२ छन् । जसमध्ये ८६ हजार ६ सय ६८ मत खसेका थिए ।
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत दाङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्य निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । उनले एमाले महासचिव शंकर पाेख्रेललाई २८ हजार २७२ काे फराकिलो मतान्तरले पछि पारेका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले १५ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत प्राप्त गरेका छन् भने नेकपाका निर्मल आचार्य ले ७ हजार ८३ मत प्राप्त गरेका छन् । दाङ–२ मा कुल ८२ हजार ३ सय ५ मत खसेको थियो ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका दुवै उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । मकवानपुर- १ का रास्वपाका उम्मेदवार प्रकाश गौतमले २२ हजार ४१४ मत पाएका छन् भने उनलाई एमालेका रामेश्वर रानालाई पछ्याइरहेका छन् । उनले ४ हजार ७२७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ४ हजार ३ सय २० सय मत पाएकी छिन् । मकवानपुर-१ मा ९५ हजार ३१० मत खसेको छ ।
यसैगरी, मकवानपुर-२ का रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले १५ हजार ३१४ मत पाएका छन् । उनलाई एमालेका महेश बर्तौलाले पछ्छाइरहेका छन् । बर्तौलाले ८ हजार २११ मत पाएका छन् । नेकपाका लवशेर विष्टले ७ हजार ११९ मत पाएका छन् । मकवानपुर-२ निर्वाचन क्षेत्रमा ९१ हजार २४१ मत खसेको छ ।
बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बढाई रहेका छन् । ताजा अपडेट अनुसार क्षेत्र नम्बर १ मा ठाकुरसिंह थारुले २० हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका शालिकराम अधिकारीले ६ हजार ३ सय ८, कांग्रेसका संजय गौतमले ३ हजार ४ सय ६६ र नेकपाका विष्णु चौधरीले ३ हजार १ सय ७७ मत पाएका छन् । यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका श्रीधर पोखरेलले १० हजार २ सय ८५ मत प्राप्त गरि अग्रस्थानमा छन् । उनका प्रतिद्धन्द्वी कांग्रेसका किशोरसिंह राठौरले ७ हजार ६ सय ३४, नेकपाका सुरेश पन्थले ५ हजार ६ सय ६१ र एमालेका विमला विकले ३ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् ।
संखुवासभामा ३ दिनपछि आजबाट मतगणना सुरु भएको छ । दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिलाई भएपछि आजबाट गणना सुरु भएको हो । मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको हो । गणनास्थलमा सीसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको डिएसपी कुमारप्रसाद मैनालीले बताए । यहाँ ६२ हजार ९३७ मत खसेको छ । निर्वाचनमा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
१४ हजार मतगणना गर्न बाँकी रहँदा एमालेका उम्मेदवार क्षितिज थेबेले फराकिलो अग्रता बनाएका छन् । ३१ हजार ६ सय ४७ मत गणना गर्दा कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङसँग १ हजार ६ सय ९० मतको अग्रता बनाएका हुन् । थेबेले १० हजार २ सय ११ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका तुम्याहाङले ८ हजार ५ सय २९ मत प्राप्त गरेका छन् । नेकपाका खेलप्रसाद बुढाक्षेत्री ४ हजार ५ सय २५ मतका साथ तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीका सन्तोष राईले ३ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौ स्थानमा छ। वीरेन्द्र श्रेष्ठले २ हजार १ सय ३१ मत पाएका छन् । अब फुङ्लिङ नगरपालिकाका पुरै वडा र आसपासका पालिकाका वडाको गणना गर्न बाँकी रहेको छ । ९० हजार ३ सय २७ मतदाता रहेको जिल्लामा ४६ हजार ४ सय ७४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा बिहीबार सम्पन्न मतदानपछि मतगणना जारी रहेको छ । अहिले मध्यान्न १२ बजे सम्म ३३ हजार ५८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशी अग्रस्थानमा छन् । जोशीले १२ हजार ८४३ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार नैनसिंह महरले ८ हजार ४०४ मत ल्याएका छन् । नेकपा का उम्मेदवार मानसिंह मालले ६ हजार २०२ मत प्राप्त गरेका छन् भने एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ३८५ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल जित नजिक पुगेका छन् । उनलेे ३२ हजार १ सय ५१ मत ल्याएका छन् । एमालेका पिताम्बर भुसालले २० हजार ७ सय ५६ मत ल्याए । कांग्रेसका विष्णुप्रसाद खनालले १७ हजार ३ सय १४ मत ल्याएका छन् । यहाँ ८६ हजार ६ सय ६८ मत खसेको थियो । अब पाणिनि गाउँपालिकाकाे वडा नम्बर ७ र ८ को मात्रै मत गणना हुन बाँकी छ ।
प्रतिनिधिसभा गोरखा–१ को मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको हलमा मतगणनास्थल तोकिएको छ । गोरखा–१ अन्तर्गत पर्ने उत्तरी क्षेत्रको १४ केन्द्रको मतपेटिका शनिबार मात्र मतगणनास्थल आइपुगेको थियो ।
भौगोलिक विकटता रहेको उत्तरी क्षेत्रको ९ मतदान केन्द्रको मतपेटिका शुक्रबार र १४ केन्द्रको हेलिकप्टरमार्फत गोरखा सदरमुकाम ल्याएपछि गणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ, नेकपाका हरिराज अधिकारी, कांग्रेस प्रेमकुमार खत्री, एमाले आरसी लामिछाने उम्मेदवार छन् । गोरखा–१ मा १ लाख २० हजार पाँच सय २५ मतदाता रहेकोमा ६४ हजार ५ मत खसेको छ ।-हरिराम उप्रेती/गोरखा
सिन्धुपाल्चोक–१ मा चार वटा गाँउपालिकाको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ ।
भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी र लिसंखुपाखार गाँउपालिका सम्मको मतगणनामा रास्वपाका भरत पराजुलीले ९ हजार २ सय ७५ मत ल्याएका छन् ।
यस्तै, नेकपाका माधव सापकोटाले ७ हजार ५, नेकपा र नेपाली कांग्रेसका जगबहादुर तामाङले ५ हजार ८ सय ७३ मत र एमालेका सरेश नेपालले ५ हजार ६ सय ३४ ल्याएका छन् ।
यता २ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाले ५ हजार ३ सय ४९ मत ल्याएर अग्रस्थानमा रहेको छ भने कांग्रेसका वंशलाल तामाङले ४ हजार २ सय ६६ मत ल्याएर पछ्याइरहेको छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले ३ हजार २ सय १४ र एमालेका शेरबहादुर तामाङले २ हजार ४ सय ३२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ को पछिल्लो मतगणनामा रास्वापका बालेन्द्र शाहले ४७ हजार ७७९ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १२ हजार ६९९ मत ल्याएका छन् । तेस्रोमा श्रम संस्कृति पार्टी छ । यसका उम्मेदवार समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन् । कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८, नेकपाका रन्जित तामाङले १ हजार ८७ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला १ हजार २१ मत पाएका छन् । हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । जसमा ३ हजार ३० मत बदर भएको छ । - अंगद ढकाल
धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता फराकिलो बनाउँदै गएका छन् । हालसम्मका मतपरिणाम अनुसार राईले ११ हजार ६ सय ३६ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ७ हजार ७ सय १६ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७ हजार १सय २२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश भण्डारीले ६ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । पाँचौ स्थानमा भने नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार धर्मराज पौडेलले १ हजार ३ सय ०६ मत पाएका छन् ।रमेशचन्द्र अधिकारी/धनकुटा
डोल्पामा निर्वाचन रद्दको माग गर्दै उजुरी परेको छ । काईके गाउँपालिका- ४ र ५ काे मतगणनाको क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएका कारण जिल्लाको समग्र निर्वाचन रद्द गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो ।
एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, स्वतन्त्र उम्मेदवारले सामूहिक रुपमा उजुरी दिएका हुन् ।
उनीहरूले जिल्लाभरको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै मिलेमतोमा निर्वाचन कसूर गरेको उजुरीमा उल्लेख गरेका छन् ।
कैलाली-५ मा रास्वपाका उम्मेदवार डा. आनन्दबहादुर चन्द प्रतिस्पर्धीभन्दा निकै अघि रहेका छन् । अहिलेसम्म ५५ हजार ६४७ मतगणनाको परिणाम सार्वजनिक हुँदा चन्दले २७ हजार ७७ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार नरनारायण शाह उनीभन्दा १७ हजार २९३ मतले पछि छन् । शाहले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपाका प्रेमबहादुर आलेले ७०६४ मत प्राप्त गर्दा नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ५ हजार १९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले १ हजार ३९८ मत र स्वतन्त्र उम्मेदवार प्यारालाल रानाले १३८० मत प्राप्त गरेका छन् ।
सर्लाही- १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नितिमा भण्डारी कार्कीले फराकिलो अग्रता कायम गरेकी छन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले ३० हजार ३ सय २२ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ५ हजार ६३ मत ल्याएका छन् । एमालेका मनोजकुमार देवकोटाले ४ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । नेकपाका प्रमोद साहले ३ हजार ४ सय ७० मत प्राप्त गरेका छन् । हालसम्मको मतगणनामा कार्कीले प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरले अग्रता कायम राखेकी छन् । मतगणना जारी रहेको क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोट-२ मा रास्वपाका अचुत्तम लामिछाने निर्वाचित भएका छन् । उनी ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदिश्वर नरसिंह केसीलाई १६ हजार ५५१ मतले पराजित गर्दै विजयी भएका हुन् । केसीले १५ हजार ५०३ मत ल्याएका छन् ।
यहाँ नेकपाका केशबराज पाण्डेले ८ हजार २२८ मत ल्याएका थिए ।
रोल्पामा झण्डै दोब्बर मतले नेकपाका उम्मेदवार वर्षमान पुन प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीभन्दा अघि छन् । पुनले १३ हजार ७७५ मत पाएका छन् भने डा. वलीले ७ हजार ७७८ मत पाएका छन् । हालसम्म थबाङ, रुन्टीगढी, गंगादेव, परिवर्तन र लुंग्री गाउँपालिकाको पूरा र सुमिलस्मृतिका ३, ४, ६ र ८ वडाको मत गणना सकिएको छ। हालसम्म करिब आधा मतको गणना गरिएको छ। यहाँ १ लाख ४९ हजार ५९७ मध्ये ६९ हजार ४०८ मतदान भएको थियो।
हालसम्म गणना गरिएको ३६ हजार ७६६ मध्ये १ हजार ७०५ मत बदर भएको छ। यसैगरी रास्वपाका बालाराम थापाले ५ हजार ६ सय ९८, एमालेका गोकुल घर्तीले ४ हजार ६२२, नेकपा माओवादीका चुडामणि वलीले २ हजार ४६६ मत पाएका छन्।
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेलले अग्रता बढाउदै लगेका छन् । नौ स्थानीय तह मध्ये ४ वटा स्थानीयतहको मतगणना सकिदा रास्वपाका खरेलले ९ हजार ७ सय ५८ मत ल्याएर अग्रता बनाएका हुन् । नेकपा एमालेका पार्वत गुरूङले ७ हजार १ सय ९४ मतले पछ्याई रहेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विशाल खड्काले ६ हजार ३ सय ८४ मत पाएर तस्रो स्थानमा छन्। -केदार शिवाकोटी
एमालेका पूर्व उपाध्यक्ष, नेकपा नेता भीम रावले कडा प्रतिस्पर्धाको सामना गरेका छन् । अछाम– २ बाट प्रतिस्पर्धा गरिरहेका रावल र एमाले उम्मेदवार दीपकबहादुर साउदबीच कडा टक्कर परेको छ ।
अहिलेसम्म भएको मतगणना अनुसार साउदे ६ हजार ३ सय २५ र रावले ६ हजार ८७ मत ल्याएका छन् । मतगणना जारी रहेको छ । कांग्रेसका भरतकुमार स्वाँर ५ हजार ६ सय ८७ मत सहित तेस्रो स्थानमा छन् ।
रुकुम पश्चिममा केही बेरअघि विवाद भएर स्थागित गरिएको मतगणना सुचारु भएको छ । मुचुल्का र बक्समा ठिकठाक भएपनि गणनाका क्रममा टिप्दा फरक परेकाले विवाद आएको र अहिले समाधान भएको बताइएको छ ।
सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले गणना गर्दा नै कमजोरी भएकाले १ सय ६४ मतमा विवाद भएको तर अहिले समाधान गरिएको र गणना कार्य सुचारु गरिएको जानकारी दिइन् ।
केहीबेर अघि चौरजहारी नगरपालिकाको वडा नं.१, ३ र ५ को मतगणना गर्दा खसेको मतभन्दा १ सय ६४ मत बढी देखिएपछि विवाद भएको थियो । -महेश केसी
बाँके–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए । चौधरीको प्रतिस्पर्धी कांग्रेसका नारायण गौडेलले आधाभन्दा कम १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरी, नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले बताएका छन् ।रुपा गहतराज/नेपालगन्ज
सुर्खेत क्षेत्र नम्बर-१ मा कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ । मतगणनाको सुरूवातबाट अग्रता कायम राखेका उनले फराकिलो अग्रता बनाउँदै लिएका छन् । ३७ हजार ५१३ मत गणना हुँदा खड्काले १४ हजार ५६५ मत प्राप्त गरेका छन् । खड्कालाई एमालेका ध्रुवकुमार शाहीले पछ्याइरहेका छन् । उनले १० हजार ८९ मत प्राप्त गरेका छन् । त्यसपछि रास्वपाका टेकबहादुर सिंहले ८ हजार ५८७ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टिका जीतबहादुर रानाले १ हजार ३४३ राप्रपाका रविकिरण हमालले ४६६ मत प्राप्त गरेका छन् भने श्रमसंस्कृति पार्टिका विरबहादुर रानाले ४६५ मत प्राप्त गरेका छन् । १ हजार ३७९ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।तृप्ति शाही(वीरेन्द्रनगर)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि चितवन-२ बाट शनिबार निर्वाचित भएका छन् । उनले ५४ हजार ४०२ मत ल्याए । लामिछानेको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनकुमारी खरेलको १४ हजार ५६४ मत आयो । एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ मत आएको छ । लामिछाने २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । यो क्षेत्रमा उपचुनाव हुँदा लामिछाने नै उम्मेदवार बनेर विजयी भएका थिए । चितवन-२ बाट लामिछानेको यो तीन वर्षको अन्तरालमा तेस्रो जित हो । २०७९ सालको निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र तेस्रो स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । निर्वाचित भएसँगै लामिछाने गृहमन्त्रीसमेत भए । अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिदा प्रकृया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले २०७९ को माघमा लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि चितवन-२ मा उपचुनाव भएको थियो । प्रकृया पूरा गरेर नागरिकता लिएपछि उप चुनावमा पनि लामिछाने नै उम्मेदवार भए । २०८० बैशाखमा भएको उपचुनावमा लामिछानेले पहिलाको भन्दा पनि धेरै ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए । त्यो बेला उनको निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ र तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेको १० हजार ९३६ मत आएको थियो । त्यसपछि २०८१ पुस ७ मा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको पद निलम्बनमा परेको थियो । उनी निलम्बनमा रहँदा भदौं २३ र २४ मा जेनजीहरूको आन्दोलन भयो । जसका कारण तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए । त्यसपछि गठन भएको सरकारले जेनजी आन्दोलनको मर्म अनुसार भन्दै संसद विघटन गरेको थियो । जसका कारण फागुन २१ मा यो निर्वाचन भएको हो ।रमेशकुमार पौडेल/चितवन
रुकुम पश्चिममा २० हजार ७ सय ४१ मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माको अग्रता रहेको छ । अहिलेसम्म गोपालले ७ हजार २ सय ७२ मत ल्याउँदा उनलाई प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्माले ५ हजार १ सय ६० मतले पछ्याइरहेका छन् । जिल्लाका जम्मा ६ वटा पालिकामध्ये आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको मत गणना सकिएर अब चौरजहारी नगरपालिकाको मत गणना सुरु भएको बताइएको छ । परिणाम अनुसार नेकपाका गोपाल र प्रलोपाका जनार्दनका बीचमा २ हजार १ सय १२ मतको अन्तर देखिएको छ । जनार्दनले सुरुवात अग्रता कायम गरेको भए पनि अहिले उनलाई गोपालले उछिनेका हुन् । यसपछि नेपाली कांग्रेसका राजु केसीको ४ हजार ८ सय ४२ रहेको छ भने चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले १ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । जनार्दन शर्मालाई समर्थन गर्दै व्यवहारिक रुपमा आफ्नो उम्मेदवारी निष्कृय बनाएका एमाले उम्मेदवार नन्दराम देवकोटाले समेत अहिलेसम्म ६ सय २१ र उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले २१ मत प्राप्त गरेका छन् । रुकुम पश्चिमबाट ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकोमा जम्मा ६२ हजार ९ सय ६७ मत खसेको थियो । महेश केसी (रुकुम पश्चिम)
धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले हालसम्मको मतपरिणाम अनुसार ८ हजार ७ सय ६१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई ६ हजार ८ सय ७४ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राई ५ हजार १ सय १ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश भण्डारीले ३ हजार ७सय ५१ मत प्राप्त गरेका छन् ।रमेशचन्द्र अधिकारी/धनकुटा
मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार पाँच सय १३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालालाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । कोइरालाले १२ हजार आठ सय ५० मतमात्र प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका विनोद प्रसाद ढकालले आठ हजार तीन सय १७ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार चार सय पत ल्याए । मोरङ ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी यसअघि नै निर्वाचित भइसकेका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेलाई पराजित गरेका हुन् । ४० हजार आठ सय ३३ मत ल्याएर राजवंशी निर्वाचित हुँदा महामन्त्री घिमिरेले १२ हजार आठ सय १८ मत मात्र ल्याएका छन् । महाप्रसाद खतिवडा/मोरङ
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । उनले एमालेका उम्मेदबार सुमन मल्ललाई पराजित गरेका हुन् । सुनारले २९ हजार ५ सय ५१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मल्लले १९ हजार ६ सय १५ मत ल्याए । त्यस्तै नेपाली काग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटाले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार सापकोटाले १२ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका नारायण कुमार कोइरालाले आठ हजार पाँच सय ७१ मत पाएका छन् । उनीहरूबीच हाल चार हजार ६७ मतान्तर छ । यस्तै, नेकपा एमालेका कुलमणी देवकोटाले ६ हजार आठ सय २७ मत प्राप्त गरेका छन् भने राप्रपाका झकबहादुर मल्लले तीन हजार दुई सय ५६ मत ल्याएका छन् । सुर्खेत–२ मा मतगणना कार्य अझै जारी रहेको छ ।ज्योति कटुवाल/सुर्खेत
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पछि परेका छन् । सुरुवातदेखि पछाडी परेका सुवाल बिहान ६ बजेको मत गणना गर्दासम्म २४ सय ४५ मतले रास्वपाका उम्मेदबार रुकेश रन्जितसँग पछि परेका छन् । रन्जितले २९ हजार २ सय २९ मत पाएका छन् भने सुवालले २६ हजार ७ सय ८३ मत ल्याएका छन् । नेपाली कांग्रेसका सोमप्रसाद मिश्र तेस्रो नम्बरमा छन् । उनले ३ हजार ६१ मत ल्याएका छन् । सुवाल उक्त क्षेत्रबाट लगातार जित हात पार्दै आएका थिए । २०७९ सालको निर्वाचनमा सुवालले ३० हजार मतान्तरले निर्वाचन जितेका थिए ।
प्रतिनिधि सभामा २६ सिटको नतिजा प्राप्त हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हात पारेको छ । रास्वापाले १८ सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हात पारेको छ । नेकपाले २ स्थानमा जित हात पारेको छ । कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापाले १२ हजार ३ सय ७२ मत ल्याएर जित हात पारिन् । मनाङ–१ मा टेकबहादुर गुरुङले २ हजार ४ सय १५ मत ल्याएर जित हात पारेका छन् । मुस्ताङमा योगेश थकालीले ३ हजार ३ सय ७ मत ल्याउँदै जित हात पारेका छन् । त्यस्तै रसुवामा मोहन आचार्यले १० हजार ६ सय ५६ मत ल्याउँदै जित हात पारेका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले जित हात पारेका छन् । सुब्वाले ११ हजार ५ सय ६१ मत ल्याउँदै जित हात पारेका छन् ।
डोल्पामा मतगणनाको क्रममा अर्धकट्टी भेटिएपछि मतगणना रोकिएको छ । जिल्लाको काइके गाउँपालिका वडा नं ४, ५ अन्तर्गत पर्ने मतदान केन्द्रहरुको मतगणनाको क्रममा मतपत्रको अर्धकट्टी भेटिएपछि मतगणना रोकिएको हो । मतगणनाको क्रममा अर्धकट्टी देखिएपछि नेकपा एमालेका प्रतिनिधिहरूले मतगणना स्थलमा विरोध जनाइरहेका छन् । रामचन्द्र न्यौपाने/कान्तिपुर
विघटित संसद्को दोस्रो ठूलो दल एमाले यो प्रतिनिधिसभा निर्वाचनमा कठिन संघर्ष गरिरहेको छ । अहिलेसम्म एक स्थानमा मात्र जित निकाल्न सफल भएको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उसले ७८ सिटसहित दोस्रो स्थानमा थियो । पछिल्लो नतिजा अनुसार निर्वाचनको मुखमा एमालेमा प्रवेश गरेका मोहम्मत इश्तियाक राई बाँके २ बाट निर्वाचित भएका छन् । राईको जितसँगै एमालेले पहिलो खाता खोलेको छ । उनले २४ हजार ६ सय २८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठलाई परााजित गरे । श्रेष्ठले १८ हजार ६ सय ८२ मत ल्याएका छन् । जारी मत गणना अनुसार एमाले १३ स्थानमा अग्रता लिएको छ । उदयपुर २ का अम्बर बहार रायमाझी, धनुषा १ मा रामचन्द्र मण्डल, सिन्धुली १ मा प्रदीप कुमार कटवाल क्षेत्री (केसी), स्याङजा २ मा खिमबहादुर थापा, पाल्पा १ मा नारायणप्रसाद आचार्य, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल, बझाङमा ऐनबहादुर महर, अछाम २ मा यगबहादुर बोगटी, डोटी १ मा दीपक धामी र दार्चुलामा गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन् ।
दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ५७६ रहेको छ । यहाँबाट रास्वपाका नन्दकिशोर बस्नेतले ८१५१ मत पाएका छन् । नेकपाका अम्मरबहादुर थापाले ४२५६ मत पाएका छन् । ज्योति कटुवाल/दैलेख
प्रत्यक्षतर्फ १ सय बढी अग्रता कायम गर्दै १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५६.८३ प्रतिशत मत पाएको छ । ३९ हजार ४ सय ८३ मत गणना हुँदा रास्वपाले २२ हजार ४ सय ४२ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ७ हजार ५ सय ५ मत प्राप्त गरेको छ । यो गणना भएको मतमध्ये १९ प्रतिशत मात्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार १सय ६९ मत पाएको छ । राप्रपापछि नेकपा एमाले छ । एमालेले २ हजार ९ सय ९० मत पाएको छ । एमालेपछि श्रम संस्कृति पार्टीले मत पाएको छ । उसले ९ सय ६० मत पाएको छ । नेकपाले ९ सय ५१ मत पाएको छ ।
धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ३ सय ७० मतान्तरले अग्रता फराकिलो बनाएका छन्।
हालसम्मको मतपरिणाम एमाले उम्मेदवार राईले ८ हजार १ सय ५४ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई ६ हजार ७ सय ८४ मतसहित दोस्रो स्थानमा छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ४ हजार ६ सय ५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश भण्डारीले ३ हजार १ सय ५७ मत प्राप्त गरेका छन्। -रमेशचन्द्र अधिकारी
पर्सा निर्वाचन क्षेत्र नं ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर शाक्यले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार शाक्यले ९ हजार ५ सय ४९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले ३ हजार २ सय १४ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका जयप्रकाश थारुले २ हजार १ सय ६३ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा शाक्यले प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरले अग्रता कायम राखेका छन्। मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।शंकर आचार्य/पर्सा
प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार कोमल ज्ञवाली ४ हजार मततान्तरले अग्रस्थानमा छिन् । उनले १९ हजार ९५४ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जनकराज चौधरीले ७ हजार ४६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ५ हजार ८४२ मत ल्याएका छन् । यस्तै नेकपाका द्वारिका प्रसाद न्यौपानेले ३ हजार ६०६ र स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ हजार ५६५ मत ल्याएका छन् । यस्तै कैलाली क्षेत्र नम्बर २ मा पनि रास्वपाको अग्रता कायमै छ । यो क्षेत्रमा ९ सय मतले केपी खनाल अनि प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनलाई पछाइरहेका नेकपा एमालेका सूर्यबहादुर थापाले १ हजार ८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले १ हजार ४३३ र नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले १ हजार ४२ मत ल्याएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपा खेमराज कोइराला २ हजार ४१७ मततान्तरले अग्रस्थानमा छन् । उनलाई पछाइरहेका नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६ हजार ८०९ मत ल्याउँदा नागरिक उन्मुक्ति नेपालका विक्रम चौधरीले ४ हजार ९६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका भीम बडुवालले ३ हजार ६७० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५४६ मत ल्याएका छन् । कैलाली ४ मा पनि रास्वपाको अग्रता २ हजार ४३५ मतले अगाडि छ । अहिलेसम्मको मतपरिणाम अनुसार रास्वपाका खेमराज कोइरालाले ४ हजार ४३० मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोरख विष्टले १९९५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लेखराज भट्टले १ हजार ६७६ र नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ६७३ मत ल्याएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा पनि रास्वपा फराकिलो मतान्तरले अगाडि छ । रास्वपाका आनन्दबहादुर चन्दका निकटतम प्रतिद्वन्द्वी मानिएका नेपाली कांग्रेसका नरनारायण शाह उनीभन्दा ७ हजार ७१७ मतले पछाडी छन् । चन्द्रले १९ हजार ९४० मत प्राप्त गर्दा शाहले ४२२३ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले २ हजार ५५६, नेकपा एमालेका यज्ञराज ढुङ्गानाले २ हजार ४८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ६२१ मत प्राप्त गरेका छन् । रन्जना बिसी, कैलाली ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता कायमै छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीस्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारीछ । मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५बढी मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।
बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरेका छन् ।
काठमाडौं-४ मा रास्वपाका पुकार बम निर्वाचित भएका छन् । बमले २९ हजार १ सय ४२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८ सय २४ मत प्राप्त गरे भने एमालेका राजन भट्टराईले ५ हजार ७ सय ३३ मत प्राप्त गरेका हुन् ।
काठमाडौं -९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापति एवम् संघीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेकी छन् ।
पर्सा निर्वाचन क्षेत्र नं ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार शाक्यले ५ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले २ हजार १ सय ३९ मत ल्याएका छन् । एमालेका जालिम मियाँ मंसुरीले १ हजार १ सय ३२ मत प्राप्त गरेका छन् । - शंकर आचार्य
झापा-५ मा पछिल्लो मत परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २८१५२ मत प्राप्त गरेका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७३९३ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार ७ सय ५९ हजार मतको फरक छ । यस्तै, कांग्रेसकी मंधरा चिमरियाले ८२४ मत प्राप्त गरेकी छन् भने राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ६६२ मत प्राप्त गरेका छन् ।
विनोद घिमिरे
धनकुटा । धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता लिएका छन् । शनिबार बिहान ४ बजेसम्मको मतपरिणाम अनुसार राईले ७ हजार १ सय ८२ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका हुन् ।
यसअघि श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता लिएका थिए । हाल उनी ६ हजार ५ सय ८४ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ३ हजार ९ सय ८६ मतसहित तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश भण्डारीले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार धर्मराज पौडेलले ६ सय ६४ मत पाएका छन् ।
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनाकुमारी खरेल भन्दा २७ हजार १ सय मतले अगाडि छन् । चितवन-२ मा लामिछानेको ३७ हजार ८१२ मत आइसकेको छ । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मिनाकुमारी खरेलको १० हजार ७१२ मत आएको छ । अब चितवन-२ मा गणना हुन बाँकी मत २४ हजार ९११ मात्रै छ । चितवन-२ मा ६२ हजार ३१० मत गणना भइसकेको छ । बिहीबार भएको मतदानमा चितवन-२ मा ८७ हजार २२१ मत खसेको थियो ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले १० हजार १४२ मतले अग्रता लिएका छन् । धवलागिरि, मालिका, मंगला, बेनी नगरपालिका र रघुगंगाको वडा नं २ सम्मको मतगणना सकिँदा पुनले १६ हजार ३६८ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६ हजार २२६, कांग्रेसका कर्णबहादुर भण्डारीले ४ हजार ५०३ मत पाएका छन् । नेकपाका अर्जुन थापाले ३ हजार १६३ मत मात्रै पाएका छन् ।
उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारसमणि गेलालले सुरुवात देखिनै अग्रता कायम राखेका छन् । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटमा भइरहेको मतगणनाको पछिल्लो विवरण अनुसार गेलालले ४ हजार ८०४ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार राजेश कुमार राईले २ हजार ९८ मत ल्याएर गेलालाई पछ्याइरहेका छन् भने नेकपा (एमाले) का दुर्गाकुमार थापाले २ हजार १२८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विदुर बस्नेतले १ हजार ७३३ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका बलदेव चौधरीले १ हजार ५१७ मत ल्याएर पाँचौं स्थानमा छन् । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश मुकेश उपाध्यायका अनुसार हालसम्म गणना भएको १४ हजार ७९९ मत मध्ये १ हजार ६२ मत बदर भएको छ । मतगणना त्रियुगा मावि, गाईघाटमा भइरहेको छ । -राकेश नेपाली
धरान । सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।
श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गरेका छन् । रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिए । यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ ।
जनकपुर । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा (एमाले)का जुलिकुमारी महतोले नौ हजार ५१० मत प्राप्त गरेका छन् ।
तर्कराज भट्ट
डडेलधुरा । डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशी २ हजार ६२९ मतले अगाडि रहेका छन् । हालसम्म १९ हजार २४४ मत गणना हुँदा रास्वपाका जोशीले ७ हजार २९२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ४ हजार ६६३ मत पाएका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मानसिंह मालले ३ हजार ८४६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेहीले १ हजार ६८१ मत ल्याएका छन् ।
डडेलधुरामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ र मतगणना प्रक्रिया जारी रहेको छ ।
निकटतम प्रतिस्पर्धीभन्दा चार गुणा बढी मत ल्याएर कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा दोस्रो भएका एमाले उम्मेदवार रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ ।
१:१५ बजेसम्म गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा(एमाले)ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ । आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ ।
काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल निर्वाचित भएका छन् । शनिबार बिहान साढे १ बजे सार्वजनिक अन्तिम परिणामअनुसार भारी मतान्तरसहित पोखरेल विजयी भएका हुन् । उनले ३० हजार ७३७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रामचन्द्र न्यौपाने
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई पालिकाको मतगणना सकिएको छ । अहिले १ बजेसम्म जिल्लाको डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाको १२ वटा मतदान केन्द्रका मतगणना सकिएको हो ।
प्राप्त परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले ९२६ मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम राखेका छन् ।
त्यस्तै उनकै दाइ नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २११ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकाया ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिं ऐडीले ६६, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्टले ७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राप्रपाका उम्मेदवार हरिप्रसाद डाँगीले २ मत र स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले १, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले २ मत प्राप्त गरेका छन् ।
अहिले उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिकाभित्रका मतदान केन्द्रको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन् । शुक्रबार मध्यराति सार्वजनिक मत परिणामअनुसार राजवंशी ४० हजार ८३३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे । नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डडेलधुरा । डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशीले अग्रता फराकिलो बनाएका छन् ।
हालसम्म १७ हजार ३६५ मत गणना हुँदा रास्वपाका जोशीले ६ हजार ५९८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ३ हजार ९६३ मत पाएका छन् । जोशी र महरबीच हाल २ हजार ६३५ मतको अन्तर रहेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ३ हजार ६७४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार चक्रप्रसाद स्नेहीले १ हजार ५८९ मत ल्याएका छन्।
रामचन्द्र न्यौपाने
डोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला डोल्पामा मतगणना जारी रहेको छ । डोल्पोबुद्ध गाउँपालिकाका ६ वटै मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको हो ।
प्राप्त विवरण अनुसार हालसम्म उक्त पालिकाका सबै मतदान केन्द्रमा खसेको ७६१ मतको मतगणना हुँदा ७३८ मत सदर र २३ मत बदर भएको जनाइएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धनबहादुर बुढा (तारा) ले ५१७ मत प्राप्त गर्दै सुरुवाती अग्रता बनाएका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकाया (सूर्य) ले ४८ मत, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा (रुख) ले १०९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडी (घण्टी) ले ५९ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले २ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर बिष्टले २ मत र स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले १ मत प्राप्त गरेका छन् ।
बर्दिया क्षेत्र नम्बर २ को मतगणना स्थलमा एक सय सदर मत बदर मतमा पोका पारी लुकाएको भन्दै जनप्रतिनिधिले मतगणना बहिष्कार गरेका छ्न् । कर्मचारीले नियतवश लुकाएको भन्दा मतगणना गरी रहेका एक कर्मचारीले जे गर्न छ गर्नुस् भने पछि मतगणना स्थगित गराइएको नेकपाका उम्मेदवार सुरेश पन्थले बताए । यस सम्बन्धमा निर्वाचन अधिकृत गोविन्द घिमिरेले पोका पार्दा भूलवश मतगणनामा खटिएका कर्मचारी बसन्त मल्लबाट हुन गएको बताए । सीसीक्यामेराको फुटेजको आधारमा छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने जनप्रतिनिधिले बताए । -कमल पन्थी/बर्दिया
आश गुरुङ
लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मत परिणामअन्तर्गत मनाङमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।
कुल ३ हजार १ सय ६३ मत खसको समानुपातिकमा कांग्रेसले १ हजार ३ सय ७७ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ५२ मत ल्याएको छ । नेकपा (एमाले) ले ५ सय ७१ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले २ सय २६ मत ल्याएको छ ।
यस्तै, मंगोल नेश्नल अर्गनाइजेशनले ११, राप्रपाले १०, जनमतले ५, जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीले १/१ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले एउटा मत पनि ल्याएका छैनन् ।
आश गुरुङ
लमजुङ । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसीले कांग्रेस–एमाले उम्मेदवारसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
दूधपोखरी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणनामा अघि देखिएका केसीले गृहपालिकामा झन् मतान्तर बढाएको हो ।
गृहपालिका सुन्दरबजार नगरपालिका वडा नं. १ देखि ४ सम्मकोसमेत गरेर २५ हजार ५८ मतगणना हुँदा केसीले ९ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङले ६ हजार ७ सय २ र एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ६ हजार २ सय २६ मत ल्याएका छन् । नेकपा उम्मेदवार हरिजङ तामाङले १ हजार १२ मत ल्याएका छन् ।
राकेश नेपाली
उदयपुर-२ मा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् । माटो चुनाव चिह्नका राईले १ हजार २५४ मत ल्याउँदा सूर्य चुनाव चिह्नका उम्मेदवार रायमाझीले १ हजार ३६२ मत पुर्याएका हुन् । तेस्रो स्थानमा रास्वपाका सूर्य तामाङले १ हजार १६८ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेशकुमार राईले ७५४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई ७०२ मतसहित पाँचौं स्थानमा छन् । उदयपुर-२ को मतगणना कटारीस्थित त्रिवेणी माबिमा भइरहेको छ । ३ वटा गाउँपालिका र एउटा नगरपालिका रहेको यहाँ अहिले रौतामाइ गाउँपालिकाको मतगणना भइरहेको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए ।
बाजुरामा शुक्रबार बेलुकी ७ बजेबाट सुरु भएको मतगणनामा कांग्रेसका उम्मेदवार जनकराज गिरीले ४९२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई पच्छ्याउँदै एमालेका लालबहादुर थापाले ४७० मत ल्याएका छन् ।
१ हजार १ सय ९५ मत गणना हुँदा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश शाहले १२७ र रास्वपाका हेमराज थापाले ८३ मत ल्याएका छन् ।
डडेलधुरामा जारी मतगणनामा रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले ५ हजार २६८ मतसहित अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ३ हजार १९५ मत पाएका छन्। नेपाल कम्युनिस्ट पार्टीका मानसिंह मालले ३ हजार ५९ र एमालेका चक्रप्रसाद स्नेहीले १ हजार ३३७ मत पाएका छन्।
शंकर आचार्य
पर्सा – पर्सा निर्वाचन क्षेत्र नं २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानुले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार कानुले १२ हजार २ सय ५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले ४ हजार ८ सय ५५ मत ल्याएका छन्। नेकपा एमालेकी रिमा कुमारी यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरेकी छन्। हालसम्मको मतगणनामा कानुले प्रतिस्पर्धीभन्दा स्पष्ट मतान्तरले अग्रता कायम राखेका छन्।
अमृता अनमोल
बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रास्वपा उमेदवारभन्दा २५ हजार ३३९ मतले पछाडि परेका छन् ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलको अग्रता फराकिलो हुँदै गएको छ । अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका खरेलले ३२ हजार १८८ मत ल्याएका छन् । एमालेका पौडेलले जम्मा ६ हजार ८४९ मत पाएका छन् । पाँचौपटक चुनावी मैदान रहेका पौडेल करिब ५० प्रतिशत मत गन्दा यति पछाडि परेका हुन् ।
नेपाली कांग्रेस चुन्नप्रसाद पौडेलको ४ हजार ६९४ मत छ । नेकपाका सुभाष पाण्डे विश्वदीपले ७७९ मत ल्याएका छन् ।
रुपन्देही २ मा ८६ हजार ५१० मत खसेको थियो । अहिलेसम्म ४७ हजार ८७० मतगणना भएको छ ।
रामचन्द्र न्यौपाने
डोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला डोल्पामा मतगणना जारी रहेको छ । अहिले १०:५० बजेसम्मको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त विवरणअनुसार हालसम्म ३७९ मत गणना गरिएको छ । जसमध्ये ३७४ मत सदर र ५ मत बदर भएको जनाइएको छ ।
हालसम्मको मतपरिणाम अनुसार डोल्पोबुद्व गाउँपालिका वडा नं १,२,३ गन्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धनबहादुर बुढा (तारा) ले ३२० मत प्राप्त गर्दै सुरुवाती अग्रता बनाएका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकाया (सूर्य) ले २२ मत, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा (रुख) ले १९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडी (घण्टी) ले १० मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले २ मत प्राप्त गरेका छन् ।
डीबी बुढा
जुम्ला । जुम्लाको सिजा क्षेत्रमा रहेका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाको मतगणना सकिएको छ । तीनै पालिकामा ज्ञानबहादुर शाहीले अग्रता लिए । उनले सिंजा क्षेत्रमा खसेको १३ हजार ३ सय ३९ मत खसेकोमा शाहीले ६ हजार ७ सय ३८ मत प्राप्त गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले २ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । भण्डारी शाहीभन्दा ३ हजार ७ सय ८२ मतले पछि छन् । कांग्रेसका दीपबहादुर शाहीले १८ सय ८४ मत प्राप्त गरेका छन् । हिमा गाउँपालिका कांग्रेसका शाहीको गृहपालिका हो । तर यो पालिकामा पनि ज्ञानबहादुर शाहीले नै अग्रता लिए ।
एमालेका शान्तिलाल महत ९३७, नेमकिपाका बिर्खबहादुर रावतले १७१, रास्वपाकी विनिता कठायतले ९१, प्रलोपाका मनऋषि धितालले ७१, नेकपा माओवादीका बिर्खबहादुर शाहीले ४४, नेपाल जनता पार्टीका रनिल बिक्रम शाहीले १७ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ मत प्राप्त गरेका छन् ।
पर्सा- ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार टेकबहादुर शाक्यले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार शाक्यले ४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १ हजार ४ सय ७२ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका जयप्रकाश थारुले ८ सय ४८ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनामा शाक्यले प्रतिस्पर्धीभन्दा स्पष्ट मतान्तरले अग्रता कायम राखेका छन्। मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
जाजरकोटमा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार तीन पालिकाको मत गन्दा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले ६ हजार दुई सय ५३ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका खड्गबहादुर बुढाले ६ हजार एक सय ६४ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । यस्तै, नेकपाका शक्तिबहादुर बस्नेत चार हजार ६ सय ४६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । रास्वपाले पाँच सय चार मत प्राप्त गरेको छ । -ज्योति कटुवाल
गोरखा–२ को मतगणना स्थलबाट कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिएका छन् । अधिकृतको हस्ताक्षर नभएको एक मत पत्र भेटिएपछि उम्मेदवारसँग छलफल गर्ने भन्दै प्रतिनिधि बाहिरिएका हुन् । मतगणना जारी राख्नका लागि समझदारीको प्रयास भइरहेको निर्वाचन अधिकृत मोहन वेल्वासेले जानकारी दिए । -हरिराम उप्रेती, गोरखा
लक्ष्मी गौतम
पाँचथर । पाँचथरमा श्रम संस्कृति पार्टिका उम्मेदवार हस्तराज शेर्मा (ब्रबिम)ले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ देखि ६ नम्बर वडाको ६ हजार ४सय २२ मत गन्दा उनले २ हजार ६ सय प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङ मिक्सो १ हजार ३ सय ८५ मतसहित दोस्रो स्थानमा छन् ।
यसैगरी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङ १ हजार ५५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ ९ सय ६० मत प्राप्त गर्दै चौथो स्थानमा छन् ।
डोटीमा तीन स्थानीय तहको मतगणना गरिसक्दा एमालेका उम्मेदवार दीपकबहादुर धामीले अग्रता कायम राखेका छन्। पछिल्लो गणना अनुसार धामीले ४ हजार ८ सय ७६ मत प्राप्त गरेका छन्। कांग्रेसका भरतबहादुर खड्काले ३ हजार ९२ सय ८ मत प्राप्त गरेका छन्। रास्वपा नरेन्द्र खड्काले २ हजार ८ सय ४० मत ल्याएका छन्।
पर्सा क्षेत्र नं १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धिप्रसाद पन्तले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतगणनामा पन्तले ८ हजार ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले ४ हजार २ सय ४७ मत ल्याएका छन्। नेपाली कांग्रेसका अनिल कुमार रुगंटाले ३ हजार ५ सय ६५ मत प्राप्त गरेका छन्।
जिल्लामा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले मतान्तर बढाउँदै लगेका छन् । मिक्लाजुङ गाउँपालिकाका १ देखि ५ नम्बर वडाको ६ हजार ४ सय २२ मत गन्दा उनले २ हजार ४ सय ३१ मत प्राप्त गरेका हुन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले १ हजार १ सय ९३ मतसहित दोस्रो स्थानमा छन् । यसअघि उनी चौथो स्थानमा थिए ।
काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका छन् ।
निर्वाचन आयोगकाअनुसार उनले २७ हजार ८ सय ५ मत प्राप्त गरे । पराजुलीको उक्त निर्वाचन क्षेत्रमा दोस्रो पटक जित भएको हो । यसअघि २०७९ निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए ।
उनको प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए । नेपाल कम्युनिष्ट पार्टीका बसन्तप्रसाद मानन्धरले ३ हजार ६ सय ६७ मत प्राप्त गरे । एमालेका प्रकाश श्रेष्ठ ३ हजार ५ सय ४४ मत प्राप्त गरी चौथों भएका छन् ।
हुम्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार दीपेन्द्र राेकायले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा रोकायाले ४ सय ४ मत प्राप्त गरेका छन् ।
८ सय १४ मत गणना हुँदा दोस्रो स्थानमा एमालेका दल फडेरा छन् । फडेराले दुई सय ३३ मत ल्याउँदा कांग्रेसका जयपति रोकायाले १ सय ६६ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार टाँसी ल्हाजोमले ४ मत मात्रै प्राप्त गरेकी छन् ।
- तृप्ति शाही
वीरेन्द्रनगर । सुर्खेत क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको लिएको छ । सुरूवाती चरणमा एमालेले अग्रता लिएको यहाँ अहिले रास्वपाले लिड गरिरहेको छ ।
रास्वपाका रमेशकुमार सापकोटाले ४ हजार ९८४ मत ल्याएर अग्रता लिएका छन् । अहिले उनलाई कांग्रेसका नारायणकुमार कोइरालाले पछ्याइरहेका छन् । उनले ३ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । एमालेका कुलमणि देवकोटाले ३ हजार ६५७ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १ हजार ७३८ मत प्राप्त गरेका छन् ।
महोत्तरी-४ मा मतगणना रोकिएको छ । दलहरूले विभिन्न विषय उठाउँदै गणनास्थलबाट बाहिरिएपछि गणना रोकिएको हो । निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईले केहि दलका प्रतिनिधि उठेर गएकोमा अहिले आफूहरू छलफलमा रहेको बताए । दलका प्रतिनिधिहरूले मतपत्रको साइज फरक भेटिएको, कतै हस्ताक्षर र कतै अन्य समस्या भेटिएकोले गणना बहिष्कार गरेर निस्केको प्रतिक्रिया दिएका छन् ।
हिमाली जिल्ला डोल्पामा मतगणना सुरु भएको छ । जिल्लामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार ९ बजेर ४५ मिनेटबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।बिहीबार सम्पन्न मतदानमा जिल्लामा १६ हजार ४१ मत खसेको थियो । जिल्लामा २४ हजार १ सय १५ मतदाता रहेका थिए। डोल्पो बुद्ध गाउँपालिका १, २ र ३ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ ।
बाँकेको तीनवटा निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाअनुसार दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। बाँके- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरीले अग्रता लिएका छन् । १५ हजार ४९ मत प्राप्त गर्दै उनी तेब्बर मतले अगाडि छन्। यसैगरी एमालेका सूर्य ढकाल ३ हजार ७५८ मत प्राप्त गरेका छन् । कांग्रेसका नारायणप्रसाद गौडेल ५४३४ मत प्राप्त गरेका छन् ।
यसैगरी बाँके- २ मा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले ८ हजार ६२७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कांग्रेसका सुदनसु कोइरालाले ६ हजार ८८१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक श्रेष्ठले ५४७६ मत प्राप्त गरेका छन् । यसैगरी बाँके- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारले ११ हजार ८११ मत प्राप्त गर्दै अग्रता बढाएका छन् । यसैगरी कांग्रेसका अमरसिंह पुनले ४ हजार ७८ मत प्राप्त गरेका छन्।
डोटीमा जारी मतगणनामा एमालेका उम्मेदवार दीपकबहादुर धामीले अग्रता कायम राखेका छन्। पछिल्लो गणना अनुसार धामीले ४ हजार २१ मत प्राप्त गरेका छन्। उनका पछिपछि कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले ३ हजार २ सय ३९ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार नरेन्द्र खड्काले २ हजार ५ सय ६९ मत ल्याएका छन्।
बाजुरामा शुक्रबार साँझदेखि सुरु भएको मतगणनामा कांग्रेसका उम्मेदवार जनकराज गिरीले सुरुआती अग्रता लिएका छन् । गिरीले ४ सय ९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका लालबहादुर थापाले ४ सय ७०, नेकपाका प्रकाशबहादुर शाहले १ सय २७ र रास्वपाका हेमराज थापाले ८३ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर-३ मा मतगणना जारी रहेको छ । हालसम्म ११ हजार ३०६ मत गणना भइसकेको छ, जसमा १० हजार ३४६ सदर मत र ९६० बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदर मतको विवरणअनुसार, रास्वपाका ज्ञानेन्द्र सिंह महताले ४ हजार ७३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका हरिप्रसाद बोहराले २ हजार ३६ मत प्राप्त गरेका छन् । एमालेका दीपक प्रकाश भट्टले २ हजार ९ मत पाएका छन् भने नेकपाका मानबहादुर सुनारले ९५७ मत प्राप्त गरेका छन् ।
राप्रपाका पूर्णबहादुर चन्दले ३९१ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका भिमबहादुर कुमालले ६७ मत, श्रम संस्कृति पार्टीका गंगा दत्त जोशीले ६३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रकाश उपाध्यायले २८ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीकी मिनु गिरीले २० मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका लालबहादुर कुँवरले ११ मत, आम जनता पार्टी (एकल चुनाव चिन्ह) की लक्ष्मी कुमारी विष्ट भट्टले ९ मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कर्णबहादुर चन्दले ८ मत, स्वतन्त्र उम्मेदवार हर्कबहादुर ऐरले ५ मत, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का लोकराज भट्टले ४ मत, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ४ मत, स्वतन्त्र उम्मेदवार वीर सिंह क्षेत्रीले ३ मत र मितेरी पार्टी नेपालकी किरन थापाले ० मत प्राप्त गरेकी छन् ।
कैलाली क्षेत्र नम्बर १ मा पनि रास्वपाको अग्रता कायमै रहेको छ। १९ हजार २९ मत गणना हुँदा रास्वपा उम्मेदवार कोमल ज्ञवालीले ५ हजार १७७ मत प्राप्त गरेकी छन् । कांग्रेसका जनकराज चौधरीले ४ हजार ४६ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका रामलाल डंगौरा थारुले २ हजार ६२८ र एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले १७५७ मत प्राप्त गरेका छन्।
झापा-५ का रास्वपा उम्मेदवार बालेन्द्र शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । हालसम्म २२ हजार ६ सय ९१ मत गणना भएकोमा उनले १५ हजार १ सय ६९ मतसहित अग्रता कायम गरिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३ हजार ३ सय ४४ मत पुर्याएका छन् भने श्रम संस्कृति पार्टीले १ हजार ६ सय ७ मत पुर्याएको छ ।
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानुले फराकिलो अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कानुले ८ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अजयकुमार चौरसियाले ३ हजार ३ सय ४६ मत ल्याएका छन् । एमालेकी रिमा कुमारी यादवले ३ हजार १ सय २८ मत प्राप्त गरेकी छन्।
बाजुरामा शुक्रबार साँझ ७ बजेबाट मतगणना सुरु गरिएको छ । यहाँ ८७ हजार ८६१ मतदाता मध्ये ५१ दशमलव ६६ प्रतिशत अर्थात ४५ हजार ३० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको बाजुरामा ७ राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका छन् ।
कञ्चनपुरमा तिनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता कयमै रहेको छ । मतगणना सुरु भएदेखि नै अगाडि रहेका उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् । कन्चनपुर-१ मा रास्वपाका उम्मेदवार जनकसिंह धामीले ५ हजार ९१ मत ल्याएका छन् भने उनलाई एमालेका तारलामा तामाङले २ हजार ६१ मत ल्याएर पछ्याइरहेका छन् । नेकपाकी उम्मेदवार बीना मगरले २ हजार ३०४ र कांग्रेसका गोपीप्रसाद उपाध्यायले १ हजार ५४६ मत ल्याएका छन् ।
कन्चनपुर-२ मा रास्वपाका दिपक बोहराले ९ हजार ९० मत ल्याएर अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनलाई कांग्रेसका एनपी सावदले २ हजार ९१५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपाका माधव पन्तले १ हजार ९५ मत ल्याएका छन् भने एमालेका बचनबहादुर सिंहले १ हजार ८३२ मत ल्याएका छन् ।
कन्चनपुर-३ मा पनि रास्वपाकै ज्ञानेन्द्र सिंह महता ३ हजार ४२५ मतसहित अगाडि रहेका छन् । उनलाई कांग्रेसका हरि बोहराले १ हजार ४९५ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका दिपक प्रकाश भट्टले १ हजार ४ सय ३३ मत ल्याएका छन् भने नेकपाका मानबहादुर सुनारले ७८६ मत ल्याएका छन् ।
डोटीमा जारी मतगणनामा एमालेका उम्मेदवार दिपकबहादुर धामीले अग्रता कायम राखेका छन्। पछिल्लो गणना अनुसार धामीले २ हजार ७ सय ११ मत प्राप्त गरेका छन्। उनलाई रास्वपाका उम्मेदवार नरेन्द्र खड्काले पछ्याइरहेका छन्। खड्काले हालसम्म १ हजार ७ सय ३७ मत ल्याएका छन्। तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले १ हजार ७ सय २० मत प्राप्त गरेका छन्।
काठमाडौं-७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली जित नजिक पुगेका छन् । ३४ हजार ९ सय ६२ गन्दा पराजुली २३ हजार ३ सय १३ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हाजार ४ सय १६ मत पाएका छन् । कांग्रेका उम्मेदवार प्रमोदहरि गुरागाईले ३ हजार ३ सय ३३ मत र नेकपाका उम्मेदवार वसन्तप्रसाद मानन्धरले २ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।
लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसीले अग्रता कायम राखेका छन् । दूधपोखरी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका र मध्यनेपाल नगरपालिका-१ देखि ५ सम्मको मतगणना सकिँदासम्म केसीले ५ हजार ६७ मत पाएका छन् । दुधपोखरीमा पहिलो बनेका केसी क्व्होलासोथार गाउँपालिकाको मत गणना हुँदा तेस्रो स्थानमा झरेका थिए । मध्यनेपाल आएपछि उनी अघि बढेका हुन् ।
दोस्रो नम्बरमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ छन् । क्व्होलासोथार पुगेपछि पहिलो बनेका उनले ४ हजार २ सय ४४ मत पाएका छन् । कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले ४ हजार ७२ मत पाएका छन् । नेकपाका उम्मेदवार हरिजङ तामाङले ५ सय ७४ मत ल्याएका छन् । लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदान स्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले अग्रता कायमै राखेका छन् । ९ हजार ५ सय ९ मत गन्दा उनले ५ हजार १ सय ६२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले २ हजार १ सय ९७ मत ल्याएका छन् । ज्ञानबहादुर नेकपाका नरेश भन्दा २ हजार ९ सय ६५ मतले अग्रता लिएका हुन् ।
हाल सम्म जिल्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकाको मतगणना भएको हो । सिंजा गाउँपालिका ज्ञानबहादुर शाहीको गृह पालिका हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका दीपबहादुर शाहीले १ हजार १८ मत प्राप्त गरेका छन् । एमालेका शान्तिलाल महतले ५५६,रास्वपाकी विनिता कठायतले ७०, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ६९ मत प्राप्त गरेका छन् ।
नेमकिपाका बिर्खबहादुर रावतले ११७,नेकपा माओवादीका बिर्खबहादुर शाहीले १२,नेपाल जनता पार्टीका रनिलबिक्रम शाहीले ८ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ म प्राप्त गरेका हुन् । जुम्लामा ७१ हजार ८ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ९७ मत खसेको थियो ।
हिमाली जिल्ला डोल्पामा शुक्रबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार राति ९ बजेबाट मतगणना सुरु गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। बिहीवार सम्पन्न मतदानमा जिल्लामा १६ हजार ४१ मत खसेको थियाे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जाजरकोट जिल्लाको १ निर्वाचन क्षेत्रमा ७:२० बजेसम्मको प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार खडकबहादुर बुढाले ३ हजार ९५० प्राप्त गरी अग्रता लिएका छन् ।
सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेकपा एमालेका उम्मेदवार डम्वरबहादुर सिंहले ३ हजार २९० मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले २ हजार ७ सय ४१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् भने रास्वपा उम्मेदवार राघव कार्कीले ३८१ मत पाएका छन् । शिवालय गाउँपालिका र जुनिचाँले गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । अझै तीन नगरपालिका र दुई गाउँपालिकाको मत गणना बाँकी छ । जाजरकोटमा कुल १ लाख ६ हजार ९२ मतदाता रहेकामध्य ६० हजार ५६७ मत खसेको थियो ।-ज्योति कटुवाल
पर्सा निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसियाले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार चौरसियाले ३ हजार ४ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले १ हजार ६ सय ५० मत ल्याएका छन्। नेकपा एमालेका रुपेश कुमार पाण्डेयले १ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। – शंकर आचार्य
मोरङ-६ मा उम्मेद्वार रहेका कांग्रेस नेता शेखर कोइराला निकै मतान्तरले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यले निकै पछि पारेकी छन् । आचार्यले १८ हजार २ सय ८१ मत प्राप्त गर्दा कोइरालाले जम्मा ४ हजार २ सय २१ मत मात्र ल्याएका छन् । कोइराला आचार्यभन्दा १४ हजार ६० मतले पछि छन् ।
तेस्रो स्थानमा एमालेका विनोदप्रसाद ढकाल छन् । उनले ३ हजार १ सय ६३ मत प्राप्त गरेका छन् । कोइराला २०७९ को निर्वाचनमा ३५ हजार २ सय १३ मत ल्याएर विजयी भएका थिए । उनले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए । पण्डितले भने २२ हजार ९ सय २९ मत ल्याएका थिए ।
झापा-५ मा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले झण्डै पाँच गुना बढी मतसहित अग्रता कायम राखेका छन् । २० हजार ४ सय ४४ मत गणना हुँदा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन् भने बालेन्द्र शाहले १३ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उम्मेदवार मंधरा चिमरियाले ४०३, नेकपाका उम्मेदवार रन्जित तामाङले ३७० मत प्राप्त गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले १५ सय १७ मत प्राप्त गरेका छन् ।
काभ्रेका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ मतगणना जारी छ । हालसम्म निर्वाचन क्षेत्र नम्बर २ को धुलिखेल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७, पनौती नगरपालिकाको वडा नम्बर १, २, ३, ११ र १२ मा मतगणना सम्पन्न भएको छ ।
२ पालिकाको मतगणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले अग्रता फराकिलो बनाउदै लगेका छन् । उनले अहिले एमालेका उम्मेदवार अशोककुमार व्याञ्जूलाई ५ हजार ७ सय ६ मतले पछि पारेका छन् । भण्डारीले ९ हजार ८ सय ५५ मत प्राप्त गर्दा व्याञ्जूले ४ हजार १ सय ४९ मत ल्याएका छन् । यस्तै, कांग्रेसका मधुप्रसाद आचार्यले २ हजार ८ सय ९ तथा नेकपाका बसुन्धरा हुमागाईंले १ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत अहिले पाँचखाल नगरपालिका-१ देखि ४ सम्मको मतगणना चलिरहेको छ ।
राप्रपा उम्मेदवार ज्ञानबहादुर शाहीलाई आफ्नै गाउँमा भारी मत प्राप्त भएको छ । सिंजा गाउँपालिका–३ पिंगी गाउँबाट १ हजार ५६२ मत गणना गर्दा उम्मेदवार शाहीलाई ९९१ मत प्राप्त भएको हाे । ७ हजार ९८३ मत गणना गर्दा उनको कुल मत ४ हजार ३६७ पुगेको छ । शाही २ हजार ५३० मतले अगाडि छन् ।
नेकपाका उम्मेदवार नरेश भण्डारी १ हजार ८३७ मत ल्याउँदै दोस्रो स्थानमा छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ९२९ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले ४२० मत, विनिता कठायतले ५८ मत प्राप्त गरेकी छन् । साथै, २५६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मादलको ६५, आँखाको ६८, गुलाफ फुल १२, कमल फुलको ६ मत प्राप्त भएको छ ।
बाराका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले भारी मतान्तरले अग्रता कायम राखेका छन् । मतगणनाको सुरूवातीदेखि नै उनीहरूको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले ११ हजार ४४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शम्भुबहादुर बुढाथोकीले २ हजार ७ सय ३२ मत पाएका छन् भने एमालेका अच्युत मैनालीले ३ हजार १ सय १५ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका चन्दनकुमार सिंहले २ हजार ३ सय ६४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका बलबीर चौधरीले ९ सय १४ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले ८ सय ५० मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साहले १८ हजार १ सय ३९ मतको भारी मतान्तरले अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका फरमुल्लाह मन्सुरले ४ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले १० हजार ९ सय १८ मतले अघि छन् । उनका निकटम एमालेका किसान श्रेष्ठले २ हजार ४ सय १६ मत पाएका छन् ।
मतपेटिका हेलिकोप्टरबाट ढुवानी सकिएपछि दार्चुलामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले आजै बेलुकी ७ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत भुवन गिरिका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा भएको बैठकले मतगणना प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने सहमति गरेको हो । हिजो सम्पन्न मतदानमा दार्चुलामा ५३.७६ प्रतिशत मत खसेको थियो । यहाँ ४९ हजार ९६८ मत खसेको थियो । जिल्लाभरका मतपेटिका संकलन सम्पन्न भइसकेको र मतगणनास्थलमा राखिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनले मतान्तर बढाएर अग्रता लिइरहैका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुन कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीभन्दा १ हजार १ सय ४ मतले अघि छन् । अहिलेसम्म गणना गरिएको ४ हजार १ सय २० मतमध्ये पुनले १ हजार ७ सय ४९ मत ल्याएका हुन् । मत गणनास्थलमा रहेका पुनले पूर्वअनुमान अनुसारको मत आएको प्रतिक्रिया दिए ।
कांग्रेसका डा. वलीले ६ सय ४५ मत ल्याए भने एमालेका गोकुलप्रसाद घर्तीले ५ सय ७६ मत ल्याएका छन् । पछिल्लोपटक गणना गरिएको रुन्टीगढीका वडा नं. ३ र ७ को मत गणना गरिएको छ। पहिलो चरणमा थबाङको मत गनिएको थियो ।
सिरहाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन् । चारै क्षेत्रमा मतगणना जारी रहँदा सुरुदेखि नै रास्वपाका उम्मेदवारहरू अग्रस्थान मै छन् । पछिल्लो मत परिणामअनुसार, सिरहा-१ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले १५ सय ९९ मत प्राप्त गर्दा कांग्रेसका रामसुन्दर चौधरीले ३५६ र एमालेका रामाशंकर यादवले १५८ मत पाएका छन् ।
सिरहा-२ मा रास्वपाका उम्मेदवार शिव यादवले ३ हजार ९ सय ५१ मत प्राप्त गर्दा कांग्रेसका रामचन्द्र यादवले १ हजार ११२ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । यहाँ जनता समाजवादी पार्टी, नेपालका संजीवकुमार यादवले ६९७ मत पाउँदा नेकपाका मुक्तिनारायण सिंहले १६२ मत पाएका छन् । सिरहा-३ मा रास्वपाका उम्मेदवार शम्भुकुमार यादवले हालसम्म १ हजार १७७ मत पाएका छन् । यस्तै, नेकपाका विश्वनाथ साहले ८३३, एमालेका लिलानाथ श्रेष्ठले ७७८, जसपाका असेश्वर यादवले ६८६ र कांग्रेसका सुभाषचन्द्र यादवले ४३६ मत प्राप्त गरेका छन् ।
सिरहा-४ मा पनि रास्वपाकै तपेश्वर यादवले ४ हजार ३५५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । यहाँ नेकपाका अजयशंकर नायक १ हजार १४० मत पाउँदा जनमत पार्टीका वीरन्द्रप्रसाद महतोले ८८९ मत प्राप्त गरी तेश्रो स्थानमा छन् । यसैगरी, कांग्रेसकी चन्द्रकलाकुमारी यादवले ७१०, एमालेका धर्मनाथ साहले ५०८ मत र जसपाका राजकिशोर यादवले ५४१ मत प्राप्त गरेका छन् ।
झापा-५ मा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ५ गुना बढी मतसहित अग्रता कायम राखेका छन् । १५ हजार ७ सय ४० मत गणना हुँदा ओलीले २२ सय ५ मत प्राप्त गरेका छन् भने बालेन्द्रले १० हजार ४ सय ६६ मत प्राप्त गरेका छन् । यस्त कांग्रेस उम्मेदवार मंधरा चिमरियाले २९७, नेकपाका उम्मेदवार रन्जित तामाङले २२२ मत प्रापत गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले १३ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जारी प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । एमालेकी अस्मिता थापाको ७६० आएको छ भने रास्वपाका विश्वनाथ पोखरेलले ५८८ मत ल्याएका छन् । कांग्रेसका कुमार लुइँटेलले ४९२, नेककपाका अम्बिरबाबु गुरुङले १३३ मत ल्याएका छन् । - भानुभक्त निरौला
खराब माैसमका कारण पाेखरामा अवतरण भएकाे सेनाकाे हेलिकप्टर गाेरखाका लागि उडेकाे छ । शुक्रबार दिउँसो उत्तरी गाेरखाकाे चुमनुब्री-१ काे दुई वटा मतदान केन्द्रकाे मतपेटिका बोकेकाे हेलिकप्टर पाेखरा अवतरण भएकाे थियाे । केहीबेरघि पाेखराबाट उडेको हेलिकप्टर गाेरखामा अवतरण भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डिएसपी राजकुार श्रेष्ठले बताए । गोरखाका २३ मध्ये उत्तरी क्षेत्रका ९ केन्द्रकाे मतपेटिका मात्र ढुवानी भएकाे छ । अझै १४ केन्द्रकाे मतपेटिका ल्याउन बाँकी छ ।–हरिराम उप्रेती/गाेरखा
नेकपाका उम्मेदवार वर्षमान पुनले रोल्पामा अग्रता कायमै राखेका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा पुनले नेकपा माओवादी उम्मेदवार चुडामणि वलीभन्दा ९ सय १२ मत अन्तरले अगाडि छन् । अहिलेसम्म ३ हजार २४२ मत गणना हुँदा पुनले १ हजार ४७६ पाउनु भएको छ । उनलाई पछ्याइरहेका नेकपा माओवादीका उम्मेदवार चुडामणि वलीले ५ सय ६४ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार गोकुलप्रसाद घर्तीले ४३०, कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीले ४०८, रास्वपाका उम्मेदवार बालराम थापाले १५४ मत पाएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार कुमार घर्तीमगरले ४२, राष्ट्रिय जनमोर्चाका उम्मेदवार मेखबहादुर विष्ट २५, नेशनल रिपब्लिक नेपालका उम्मेदवार मनबहादुर घर्तीमगर १८, राप्रपाका उम्मेदवार अमरबहादुर थापाले १२ र आम जनता पार्टीका उम्मेदवार दिलबहादुर कामीले ९ मत प्राप्त गरेका छन् । अहिलेसम्म १ सय ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बैतडीमा १०२५ मतगणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले अग्रता लिएका छन् । उनले ३६८ मत प्राप्त गरेका छन् । कांग्रेसका चतुरबहादुर चन्दले २५८, एमालेका दामोदार भण्डारीले १८७, नेकपाका परमानन्द भट्टले ११४, राप्रपाका भुपेन चन्दले १० मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २, श्रम संस्कृत पार्टी गजेन्द्रराज पाण्डेयले १, नेकपा (माओवादी) का रामबहादुर कुँवरले ९, स्वतन्त्रका जयप्रकाश पन्तले १ मत प्राप्त गरेका छन् । अहिलेसम्म ७५ मत बदर भएका छन् । - मोहन चन्द
विवादका कारण रोपकएको रौतहट क्षेत्रनम्बर २ को मतगणना शुक्रबार दिउँसोबाट सुरू भएको छ ।
बिहीबार सम्पन्न मतदानमा धाँधली भएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले विवाद निकालेपछि मतगणना रोकिएको थियो । शुक्रबार स्थानीय प्रशासनले सहमतिमा ल्याउने प्रयास गरे पनि सकेका थिएन । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उम्मेदवार साहबाहेकका उम्मेदवार बसेर सर्वदलीय सहमतिबाट मतगणना सुरू गरेको बताए । -शिव पुरी/रौतहट
भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले ४ सय ६७ मत पाएका छन् । उनलाई एमालेका शेरधन राईले पछ्याइरहेका छन् । शेरधनको ४६० मत पाएका छन् । कांग्रेसका बालकृष्ण थापा ३ सय ७० मतसहित तेस्रो र रास्वपाका रमेश थापा २ सय ७१ मतसहित चौथो स्थानमा छन् ।
काभ्रे-१ अन्तर्गत महाभारत गाउँपालिकाका केही वडाको जारी मतगणनामा नेकपा उम्मेदवार दिनानाथ गौतमले सुरुवाती अग्रता लिएका छन्। महाभारत गाउँपालिका-१, ३, ५, ६ र ७ को मतपरिणाम आउँदा गौतमले प्रतिस्पर्धी उम्मेदवारभन्दा उल्लेख्य मतान्तरले अग्रता कायम गरेका हुन्। उनले २१५८ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेस १२३० मतसहित दोस्रो स्थानमा छ । एमालेले ६०५, रास्वपाले १६९ मत पाएका छन् । महाभारत गाउँपालिकाका अन्य वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ जित नजिक पुगेका छन् । २ हजार १९ मत गणाना हुँदा गुरुङले १७ सय ११ मत पाएका छन् भने नेकपाका उम्मेदवार यशोदा गुरुङ सुवेदीले २६९ र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले ६ मत प्राप्त गरेका छन् । मनाङमा हालसम्म २ हजार १९ मत गणना हुँदा ३१ मत बदर भएको छ ।
बाजुरामा शुक्रबार साँझ ७ बजेदेखि मतगणना सुरु हुने भएको छ। मतदान केन्द्रबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्न ढिलाई भएपछि गणना सुरु हुन नसकेको हो। हिमाली गाउँपालिका र अन्य विकट केन्द्रहरुको मतपेटिका बिहीबार र शुक्रबार बिहान हेलिकोप्टरबाट ढुवानी गर्दा ढिलाई भएको हो ।
प्यूठानको प्रारम्भिक मतगणनामा कांग्रेसका डाक्टर गोविन्दराज पोख्रेलले अग्रता बनाएका छन् । ७७१९ मत गणना हुँदा पोख्रेलले २९३३ मत ल्याएका छन् । उनलाई रास्वपाका उमेदवार सुशान्त बैदिकले २२४७ मत ल्याएर पछाइरहेका छन् । नेकपाका कृष्णध्वज खडकाको ५६१, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीको ६९८, एमालेका सूर्यबहादुर थापाले ८१४ मत प्राप्त गरेका छन्।
मौसम खराबीका कारण उत्तरी गोरखाबाट मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरा अवतरण भएको छ । चुमनुव्री–१ स्थित साम्दो र गौरीशंकर आधारभूत विद्यालयको मतपेटिका बोकेको हेलिकप्टर पोखरा अवतरण भएको हो । उत्तरी गोरखाको २३ मध्ये ७ वटा मतदान केन्द्रको मतपेटिका भने गोरखा ल्याइसकिएको छ । अझै उत्तरी क्षेत्रको १४ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी छ । मौसम खराबीका कारण ती मतदान केन्द्रबाट मतपेटिका ढुवानी प्रभावित बनेको छ ।-हरिराम उप्रेती/गोरखा
मकवानपुर-२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता लिएका छन् । मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३५१० मत गणना हुँदा उप्रेतीले कांग्रेसका बुद्ध लामालाई करिब एक हजार मतले पछि पारेका हुन् । उप्रेतीले १६३० मत प्राप्त गर्दा लामाले ६१४ मत प्राप्त गरेका छन् । एमालेका महेश बर्तौलाले ५०९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले २७२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै सुरुवाती अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडाको ३४४८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८४७ मत प्राप्त गरेका छन् ।
यस्तै कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ६५४ तथा एमालेका रामेश्वर रानाले २८५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गरेका छन् । यो कांग्रेस उम्मेदवार डिनाको वडा हो ।-सुवास बिडारी/मकवानपुर
मकवानपुर-१ मा पनि रास्वपाले सुरुवाती अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडाको ३४४८ मत गन्दा रास्वपाका प्रकाश गौतमले १८४७ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ६५४ तथा नेकपा एमालेका रामेश्वर रानाले २८५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गरेका छन् । यो कांग्रेस उम्मेदवार डिनाको वडा हो ।
कोशी प्रदेशका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीले अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार पाँचथरमा ब्रबिम शेर्मा र धनकुटामा सानबहादुर राईले अग्रता लिएका छन् । शेर्माले ३ सय ३ मत पाउँदा धनकुटामा राईले १ हजार ५ सय ९० मत पाएका छन् । शेर्मालाई कांग्रेसका नरेन्द्रकुमार केरुङले र धनकुटाका राईलाई एमालेका राजेन्द्र राईले पछ्याइरहेका छन् । यता पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रभाव क्षेत्र मानिने सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता कायमै छ । उनी दोस्रो छन् ।
उदयपुर–१ म रास्वपाले अग्रता कायम राखेको छ भने उदयपुर–२ को प्रारम्भिम मत परिणाममा श्रम संस्कृती पार्टी अग्रतामा देखिएको छ । एमाले, कांग्रेस र नेकपाले भने उनीहरूलाई पछ्याउादै गरेको अवस्था छ । उदयपुर–१ म ७ हजार १६७ मत गणना हुादा २ जार ३०४ मतका साथ रास्वपा अग्रस्थानमा छ । रास्वपाले यहाा सुरुदेखि नै अग्रता कायम राखेको छ । दोस्रो स्थानमा श्रम संस्कृति पार्टी रहेको छ । १ हजार १७३ मतका साथ दोस्रो स्थानमा रहेको श्रम संस्कृतीले मतगणना बढ्दै जाादा एमाले, कांग्रेस र नेकपालाई पछाडि पारेको हो ।
उदयपुर–२ मा सार्वजनिक प्रारम्भिक मत परिणामअनुसार २९६ मतसहित श्रम संस्कृती पार्टी अग्रस्थानमा छ । दोस्रो स्थानमा १९३ मतका साथ नेकपा रहेको छ ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू हुने भएकाे छ । वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएकाे थियाे ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मतगणनाका सम्बन्धमा सर्वदलीय बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियाे।
बर्दियाका दुवै निर्वाचन क्षेत्रमा जारी मतगणनामा रास्वपा उम्मेदवारको अग्रता रहेको छ । पछिल्लो मतगणनामा बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुले १ हजार १ सय २४ मत प्राप्त गरेका छन् । नेकपाका विष्णु चौधरीले ३ सय ८२, एमालेका शालिकराम अधिकारीले २ सय ७ र कांग्रेसका संजय गौतमले १ सय ७६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना दिउँसो १ बजेबाट सुरु भएको हो ।
बर्दिया–२ मा रास्वपा पनि श्रीधर पोखरेल अग्रस्थानमा रहेका छन् । उनले ३ हजार ९४ मत प्राप्त गरेका छन् । कांग्रेसका किशोरसिंह राठौरले २ हजार ७ सय ३१, नेकपाका सुरेश पन्थले १ हजार ७ सय ८९ र एमालेकी विमला विकले ९ सय ८० मत प्राप्त गरेकी छिन् । यहाँ मतगणना बिहान ५ बजेदेखि सुरु भएको हो ।
धनकुटाको पछिल्लो मतपरिणाम अनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको छ । श्रमसंस्कृतिका उम्मेदवार सानबहादुर राईले १५ सय ९० मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४० मतसहित पछ्याइरहेका छन् । यसैगरी, कांग्रेसका उम्मेदवार दिनेश राईले ७३४ मत प्राप्त गरेका छन् । रास्वपाका दिनेश राईले १४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँ–१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । तनहुँ–१ अन्तर्गत देवघाट र आँबुखैरेनी गाउँपालिकाको मतमगणना हुँदा वाग्लेको अग्रता रहेको छ । २ पालिकाको १४ हजार १५० मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले ७ हजार ६१५ मत प्राप्त गरेका छन् । यसैगरी कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले २ हजार ५९६ मत र नेकपा (एमाले)का उम्मेदवार भगवती न्यौपानेले एक हजार ५०२ मत प्राप्त गरेकी छन् ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार सुलभ खरेलले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । रूपन्देही-२ मा अहिलेसम्म गणना भएको २७ हजार ६२३ मतमा खरेलले १८ हजार ५३९ मत पाएका छन् । एमालेका विष्णु पौडेल भन्दा खरेल १४ हजार ५४३ मतान्तरसहित अग्रस्थानमा छन् । एमालेका पौडेलले ३ हजार ९९६ मत प्राप्त गरेका छन् । कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २ हजार ४५० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेले ४९८ मत प्राप्त गरेका छन् ।
पश्चिम नवलपरासीको दुई वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छ्न् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बिक्रम खनालले १५ सय र नेपाली कांग्रेसका विनाेद चाैधरीको ४ सय १ मत प्राप्त गरेका छ्न् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका नरेन्द्र गुप्ताले २७९० र कांग्रेसका भीमबहादुर थापाले १०१६ मत प्राप्त गरेका छन् ।
पाँचथरमा श्रम संस्कृति पार्टीका ब्राबिम शेर्माले प्रारम्भिक अग्रता लिएका छन् । मिक्लाजुङ गाउँपालिका-१ खान्द्रोङ केन्द्रमा खसेको ९ सय ८० मत गन्दा ३०३ मत प्राप्त गर्दै शेर्माले प्रारम्भिक अग्रता लिएका हुन् । कांग्रेसका नरेन्द्रकुमार केरुङले १ सय ८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । यसैगरी, एमालेका अइन्द्रसुन्दर नेम्वाङले १ सय ७५ मत ल्याएर तेस्रो स्थान बनाँउदा नेकपाका हर्कबहादुर नेम्वाङले १ सय ४१ मत प्राप्त गरेर चौथो स्थानमा छन । जिल्लामा ७१ हजार १ सय ७० मत खसेको थियो ।
मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ १४ सय २७ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार यशोदा गुरुङले २५४ मत पाएकी छन् भने मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले ६ मत प्राप्त गरेका छन् । मनाङमा हालसम्म १७ सय १३ मत गणना भएको छ । यसमध्ये २४ मत बदर भएको छ ।
मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ १२ सय ५६ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार यशोदा गुरुङले २३७ मत पाएकी छन् भने मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले ६ मत प्राप्त गरेका छन् । मनाङमा हालसम्म १५ सय २५ मत गणना भएको छ । यसमध्ये २२ मत बदर भएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीले अग्रता लिएका छन् । मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३५१० मत गणना हुँदा उप्रेतीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्ध लामालाई करिब हजार मतले पछि पारेका हुन् ।
उप्रेतीले १६३० मत प्राप्त गर्दा लामाले ६१४ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार तथा पूर्व सांसद महेश बर्तौलाले ५०९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले २७२ मत प्राप्त गरेका छन् । मनहरी उप्रेतीको गृहपालिका हो । स्थानीय तहको निर्वाचनमा मनहरीको ८ र ९ दुवै वडा कांग्रेसले जितेको थियो । –सुवास बिडारी/मकवानपुर
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा मतगणना ढिलो गरी सुरु भएको छ । मतगणना स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले स्थान विस्तार गर्न माग गरेपछि दिउँसो २:५० देखि मतगणना सुरु गरिएको हो ।
यसअघि मन्थलीस्थित मालपोत कार्यालयमा मतगणना स्थल तयार गरिएको थियो । शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय बैठकले बिहान साढे ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको भए पनि स्थान व्यवस्थापनका कारण करिब साढे ३ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने समयमा स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले ठाउँ बढाउन माग गरेका थिए। त्यसपछि व्यवस्थापन मिलाइएपछि मतगणना प्रक्रिया अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हाल सुनापती गाउँपालिका–४ बेथानमा खसेको १ हजार ४५१ मतको गणना सुरु गरिएको छ । यस निर्वाचनमा रामेछाप जिल्लामा कुल ४८ दशमलव २६ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका १ लाख ८७ हजार ९५२ मतदातामध्ये ९० हजार ७१० जनाले मतदान गरेका छन् ।
प्यूठानको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसका डा. गोविन्दराज पोख्रेलले अग्रता बनाएका छन् । पोख्रेलले १९८४ मतसहित अग्रता बनाएका हुन् । उनलाई रास्वपाका उमेदवार सुशान्त वैदिकले १४०५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपाका कृष्णध्वज खड्काले ३६३, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसीले ४३९, नेकपा एमालेका सूर्यबहादुर थापाले ३६३ मत प्राप्त गरेका छन् ।
रोल्पामा जारी मतगणनामा नेकपाका उम्मेदवार वर्षमान पुनले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतगणना अनुसार पुनले २६५ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (माओवादी)का उम्मेदवार चुडामणि वलीले पछ्याइरहेका छन्। वलीले २५९ मत पाएका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद घर्तीले २० मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्ती मगरले १५ मत पाएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा र कांग्रेसका सुदनकुमार वलीले ७/७ मत प्राप्त गरेका छन्।
पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा रास्वपाका उम्मेदवार सागर भुषालले अग्रता कायमै राखेका छन् ।
फलेवास नगरपालिका अन्र्तगतका तीनै वडामा भुषालको अग्रता रहेको छ । ४–मुडिकुवा, ७–लिमिठाना, २–थापाठाना, १–कार्किनेटा र ९– भंगराको मत गणना गरिसक्दा भुषालले २२ सय ८३ मत ल्याएका छन् ।
त्यसैगरी उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १३ सय ३, एमालेका पदम गिरीले १२ सय ८० र नेकपाका मनहरि तिमिल्सिनाले २ सय ६८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार अन्य वडाको मतगणना जारी रहेको छ ।-सुमनजंग थापा/पर्वत
मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ भारी मतसहित अग्रस्थानमा रहेका छन् । १ हजार १ सय ४७ मतगणना हुँदा ९ सय १४ मत प्राप्त गरेका छन् ।
मनाङमा एमालेले कांग्रेसलाई सघाएको थियो । नेकपाकी यशोदा गुरुङ (सुवेदी) ले २ सय १० मत प्राप्त गरेकी छन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ५ मत प्राप्त गरेका छन् । १८ मत बदर भएको छ ।
कुल ७ हजार मतदाता रहेको मनाङमा २ हजार ८ सय ९२ मत अर्थात ४१ दशमलव ३१ प्रतिशत मत खसेको थियो । यसमा पुरुष १ हजार ५ सय १७ र महिलाका १ हजार ३ सय ७५ मत खसेको थियो ।-आश गुरुङ/लमजुङ
डोटीमा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, सिलगढीमा भइरहेको मतगणनामा हालसम्म ३ सय ४५ मत गणना गरिएको छ। प्रारम्भिक परिणामअनुसार एमाले उम्मेदवार दीपक धामी ९३ मतसहित अग्रस्थानमा रहेका छन्। कांग्रेसका भरत खड्काले ६८ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवारले ४८ मत ल्याएका छन्। यस्तै नेकपाका त्रिलोचन भट्टले ४३ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाले २ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी) का उम्मेदवारले १ मत पाएका छन्। - माेहन पनेरू
पर्सा-३ मा प्रारम्भिक मतपरिणामअनुसार रास्वपा उम्मेदवार रामाकान्तप्रसाद चौरसिया अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतपरिणामअनुसार चौरसियाले १ हजार ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७ सय ७८ मत पाएका छन्। एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले २ सय ४० मत प्राप्त गरेका छन्। -शंकर आचार्य/पर्सा
पर्सा-४ मा जारी मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार रास्वपा उम्मेदवार टेकबहादुर शाक्य अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतपरिणामअनुसार शाक्यले ५ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जालिम मिया मंसुरीले २ सय ३३ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार रमेश रिजालले १ सय ७४ मत पाएका छन्। -शंकर आचार्य/पर्सा
तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले मतान्तर बढाएका छन् । उनले ४ हजार १ सय ७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ३ हजार ७ सय ८० मत प्राप्तगरि एमालेका उम्मेदवार ढकाललाई पछ्याईरहेका छन् । एमाले उम्मेदवार ढकाल सुब्बा भन्दा ३ सय २७ मत अन्तरले अगाडि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४ सय ७ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्वुले १ हजार ७ सय ९७ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २ सय ७७ मत प्राप्त गरेका छन् ।
३९ हजार २ सय ९७ खसेको मत मध्ये हाल सम्म १४ हजार १ सय ७३ मत गणना सम्पन्न भैसकेको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए। चन्द्र कार्की/तेह्रथुम
कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म ६ हजार २५७ मत गणना भएकोमा रास्वपा उम्मेदवार कोमल ज्ञवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा छिन्।
उनलाई पछ्याउँदै कांग्रेसका जनकराज चौधरी १ हजार ४३४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा चुनाव चिह्नसहित स्वतन्त्र उम्मेदवारी दिएका फागुराम चौधरी रहेका छन्। उनले ११८१ मत प्राप्त गरेका छन्। ।
एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले ४९५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामलाल डंगौरा थारुले ४४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले १५९ र उज्यालो नेपाल पार्टीका प्रदीप कुमार चौधरीले २४७ मत प्राप्त गरेका छन्। -रञ्जना बिसी,कैलाली
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणना परिणाम सार्वजनिक भएको छ। पहिलो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले अग्रता लिएका छन्।
पन्त १ हजार ७७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। एमालेका उम्मेदवार प्रदीप यादवले ६ सय ४३ मत पाएका छन्।
त्यस्तै कांग्रेसका अनिल रुंगटाले ३ सय ३० मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अजय चौरसियाले १९, राप्रपाका नन्दकिशोर प्रसाद श्रीवास्तवले १५ र जनमत पार्टीका ओमप्रकाश सर्राफले ७ मत प्राप्त गरेका छन्।
ठाकुरराम क्याम्पस वीरगन्जमा जारी मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । हालसम्म १ हजार ५ सय ७२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले सबैभन्दा बढी ६ सय ४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यस्तै काँग्रेसका भिम वड्वालले २ सय १५ मत पाएका । यो क्षेत्रमा रास्वपाका जगत जोशीले २ सय ७५ मत ल्याएका छन् । नेकपा एमालेलेका गौरी शंकर चौधरीले १ सय ३ मत पाएका छन् । चकियाले २ सय ५२ मत प्राप्त गरेको छ । त्यसैगरी ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख ९ हजार १२२ छ भने खसेको मत ६० हजार २९४ रहेको छ ।रञ्जना बिसी/कैलाली
धनकुटामा प्रारम्भिक परिणामअनुसार एमालेले अग्रता लिएको छ। एमालेका राजेन्द्रकुमार राईको ५१४ मत रहेको छ भने श्रम संस्कृति पार्टीका सानबहादुर राई ५१० मतसहित पछ्याइरहेका छन् । कांग्रेसका दिनेश राईकाे १८८ मत रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। - रमेशचन्द्र अधिकारी
स्याङ्जा-१ मा रास्वपाका धनञ्जय रेग्मी ७ हजार ४ सय ९९ मतसहित अगाडि छन् । कांग्रेसका भरतराज ढकाल ५ हजार ७ सय २३ मतसहित दाेस्राे र ४ हजार ३ सय ४१ मतसहित एमाले मीनप्रसाद गुरूङ तेस्राे स्थानमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ । नेकपाका शैलेन्द्र घिमिरे ८६१ मत ल्याएर चाैथाे स्थानमा रहेका छन् । अहिले वालिङ नगरपालिकाकाे ३ र ४ नम्बर वडाकाे मतगणना हुँदै छ । - प्रतीक्षा काफ्ले
पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुषालले अग्रता लिएका छन् ।
फलेवास नगरपालिकाका ४ नम्बर वडा मुडिकुवा र ७ नम्बर वडा लिमिठानाको मतगणनाको नतिजा अनुसार भुषालले ७ सय १६ मतले अग्रता बनाएका हुन् । मुडिकुवाबाट भुषालले ४ सय ४५ र लिमिठानाबाट २ सय ७१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले ४ सय २६, नेकपा एमालेका पदम गिरीले ४ सय ५३ र नेकपाका मनहरि तिमिल्सिनाले १ सय २० मत प्राप्त गरेका छन् । सुमनजंग थापा/पर्वत
सुर्खेत क्षेत्र नम्बर–१ मा कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायमै छ । ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।
यस्तै खड्कालाई अहिले एमालेका ध्रुवकुमार शाहीले पछ्याइरहेका छन् । उनले ११८६ मत प्राप्त गरेका छन् । त्यसपछि रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टिका जीतबहादुर रानाले २०४ पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् । -तृप्ति शाही/ वीरेन्द्रनगर
लमजुङमा जारी मतगणनामा कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका छन् । उनी ७७९ मतसहित पहिलो छन् भने रास्वपाका धर्मराज केसी ७३८ मतसहित दोस्रो स्थानमा छन् । यहाँ एमालेका पृथ्वीसुब्बा गुरुङले ४१२ मत ल्याएका छन् । नेकपाका हरिजङ तामाङले ७४ मत पाएका छन् । - आश गुरुङ
डडेलधुरामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हालसम्म २ हजार ६ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी अग्रस्थानमा देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएका २ हजार ६ सय मतमध्ये २ हजार ४५३ मत सदर भएका छन् भने १४७ मत बदर भएका छन् । सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीले १ हजार ५२ मत प्राप्त गर्दै अग्रता लिएका छन् । नेपाली कांग्रेसका नैनसिंह महरले ५०८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५३० मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले १८ मत पाएका छन् । अन्य उम्मेदवारतर्फ जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्टले १२ मत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विकले ४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार तीर्थराज उप्रेतीले ४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरले २ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरले १ मत प्राप्त गरेका छन् । डडेलधुरा जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ र मतगणना जारी रहेको छ ।तर्कराज भट्ट/डडेलधुरा
हुम्लामा अझै मतगणना सुरु हुन सकेको छैन । सबै मतपेटिका सदरमुकाम पुर्याएर १ बजे हुने भनिए पनि सर्वदलीय बैठकमा उम्मेदवार आइनपुगेकाले ३ बजेका लागि सरेको छ । एक मात्र निर्वाचन रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत ६५.३६ प्रतिशत मत खसेको छ।हुम्लामा जम्मा ३४ हजार ३ सय ७२ मतदाता छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो पार्दै गएको छ । अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याएका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३ हजार १३३ मत पाएका छन् भने नेपाली कांग्रेसका चुन्नु पौडेलको १ हजार ७७९ मत छ । नेकपाका विश्वदिप पाण्डेले ४०५ मत ल्याएका छन् । यो क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो ।अमृता अनमोल/ बुटवल
डोटीमा मतगणना सुरु गरिएको हो। जिल्लाका १८१ वटै मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच सिलगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको थियो। डोटीमा कुल १ लाख ८१ हजार ७ सय ३९ मतदाता रहेका छन्। जिल्लाभरका १८१ मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। निर्वाचन अधिकृतका अनुसार मतगणनालाई व्यवस्थित, पारदर्शी र छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको छ। बाेगटान फुड्सिल गाउँपालिका १,२,३ र ४ वडाका मतपेटीका बाट मत गणना सुरू गरिएकाे हो। - माेहन पनेरू
बाजुरामा एउटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । हिमाली गाउँपालिका-१ कोट मतदान केन्द्रको मतपेटिका ढुवानी गर्न बाँकी रहेको बाजुराका निर्वाचन अधिकारी भीम शाहीले बताए । हिमाली गाउँपालिकाका अन्य विकट केन्द्रहरूको मतपेटिका बिहीबार र शुक्रबार बिहान ढुवानी गरिएको भए पनि एउटा बाँकी रहेको बताए । उनले २ बजेसम्म ढुवानी गरेर ३ बजेतिर सर्वदलीय बैठक गर्ने तयारी रहेको बताए । -अर्जुन शाह
प्यूठानको प्रारम्भिक मत परिणामअनुसार रास्वपाका सुशान्त वैदिकले अग्रता बनाएका छन् । रास्वपाका वैदिकले ५०५ मतसहित अग्रता बनाएका छन् । उनलाई कांग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलले ४६६ मत ल्याएका छन् । नेकपाका कृष्णध्वज खडकाको १०८, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीको १३४, एमालेका सूर्यबहादुर थापाको ६९,नेकपा संयुक्तका नवीन कक्षपतिको १, नेसनल रिपब्लिक नेपालका तारा सिंह थापामगरको ३, श्रम संस्कृति पार्टीका गोविन्द गिरीको ३ मत प्राप्त भएको छ । कुल १३३८ मत गणना गर्दा ४९ मत बदर भएको छ । -शम्सेरबिक्रम जिसी/प्यूठान
सुनसरी– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक चौधरीले अग्रता लिएका छन्।
एक हजार मत गणना हुँदा चौधरीले ५५३ मत ल्याएर अग्रता लिएका छन्।
नेकपा एमालेकी भगवती चौधरीले २०५ मत ल्याउँदा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १७४ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका दुर्गेश चौधरीको २९ मत छ ।
काठमाडौंको क्षेत्र नम्बर १ मा जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अन्य अधिकांश क्षेत्रमा पनि अग्रस्थानमा देखिएका छन्।
मतगणना चलिरहेकोमा ९ वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू बलियो अवस्थामा देखिएको आयोगको पछिल्लो तथ्याकमा देखिएको छ। क्षेत्र नम्बर १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना)ले जित हासिल गरिसकेकी छन् । निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर २ मा सुनिल केसी, क्षेत्र नम्बर ३ मा राजुनाथ पाण्डे, क्षेत्र नम्बर ४ मा पुकार बम र क्षेत्र नम्बर ५ मा सस्मित पोखरेल अग्रस्थानमा रहेका छन्।
यस्तै क्षेत्र नम्बर ६ मा शिशिर खनाल, क्षेत्र नम्बर ७ मा गणेश पराजुली, क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नम्बर १० मा प्रदीप विष्टले पनि अग्रता कायम राखेका छन्।
काठमाडौंको मतगणना जारी रहँदा मतपरिणामअनुसार रास्वपा उम्मेदवारहरू धेरै क्षेत्रमा जित नजिक पुगेको देखिन्छ ।
सप्तरी–४ मा मतगणना सुरु भएको छ । सवाँ ११ बजेबाट त्यहाँ मतगणना सुरु भइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । उनका अनुसार १ र २ मा पनि मतगणना सुरु गरिने तयारी पूरा भइसकेको छ ।
क्षेत्र नं.३ मा भने सवा १२ बजेपछि मतगणना सुरु गरिने निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । -विद्यानन्द राम/राजविराज
रोल्पामा आज दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको छ। मतगणनाको तयारीबारे छलफल गर्न बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिए ।
बिहीबार फर्जी मत रोक्न खोज्दा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले नेकपा (एमाले) का कार्यकर्तामाथि कुटपिट गरेका थिए। कुटपिटमा संलग्न नेकपा कार्यकर्तालाई प्रहरीले मुद्दा नचलाई छोडेको भन्दै अन्य राजनीतिक दलले विरोध गरेपछि मतगणना सुरु हुन सकेको थिएन।
कुटपिटमा संलग्नहरुको जाहेरी दर्ता गरी कारबाही प्रक्रिया अघि बढाने तथा घाइतेहरूको उपचार गर्ने सहमति भएपछि मतगणना सुरु गर्न लागिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन्। जसमध्ये ४६.३९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। -मीनराज रोका/रोल्पा
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । अहिलेसम्म २ हजार ९६० मत गणना गर्दा रास्वपा उम्मेदवार कोमल ज्ञवालीले ८६२ मत, जनकराज चौधरीले ७१७ मत, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले २०७ मत, नेकपा (एमाले)का द्वारिकाप्रसाद न्यौपानेले १८९, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १२२ मत पाएका छन् । यो क्षेत्रमा १ लाख ८ हजार ४९१ मतदाता छन् भने ५९ हजार ६३ मत खसेको छ । रञ्जना बिसी, कैलाली ।
लमजुङमा मतगणना सुरु भएको छ । शुक्रबार बिहान ११ः४५ बजेबाट मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर भित्रपट्टि एउटा ठाउँबाट मतगणना सुरू गरिएको छ । सुरक्षाका लागि मतगणनास्थलमा २ वटा सीसी क्यामरा जडान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले व्यवस्थित सुरक्षा व्यवस्था मिलाएर मतदान सुरू गरिएको बताए । लमजुङमा सुरुवाती समय दूधपोखरी गाउँपालिका ४, नमार्खुस्थित जागृति आमा समूह भवन केन्द्रबाट मतगणना सुरु गरिएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदान स्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो । महिला ५५ दशमव ८९ प्रतिशत र पुरुष ५३ दशमलव ५९ प्रतिशत मत खसेको छ । कुल मतदाताको ५४ दशमलव ७६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । -आश गुरुङ/लमजुङ
हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् ।
गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए।
गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।
कैलाली २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार बिजय स्वाँरले १४६ मत सहित अग्रता लिएका छन् । दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाले ६३ मत ल्याएका छन् । तेस्रोमा रास्वपाका केपी खनालले ४० मत, नेकपाले ५५ र नाउपाले १ मत ल्याएको छ । यो क्षत्रमा १ लाख ७ हजार ७ सय ५७ मतदाता छन् भने ५६ हजार ७ सय ७० मत खसेको छ । रञ्जना बिसी, कैलाली
नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ–६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् । उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।
तेह्रथुमको पछिल्लो मतगणनाअनुसार कांग्रेस उम्मेदवार सन्तोष सुब्बाले ९१ मत अन्तरले अग्रता लिएका छन् । सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ४ सय ४१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ४७ मत प्राप्त गरेका छन् । -चन्द्र कार्की/तेह्रथुम
राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशका आठ क्षेत्रमा अग्रता लिएको छ।
रुपन्देही–२ सुलभ खरेल, बाँके– १ सुरेशकुमार चौधरी ,दाङ– १ मा देवराज पाठक, रुपन्देही– ३ लेखजंग थापा ,बाँके– ३ मा खगेन्द्र सुनार, रुपन्देही– ५ मा तोफिक अहमद खान, पाल्पा– १ मा विमल पन्त र बर्दिया– २ मा श्रीधर पोखरेलले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम रहेको छ ।
रास्वपाको उम्मेदवार गणेश पौडेलले दुई हजार सात सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सेना ९८२, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई ८८४ मत प्राप्त गरेका छन्।
त्यस्तै आम जनता पार्टीका ऋषि धमला १०, एमालेका रामजी साह १२८ र जासपाका राजकुमार दासले ११ मत पाएका छन्। -राजेश्वर पाण्डेय/रौतहट
तनहुँ–१ मा रास्वपाका स्वर्णिमको अग्रता
तनहुँ–२ मा पनि मतगणना सुरु भएको छ । शुक्रबार ११ बजेबाट शुक्लागण्डकी नगरपालिकाको हल, दुलेगौंडामा मतगणना सुरु भएको हो । तनहुँ–१ को मतगणना भने राति १ बजेबाट भएको हो ।
यस क्षेत्रको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा भइरहेको छ । ६ हजार ५६६ मत गनेकोमा २ हजार ९२८ मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वार्णिम वाग्लेले प्राप्त गरेका छन् । यसैगरी एक हजार ६५७ मत नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एक हजार १०१ मत नेकपा (एमाले)का उम्मेदवार भगवती न्यौपानेले प्राप्त गरेकी छन् ।
तनहुँमा ५१.७४ प्रतिशत मत खसेको थियो । महिला ७१ हजार ३ सय ६९ र पुरुष ६० हजार २ सय ५१ मत गरी १ लाख ३१ हजार ६ सय २० मत खसेको हो । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३० हजार ९०६ महिला र १ लाख २३ हजार ४९१ पुरुष गरी दुई लाख ३० हजार ९०६ जना मतदाता रहेका छन् । -सम्झना रसाइली/तनहुँ
कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दको अग्रता कायमै रहेको छ । शुरुवाती चरणमा एक हजार मतगणनामा गर्दा चन्दले झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन् ।
एक हजार मतगणना हुँदा रास्वपाका चन्दले ४९०, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, कांग्रेसका नरनारायण शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् । रञ्जना बीसी
चितवन-२ मा १२ हजार १९६ मत गणना हुँदा रास्वपा सभापति रहेका रवि लामिछानेको ५ हजार ४७५ मत आएको छ । एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार २५१ मत ल्याएका छन् । कांग्रेसका मीनाकुमारी खरेलको २ हजार ५३ र नेकपाका प्रताप गुरूङको १ हजार ५३१ मत आएको छ । चितवन-२ मा ८७ हजार २२१ मत खसेको थियो । -रमेशकुमार पौडेल/चितवन
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर–२ मा मतगणना जारी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहरा ४ हजार २६८ मतसहित अग्रस्थानमा रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश (एनपी) साउदले १ हजार ५२५ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले ८३७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ४२७ मत प्राप्त गरेका छन् । -हरिश्चन्द्र बाग
प्रतिनिधि शभा सदस्य निर्वाचनका लागी प्युठानमा मतगण्ना सुरु भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको शभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
ऐरावती गाउँपालिकाबाट मतगणना सुरु भएको हो । कुल १ लाख ६५ हनजार ४०६ मतदाता रहेको प्युठानमा ८४ हजार ६ सय ३६ मत खसेका थियो ।
५१.१६ प्रतिशत मत खसेको प्युठानमा महिला ५१ हजार २४२, पुरुष ३३,३९३ र अन्य १ जनाले मतदानमा सशभागी भएका थिए । प्युठानमा बिभिन्न १४ राजनीतिक दलबाट १४ जना उमेदवार चुनावी मैदानमा छन् ।शम्सेरबिक्रम जिसी
तेह्रथुमको पछिल्लो मतगणना परिणामअनुसार एमाले उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् । ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ५ सय ३९, रास्वपाका सुरेन्द्र कार्कीले २ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ३ सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ३२ मत प्राप्त गरेका छन् । - चन्द्र कार्की
सिन्धुपाल्चोक-२ मा मतगणना सुरु भएको छ । हेलम्बु-७, मेलम्ची नगरपालिका -१३ र पाँचपाेखरी थाङपाल-८ काे लागर्चेकाे मतगणना भइरहेको छ । सिन्धुपाल्चोक-१ को मतगणना भने भोटेकोशी गाउँपालिकाबाट सुरु गरिने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकमा ५५ दशमलव ६९ प्रतिशत मतदान भएको थियोे । हिजो दिनभर चलेको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासनले जनाएको छ। जिल्लामा कांग्रेस, एमाले, नेकपा, रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र गरी दुवै क्षेत्रमा ३६ उम्मेदवार छन् । सिन्धुपाल्चोक–२ मा कांग्रेसका वंशलाल तामाङ, नेकपाका युवराज दुलाल ,एमालेका शेरबहादुर तामाङ र रास्वपाका झलककुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । - अनिश तिवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा–१ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार विमल पन्तले अग्रता लिएका छन् ।
शुक्रबार बिहान ४ बजेदेखि भएको मतगणना अनुसार पाल्पा–१ अन्तर्गतको ३७ वडामध्ये दुई वटाको मतगणना सकिएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ५ र तानसेन नगरपालिका ८ को दुई हजार ५१९ मत गणना गर्दा पन्तले १ हजार ३०६ प्राप्त गरेका छन् ।
नेकपा एमालेका नारायणप्रसाद आचार्यले ५ सय ५४, नेपाली कांग्रेसका सन्दीप रानाले ३२२, नेपाली कम्युनिष्ट पार्टीका हुम बहादुर सुनारी मगरले १७० र मंगोल नेशनल अर्गनाईजेशनका सलन चिदीले ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।
यो क्षेत्रमा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । -माधव अर्याल
सुर्खेत क्षेत्र नम्बर- १ मा मतगणना सुरू भएको छ । केही समयअघिबाट मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको क्षेत्र नम्बर-१ मा ७० हजार १६७ मत खसेकोमा क्षेत्र नम्बर- २ मा ७३ हजार २५६ मत खसेको थियो । सुर्खेत-१ मा १ लाख २२ हजार ९ सय २ मतदाता थिए भने २ मा १ लाख २७ हजार ६६८ मतदाता थिए । सुर्खेत-२ मा पनि मतगणना जारी छ। तृप्ति शाही(वीरेन्द्रनगर)
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी १ हजार ७७ मतसहित अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले १ हजार २९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बीना मगरले ५८३ मत प्राप्त गरेकी छन् ।यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ४२५ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
माइकल तामाङ (उज्यालो नेपाल पार्टी)- २०३
दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी)- ४७
रुपा देवी बिष्ट (स्वतन्त्र)- ३६
सिता वि.क. (आम जनता पार्टी)- ९
कृष्ण बहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी)- ८
यादव सिंह (स्वतन्त्र)- ८
पुरन राना थारु (नेपाल कम्युनिस्ट पार्टी - माओवादी)- ८
राजा राम डगौरा चौधरी (राष्ट्रिय जनमोर्चा)- ५
देपेन्द्र बहादुर शाही (प्रगतिशील लोकतान्त्रिक पार्टी)- ५
दानियल वि.क. (संयुक्त नागरिक पार्टी)- ४
अनिल राना (स्वतन्त्र)- ४
हुम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन)- ३
कटक बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) - २
अन्य उम्मेदवारहरूले हालसम्म मत प्राप्त गरेका छैनन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।हरिश्चन्द्र बाग, कञ्चनपुर
काभ्रे-२ मा मतगणना सुरु गरिएको छ । धुलिखेल नगरपालिका वडा नं १, २ र ३ को एकसाथ गणना थालिएको हो । धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा एकसाथ तीन ठाउँमा मतगणना भइरहेको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रे क्षेत्र नं १ मा भने मध्याह्न १२ बजेबाट मतगणना सुरु गर्ने गरी तयारी अघि बढाइएको छ । काभ्रेमा कुल ६०.४२ प्रतिशत मत खसेको थियो । क्षेत्र नं १ मा १ लाख ६१ हजार १ सय मतदातामध्ये ५६.५७ प्रतिशत अर्थात ९१ हजार १ सय २८ जनाले मतदान गरेका छन् । यस्तै क्षेत्र नं २ मा १ लाख ६५ हजार ६ सय ११ मतदातामध्ये ६४.१७ प्रतिशत अर्थात १ लाख ६ हजार २ सय १३ जनाले मतदान गरेका छन् । - ज्योती श्रेष्ठ
कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दको अग्रता कायमै रहेको छ । सुरुवाती चरणमा १ हजार मत गणना गर्दा चन्दले झन्डै दोब्बर मतले अग्रता कायम गरेका छन् । १ हजार मत गणना हुँदा रास्वपाका चन्दले ४९०, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, कांग्रेसका नरनारायन शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् । कैलाली–५ जिल्लाकै सबै चर्चित निर्वाचन क्षत्र हो । जहाँ १ लाख १० हजार ५ सय ३९ मतदाता छन् । यो क्षेत्रबाट ५९ प्रतिशत अर्थात ६६ हजार १ सय ९१ मत खसेको छ । रञ्जना बिसी, कैलाली ।
जुम्लामा सुरुवाती मतपरिणाममा नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानबहादुर शाहीबीच एक सय बढीको भोटले मतान्तर रहेको छ । कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ मा १ हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका भण्डारीले ४३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत ल्याउँदा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ९ र नेमकिपाका बिर्खबहादुर रावतले ३ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा १ हजार २ सय ४५ मत गणना भएको थियो । प्रारम्भीक मतपरिणाम हेर्दा नेकपा र राप्रपा बीचमै प्रतिस्पर्धा हुने देखिएको छ ।डीबी बुढा/जुम्ला
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी बासना थापाले सुरुवाती अग्रता लिएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार १ हजार ६३० मत गणना गर्दा थापाले ६ सय ४ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।
यस्तै, नेकपा एमालेका रविन्द्रराज शर्माले पाँच सय ४९, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले तीन सय ३२ र नेपाली कम्युनिष्ट पार्टीका अमरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन् ।ज्योति कटुवाल/दैलेख
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले अन्तिम नतिजा नआएसम्म रमाउने वा निराश हुन नहुने भन्दै ‘अल इज वेल’ भनेका छन् ।
श्रम संस्कृति पार्टीले एक स्थानमा अग्रता लिइरहेको बेला उनले फेसबुक पेजबाट सबै राम्रो भइहरेकमो बताएका हुन् । ‘अन्तिम नतिजा प्रकाशन नभइञ्जेल कसैले रमाइहाल्ने या निरास भइहाल्ने गर्नुहुँदैन । अल इज वेल,’ उनले लेखेका छन्।
स्याङ्जा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।
विवादका कारण हिजो केही समय मतदान रोकिएको थियो। पछि मतदान केन्द्रमै सर्वपक्षीय सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको थियो।
तर यही विषयलाई लिएर अहिले मतगणना प्रक्रिया प्रभावित बनेको छ। विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबीच छलफल भइरहेको छ। -प्रतीक्षा काफ्ले
प्रतिनिधि आउन ढिला गरेपछि रोकिएको रौतहटको क्षेत्र नम्बर १ को मतगणना अहिले सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले रौतहट १ अन्तर्गत गरुडा नगरपालिकाको १ नम्बर वडा र गढीमाइ नगरपालिकाको ६ र ७ नम्बर वडाको मत पेटीका खोलिएको जनाएको छ ।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको नेता माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा छन्।-शिव पुरी
प्रतिनिधिसभा सदस्यको लागि बागलुङमा भएको निर्वाचनको मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकबाट मतगणनाको कार्य अगाडि बढाउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत सितादेवी शर्मा अधिकारीले जानकारी दिइन् । क्षेत्र नं.१ र २ को मतगणना प्रक्रिया सुरु गर्ने सहमति दलहरुबीच भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । फरकफरक वडाको मतपत्र एकै स्थानमा मिलाएर मतगणना गरिने अधिकारीले बताइन् ।
सल्यानमा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा एक मात्र निर्वाचन रहेको सल्यानमा ५१ प्रतिशत मत खसेको थियो । २ सय ८ मतदान केन्द्र रहेको सल्यानमा १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् ।
आश गुरुङ
लमजुङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाबाट मतपेटिका ढुवानी गरिएको छ । नार्पाभूमि गाउँपालिकाको नार गाउँबाट ३ वटा मतदान केन्द्रको मतपेटिका र फु गाउँबाट २ वटा मतदान केन्द्रको मतपेटिका शुक्रबार बिहान ढुवानी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार एउटै हेलिकोप्टरमार्फत नार र फुका मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । अहिले मतपेटिकालाई मतगणनास्थल कृषि तथा पशु विकास कार्यालय, पशु सेवा शाखा (साविकको भेटेरिनरी अस्पताल) मा लगिएको पौड्यालले बताए । अन्य सबै मतपेटिका बिहीबार राति साढे ८ बजेसम्म मतगणना स्थलमा ल्याइसकिएको छ ।
नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रहरू दुई दिन लाग्ने पैदल बाटोमा पर्ने भएकाले हेलिकोप्टरमार्फत मतपेटिका ल्याइएको उनले बताए ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले सबै मतपेटिका प्राप्त भइसकेको र अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए । बैठकपछि मतगणना सुरु हुने उनले बताए।
कुल ७ हजार मतदाता रहेको मनाङमा २ हजार ८ सय ९२ मत खसेको छ। यसमा महिला १ हजार ३ सय ७५ र पुरुष १ हजार ५ सय १७ मत खसेका छन् । यो कुल मतको ४१ दशमलव ३१ प्रतिशत हो ।
मनाङमा एउटा अस्थायी सहित २९ मतदानस्थलमा २९ मतदान केन्द्र रहेका थिए। चार वटा गाउँपालिका रहेको मनाङमा २८ वटै वडामा वडैपिच्छे मतदान केन्द्र तोकिएका थिए ।
रौतहटको तीन वटा निर्वाचन क्षेत्रको अहिले सम्म मतगणना हुन सकेको छैन । क्षेत्र नम्बर १ मा प्रतिनिधि आउन ढिलो गरेकाले मतगणना हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र २ मा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार किरन साहले धाधली भयो भनेर विवाद निकाले पछि मतगणना ढिलो भएको हो । क्षेत्र न ३ मा सर्बदलीय बैठक सकिएको छ । अब केही बेर पछि मतगणना सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता देखिएको छ । ४ सय मत गन्दा ज्ञानबहादुर शाहीले १८२ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले १२९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४ र नेमकिपाका बिर्खबहादुर रावतले २ मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । डीबी बुढा/जुम्ला
प्रतिनिधिसभा सदस्य निर्वाचनको दाङ क्षेत्र नं. २ र ३ को पनि मतगणना शुरु भएको छ । सर्वदलीय बैठकपछि भर्खरै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।
क्षेत्र नं. १ को विहानैदेखि शुरु भएको थियो । प्रारम्भिक निर्वाचन परिणाम अनुसार दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । दाङमा ५८.३३ प्रतिशत मत खसेको छ ।
४ लाख ३१ हजार ६ सय ८६ मतदाता रहेकोमा २ लाख ५१ हजार ८ सय १९ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्विकार्य रहेको बताएका छन् । विभिन्न जिल्लामा मतगणना सुरु भएसँगै शर्माले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत भनेका हुन् ।
भानुभक्त निरौला
सोलुखुम्बु । सोलुखुम्बुको हिमाली क्षेत्रका खुम्बुका मतदान केन्द्रहरुबाट हेलिकोप्टरमार्फत मतपेटिकाहरु ढुवानी गर्ने काम सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरले खुम्बु क्षेत्रबाट सदरमुकाम सल्लेरी ल्याउन थालेको प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डले जानकारी दिइन् ।
३–४ उडानमा सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने तयारी गरिएको छ । मध्याह्न १२ बजेसम्म सबै मतपेटिकाहरु सल्लेरी आइसक्ने मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोख्रेलले जानकारी दिए । अहिले जिल्लाको ५ वटा पालिकाको मतपेटिका सदरमुकाम आइसकेको छ भने खुम्बु, सोताङ र महाकुलुङ गाउँपालिकाको आउनेक्रम जारी छ । कुल १३९ मतदान केन्द्रमा ४१ हजार ४ सय ८१ मतदाताले भोट खसालेका थिए । ८५ हजार ५ सय १५ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभा निर्वाचनमा ४८ प्रतिशत मत खसेको हो ।
भानुभक्त निरौला
सोलुखुम्बु ।ओखलढुंगा जिल्लाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइसकिएको छ । ५९ हजार ७९ मत खसेकोमा बिहानसम्म सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए । जम्मा मतदाता १ लाख २२ हजार ७ सय १५ रहेको जिल्लामा ४८ प्रतिशत मत खसेको हो ।
मतगणनाका लागि बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकिएको छ । सर्वदलीय बैठकपछि गणनाको समय तय हुने छ ।
भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालाई पछि पारेका छन् । रन्जितले ६ हजार ८८४ र सुवालले २ हजार १३३ मत पाएर पछ्याइरहेका छन् । यो क्षेत्रमा नेमकिपाले २०४८ देखि जित्दै आएको छ । त्यस्तै भक्तपुर २ मा रास्वपाका राजीव खत्रीले एमाले सचिव महेश बस्नेतलाई दोब्बर मतले पछि पारेका छन् । खत्रीले ३ हजार ६० र बस्नेतले १ हजार ५७३ मत पाएका छन् । कांग्रेसका कविर राणाले १६८ म पाएका छन् । मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
भवानी भट्ट
कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुरका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं. १ मा रास्वपाका जनकसिंह धामी ७९३ मतसहित अगाडि छन् । उक्त क्षेत्रमा एमालेका तारा लामा तामाङले ३९८, कांग्रेका गोपीप्रसाद उपाध्यायले ३७१ र नेकपाकी बिना मगरले ३६६ मत ल्याएकी छिन् ।
क्षेत्र नं. २ मा रास्वपाका दिपक बोहराले २ हजार ४२७ मत प्राप्त गर्दा कांग्रेसका एनपी साउदले ९३६, एमालेका बचनबहादुर सिंहले ६२५ र नेकपाका माधवप्रसाद पन्तले २२८ मत ल्याएका छन् ।
यसैगरी क्षेत्र नं. ३ मा रास्वपाकै ज्ञानेन्द्रसिंह महताले ५६७ मत ल्याएका छन् भने कांग्रेसका हरि बोहराले २२३ र एमालेका डा. दिपक प्रकाश भट्टले १३२ तथा नेकपाका मानबहादुर सुनारले ७९ मत ल्याएका छन् ।
सल्यानमा मतगणनाका लागि शुक्रबार बिहान ९ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु हुने मुख्य निर्वाचनको कार्यालय सल्यानले जनाएको छ ।
बैठकमा मतगणना लगायतका विभिन्न विषयमा छलफल भएको मुख्य निर्वाचन अधिकृत प्रलादकुमार योगीले जानकारी गराएका छन् । उनका अनुसार बिहीबार मतदान सम्पन्न भएपछि जिल्लाको दुर्गम मतदान केन्द्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि रातिमा समस्या हुने भन्दै शुक्रबारदेखि मतगणना गर्ने निर्णय भएको थियो ।
सल्यानमा बिहीबार भएको मतदानमा ५१ प्रतिशत मत खसेको थियो । सल्यानमा कुल मतदाता १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन पश्चात् बसेको सर्वदलीय बैठकपछि आज बिहानदेखि मतगणना सुरु गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । ज्योति कटुवाल/दैलेख
झापा २ मा प्रतिनिधिसभाका पूर्वउपसभामुख इन्दिरा राना मगरले अग्रता लिएकी छन् । उनले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पारेकी छन् ।
रानाले २ हजार ९ सय ६५ र घिमिरेले ११ सय ४७ मत पाएका छन् । कांग्रेसकी सरिता प्रसाईंले ११ सय २५ मतसहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ। मतगणनाअघि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसिरहेको छ। बैठकबाट मतगणनाको प्रक्रिया सम्बन्धी सहमति जुटाइएको छ। यसअघि मतपत्रहरूलाई विभिन्न वडाबाट मिसाएर गणना गर्ने प्रस्ताव रहेको भए पनि बैठकले भने वडा–वडाका मत छुट्टाछुट्टै गणना गर्ने निर्णय गरेको छ।
सन्तोष महतारा
गुल्मी । गुल्मीमा मतगणना बिहान १० बजेदेखि हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा बसेको थियो । १० बजेदेखि मतगणना हुने जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।
गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा ६४ हजार ७८७ मत खसेको थियो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उक्त मत खसेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यस क्षेत्रमा जम्मा ५३.०२३ प्रतिशत मत खसेको जानकारी दिए । जसमा मत खसालेका महिला मतदाता ३६ हजार २८ जना र पुरुष मतदाता २८ हजार ७ सय ५९ जना रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २२ हजार १८६ जना रहेका थिए । जसमध्ये महिला मतदाता ६२ हजार २ सय ७२ जना र पुरुष मतदाता ५९ हजार ९ सय १४ जना रहेका थिए ।
यस क्षेत्रमा ८३ मतदान स्थलका १ सय ५५ मतदान केन्द्रमा मतदान भएको थियो । यस क्षेत्रमा मत खसाल्ने महिला ५७.८५ प्रतिशत छन् भने पुरुष ४८ प्रतिशत छन् ।
गुल्मीको क्षेत्र नम्बर २ जम्मा ५३ हजार ११४ मत खसेको छ । प्रतिनिधिसभा सदस्यका लागि उक्त मत खसेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु गर्ने तयारीका लागि धनकुटामा सर्वदलीय बैठक सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा सर्वदलीय बैठक सुरु गरिएको हो। बैठकमा मतगणना प्रक्रिया, गणनास्थलको व्यवस्थापन, सुरक्षाको अवस्था तथा मतगणनासम्बन्धी अन्य प्राविधिक विषयमा छलफल भैरहेको छ। बैठक सम्पन्न भएपछि मतगणना सुरु गरिने जनाइएको छ। धनकुटाका २ अस्थायीसहित १ सय ६८ मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका गणनास्थलमा ल्याइसकिएको छ। विनोद घिमिरे/धनकुटा
दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । ३९१० मतगणना हुँदा रास्वपाका उम्मेदवार देवराज पाठकले २३८१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एमालेका उम्मेदवार रेवतीरमण शर्माले ३४०, नेकपाका मेटमणि चौधरीले २३९ मत प्राप्त गरेका छन् । दाङका अन्य २ र ३ निर्वाचन क्षेत्रमा अहिले सर्वदलीय बैठक बसिरहेको छ भने १० बजेदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् ।
जुम्लामा मतगणना सुरू भएको छ । साढे ८ बजेदेखि मतगणना सुरू भएको हाे । बिहान ७ बजेदेखि मतगणना सुरू गर्ने सर्वदलीय निर्णय भएपनि डेढ घण्टा ढिलाे भएको हाे । जुम्लामा ४० हजार ८ सय ९७ मत खसेको छ । ११० मतदान केन्द्रमा मतदान थियाे । कनकासुन्दरी गाउँपालिका देखि मतगणना सुरू भएको हाे ।डीबी बुढा/जुम्ला
कञ्चनपुर, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृत तारा प्रसाद जोशीका अनुसार हालसम्म करिब ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले ३८७ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले १५६ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ८५ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३६१ मत खसेको छ । जसमा ३२ हजार ७३० महिला र २५ हजार ६३१ पुरुष रहनु भएको छ । यस क्षेत्रमा ५६.६२ प्रतिशत मतदान भएको छ । १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । हरिश्चन्द्र बाग
रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालले अग्रता लिएका छन्।
सुरुवाती गणनामा उनले एक हजार ४१५ मत ल्याएका छन्। नेकपा एमालेका लिलामणि गौतमले ४३१ ल्याएर उनलाई पछ्याइ रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छिन्।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा १७६ मत ल्याएर चौथो स्थानमा रहेका छन्।
नेपाली कम्युनिस्ट पार्टीले दुई क्षेत्रमा अग्रता लिएको छ । नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा अग्रता लिएका छन् । अहिलेसम्म उनले १४१५ मत पाएका छन् ।
दाहाल यसपटक रुकुम पूर्वमा उम्मेदवार भएका थिए । यसअघि उनी गोरखा २ बाट उम्मेदवार भई विजयी भएका थिए ।
एमालेका लीलामणि गौतमले उनलाई पछ्याइरहेका छन् । उनले ४३१ मत पाएका छन् । त्यस्तै कांग्रेसकी कुसम देवी थापाले ४१७ मत पाएकी छन् ।
त्यस्तै महेन्द्रबहादुर शाहीले कालीकोटमा अग्रता लिएका छन् । उनले २ हजार ८६५ मत पाएका छन् । कांग्रेसका हर्षबहादुर बमले २ हजार ८९ मत पाएका छन् ।
रुकुम पूर्व र कालीकोटमा मतगणना जारी छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । हालसम्म २ हजार १०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामी ७९३ मतसहित अग्रस्थानमा रहेका छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले ३९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ३७१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना मगरले ३६६ मत प्राप्त गरेकी छन् ।
अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
–माइकल तामाङ (उज्यालो नेपाल पार्टी) - १०६
–दिल्ली बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) - ४२
अन्य उम्मेदवारहरूको मत परिणाम अद्यावधिक हुन बाँकी छ । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । यस क्षेत्रमा ६०.०३ प्रतिशत मतदान भएको छ । १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ । भक्तपुर १ मा रास्वपाका रुकेश रन्जितले ३ हजार ४ सय ५२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९ सय ८२ मत पाएका छन् ।
नेपाली कांग्रेसका किरण न्यौपानेले ५ सय २९ मत प्राप्त गरेका छन् । भक्तपुर २ मा रास्वपाका राजीव खत्रीले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले पछ्याइरहेका निर्वाचन आयोगले जनाएको छ ।
दीपेन्द्र शाक्य
संखुवासभा । भौगोलिक रूपमा निकै विकट मानिएका संखुवासभाका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत शुक्रबार ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइने भएको हो ।
भोटखोला गाउँपालिकाअन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका–५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतपेटिका हेलिकप्टरबाट ल्याइने डीएसपी कुमारप्रसाद मैनालीले बताए ।
त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मत गणनास्थलसमेत तयार पारिसकिएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।
जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।
झापा ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफूले राम्रो मत पाउने अपेक्षा गरेको क्षेत्रको गणनामै पछि परेका छन् । एमाले नेताहरुले दमक क्षेत्रबाहिर आफूहरुको बलियो पकड रहेको बताउँदै आएका थिए । र, ती क्षेत्रमा मत जोगाउन हरसम्भव कसरत गरेका थिए ।
तर, अहिले कमल गाउँपालिकाको बाँसबारी मावि (क) र (ख) र गौरादहको मोती मावि (क) र (ख) को २ हजार ४०३ मत गणना हुँदा ओली १ हजार ९३ मतले पछि परेका छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १ हजार ४७८ मत ल्याउँदा ओलीले ३८५ मत पाएका छन् ।
रास्वपाले मतगणना सुरु भएकामध्ये ३२ स्थानमा अग्रता लिएको छ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ ।
चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा सम्पन्न मतदानपछि मतगणना प्रक्रिया अघि बढाउन आज बिहान सर्वदलीय बैठक बोलाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतगणनाको तयारीका लागि बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरेको जनाएको छ।
निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालय भवनमा ल्याइसकिएको छ। मतपेटिका सुरक्षित रूपमा सङ्कलन भइसकेपछि मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो। – नवराज श्रेष्ठ
डोल्पामा रहेका ७० मतदान केन्द्रमध्ये ४१ ठाउँको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनै आइपुगेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार अझै २९ ठाउँको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन ।- रामचन्द्र न्यौपाने/डोल्पा
काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पुकार बमले अग्रता हासिल गरेका छन् । पछिल्लो मत अपडेट अनुसार बमले ३ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सचित तिमल्सेनाले १ हजार ९५ मत पाएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९ सय ५६ मत प्राप्त गरेका छन् ।
देउखुरी (दाङ)। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गरेका छन्।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेका छन्।रासस
काठमाडौं क्षेत्र नम्बर १०मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले फराकिलो मतान्तर कायम गरेको छ ।
८ हजार ५ सय २५ मत गणना हुँदा घन्टीका उम्मेदवार विष्टले ५ हजार २ सय २६ मत पाएका छन् । उनलाई नेपाली काग्रेंसका उम्मेदवार हिमाल कार्कीले ८ सय १५ मत प्राप्त गरेको छन्।
नेकपा एमालेका विनोद श्रेष्ठले ५ सय ९४ मत पाएका छन् । नेकपाका रुपा महर्जनले १ सय ५६ मत प्राप्त गरेकी छन् ।
झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका केपी शर्मा ओलीभन्दा फराकिलो अग्रता लिएका छन् ।
२ हजार ३ सय ३ मत गणना हुँदा बालेन्द्रले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले अध्यक्ष ओलीले ३८४ मत पाएका छन् ।
निर्वाचन आयोगका अनुसार जारी मतगणनामा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ ।
चितवन–२ का एमाले उम्मेदवार अस्मिन घिमिरेले ७ सय ५५, रुपन्देही–४ का उम्मेदवार प्रमोद कुमार यादवले १२ सय ८ र बाँके–२ का उम्मेदवार मोहम्मद इस्तियाक राईले ८ सय ८२ मत पाएर अग्रता लिएका छन् ।
काठमाडौँ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। रास्वपाका पुकार बमले दुई हजार पाँच सय २९ मत प्राप्त गरेर अग्रता लिएका छन्।
उनलाई नेपाली कांग्रेसका सचिन तिमल्सेना ७४९ मत ल्याएर पछ्याइरहेका छन्।
नेकपा एमालेका राजन भट्टराई ६ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन्।
काठमाडौँ–५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका सस्मित पोखरेल तीन हजार ७ सय मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछ्याइरहेका छन्। उनले एक हजार ७८ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रोमा नेकपा एमालेका ईश्वर पोखरेल रहेका छन्। उनले छ सय ९९ मत प्राप्त गरेका छन्।
कालीकोटमा शुक्रबार बिहीबार पौने ५ बजेबाट मत गणना सुरु भएको छ । यहाँका ९ स्थानीय तहबाट मतपेटिका पुगेपछि १ बजे सर्वदलीय बैठक बसेर मतगणना गर्ने निर्णय गरेको हो । बिहान पौने ५ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताए । उनका अनुसार पलाता -१ पुलाहास्थित कालिका मावि मतदान केन्द्रबाट गणना सुरु भएको हो । -तुलाराम पाण्डे
ञ्चनपुर-१ मा मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय सहमतिपश्चात् बिहान ४:१५ बजेदेखि मतगणना सुरु गरिएको हो । मतदानपछि संकलन गरिएका मतपेटिका सुरक्षित रुपमा गणनास्थलमा ल्याएर आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना सुरु गरिएको जनाइएको छ ।
क्षेत्र नम्बर १ मा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको छ । मतगणना सुरु भएसँगै विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा गणना प्रक्रिया अघि बढाइएको छ ।
चितवन-३ को मतगणना सुरु भएको छ । माडी नगरपालिका-५, ६ र ९ नम्बर वडाबाट मतगणना प्रारम्भ गरिएको छ । यो क्षेत्रमा ६४.४६ प्रतिशत मत खसेको छ ।
यो क्षेत्रमा रास्वपाबाट सोविता गौतम, नेकपाबाट रेणु दाहाल, एमालेका शंकरराज थपलिया, कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक थापा उम्मेदवार छन् ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजे सुरु भएको हो भने कास्की-१ को २ बजे र कास्की-३ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ । कास्की-२ को पोखरा महानगरपालिका-३३ को गणना भइरहेको छ भने कास्की- १ को रुपा गाँउपालिकाबाट सुरु गरिएको छ । यसैगरी कास्की-३ को अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका-१ बाट मतगणना सुरु गरिएको छ ।
काठमाडौं-१ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले प्रारम्भिक अग्रता लिएकी छन् । उनले ७०४ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेदवार प्रबल थापाले ४०२ र एमालेका उम्मेदवार मोहनराज रेग्मीले ९२ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले २४१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार मेनुका भण्डारीले २३ मत प्राप्त गरेकी छन् ।
काठमाडौं-८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । उनले १७२४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले २०७ र नेकपाका उम्मेदवार सुमन सायमीले १५४ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका उम्मेदवार राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
रूपन्देही निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बसेको अनौपचारिक सर्वदलीय बैठकपछि तिलोत्तमा वडा नं १ बाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत हुमबहादुर पाण्डेले बताए ।
रूपन्देही निर्वाचन क्षेत्र नं २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् । यस क्षेत्रमा एमालेबाट विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट विश्वदीप पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् । तर, एमाले, कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
काठमाडौं-३ र १० को मतगणना सुरु भएको छ । काठमाडौं-३ की निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना चामुण्डा मावि नारायणटारमा जारी छ ।
यस्तै, काठमाडौं १० को मतगणना कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले ईकान्तिपुरलाई जानकारी दिइन् । उनका अनुसार दक्षिणकाली नगरपालिकाबाट मतगणना सुरु भएको छ । यसैगरी बाँके क्षेत्र नम्बर १ र २ मा राति ११:३० बाट मतगणना सुरु भएको छ ।















































































































































